महिला हिंसाका समर्थक भन्दै ग्रिह र कानुनमन्त्रीबिरुद्द फ्रान्सभरि प्रदर्शन

फ्रान्सका ग्रिह र न्याय मन्त्री महिला हिंसाका आरोपी र समर्थक रहेको भन्दै नारिवादीहरुले देशभरि प्रदर्शन गरेका छन् ।

फ्रान्समा प्रधानमन्त्रीले राजिनामा दिएर नयाँ सरकार बनेलगत्तै नवनियुक्त दुई ग्रिह र न्याय मन्त्रीबिरुद्द नारिवादीहरुले देशभरि प्रदर्शन गरेका हुन् ।

फ्रान्सको राजधानी पेरिसको टाउन हल बाहिर नयाँ फ्रान्सेली सरकारका फ्रान्सेली गृहमन्त्री जेराल्ड डर्मिनिन र न्यायमन्त्री एरिक दुपोँ मोरेट्टीको नियुक्तिको बिरूद्ध प्रदर्शन गरेका हुन् । यो प्रदर्शनी पेरिस, बोर्दो, मासेई, लिललगायत अन्य शहरमापनि हिजोदेखि भैरहेको छ ।

नारीबादी आन्दोलन हाँकीरहेको नु तुस (हामी सबै) का अभियन्ताहरुले बालात्कार संस्क्रितिबिरुद्द प्रदर्शन गरेका हुन् । उनीहरुले ग्रिह मन्त्रीले महिला हिंसाको आरोपमा मुद्दा खेपीरहेको र बलात्कार तथा महिला हिंसाको संस्क्रिति विकास गरेको आरोप प्रदर्शनीका क्रममा लगाएका छन् । न्याय मन्त्रीले भने यो संस्क्रितिलाई न्याय गर्न नसकेको र यस्तो आन्दोलनलाई आलोचना गर्ने गरेको आरोप लागेको छ ।

“बालाकार मन्त्रालयमा स्वागत छ”, “बलात्कारीलाई जेलमा सरकारमा होइन”, “एक ग्रिह बलात्कारी”, “न्यायका सहयोगी” लेखिएको प्लेकार्ड बोकेका महिलाहरुले ग्रिह र कानुनमन्त्री बिरुद्द नारा लगाएका हुन् । यो आन्दोलनमा मुख्य त महिलाहरु सहभागि छन् ।

“हामी यहाँ सरकारमा सहभागि ब्यक्तिको राजिनामा माग्न आएका हौं । जब यस्ता मान्छे सरकारमा नियुक्त भए भन्ने जानें तब अ रोएँ किनकि मपनि बालात्कारको शिकार भएकि हुँ । यस्ता मान्छेलाई सरकारमा लानु हामी पिड्तको अपमान हो” तुलुज शहरको अदालत अगाडि भएको प्रदर्शनमा सहभागि २२ वर्षिय आनुक लागारिजको भनाइ उल्लेख गर्दै फँस २४ न्युजले लेखेको छ ।

तपाइँको प्रतिक्रिया