एकै कलाकारद्वारा बलत्कार वा यौन हिंसामा परेको भन्दै ३० महिलाद्वारा उजुरी

फ्रान्सको राजधानी पेरिसमा एक कलाकारले झण्डै तिन दर्जन किशोरी, महिलाहरुलाई बलात्कार गरेको भन्दै उजुरी परेको छ । उनीहरुले कि त बलात्क्रितमा परेको वा यौन दूर्ब्यवहार भएको आरोप लगाएका छन् ।

पेरिसको मोँमार्त क्षेत्रमा कलाकारहरुले कला देखाउने स्थल छ । त्यसमा कला कोर्दै आएका लगभग तिस कोशोरी र महिलाले कलाकारद्वारा लामो समयदेखि यौन हिँसा गरेको, प्रताडित गरेको वा बलात्क्रित भएको भन्ने आरोप लगाएका छन् ।  उनीहरुले आफूहरु निरन्तर र नियमित रुपमा यौन हिंसाको शिकार भएको उल्लेख गरेका छन् ।

विल्फ्रिड नामका कलाकारले १९ देखि ४९ वर्षका किशोरी र महिलामाथि निरन्तर यौन हिंसा वा बलात्क्रित रहेको उल्लेख गरेका हुन् ।  वेल्फ्रिडलाई उनीहरुले महिला यौन हिंसाको हिस्रक जिव नाम दिएका छन् । उनले दशकौं देखि महिला हिंसा गर्दै आएको ए एफ पी न्युज एजेन्सीले जनाएको छ ।

तिन अन्य महिलाद्वारा आफूहरुमाथि यौन हिंसा भएको भन्दै छुट्टाछुट्टै उजुरी गरेपछि यि ३० महिलाहरुलेपनि उजुरि दर्ता गराएको न्युज २४ फ्रान्सले जनाएको छ ।

जुन २२ का दिन नेओँ भन्ने युवा युवतीहरुप्रति लक्षित पत्रिकाले १६ महिलाहरु यौन हिंसामा परेको समाचार छापेको थियो । त्यो देखेपछि तिनै ब्यक्ति (कालाकार) द्वारा आफूहरुपनियौन हिंसा वा बलात्कारमा परेको भन्दै उजुरी दर्ता गरेका हुन् ।

सन् २०१५ मा पेरिसमा भएको आतंककारि हमलापछि कलाकार विलफ्रिड प्रसिद्द बनेका थिए । त्यसको कारण के थियो भने उनले “प्रेम सडकमा घुम्छ” भन्ने प्रेम, लचिलोपन र आशाको प्रतिकको प्रचार गरेका थिए । मानिसहरुले उनको प्रस्तुतिलाई मन पराएका थिए । तर उनले त्यो प्रसिद्दिलाई महिला हिंसा गर्ने हतियार बनाए ।

तर महिलाहरुले हाल प्रेम शब्द दुरुपयोग भएर आफूहरु बलात्कारीको निकट पुगेको उल्लेख गरेका छन् । विल्फ्रिड पेरिसमा बस्ने र कलाकारहरुको क्षेत्र मोँमार्त  पुगिरहन्थे । यो क्षेत्रमा युवतीहरुसित उनी धेरै घुलमिल हुन खोज्थे ।

लोकप्रिय कलाकार निकट आएकोमा खुशिले पेय पदार्थ दिँदा विलफ्रिड युवतीहरुको सदाशय र प्रेमलाई बिर्सिएर हिस्रक बन्ने गरेको युवतीहरुले उजुरीमा उल्लेख गरेका छन् ।

यस अघि ति युवतीहरुले किन उजुरी गरेनन् ? यस  घटनासित संवन्धित धेरै महिलाको कानुनी उपचारमा संलग्न वकिल भ्यालेन्टाइन रेबेरियोक्सले भनेका छन् ” उनीहरुमा के डर थियो भने न्याय नपाउन पनि सकिन्छ । पुलिसलेकथित कुटपिटको बारेमा रिपोर्ट नलिनपनि सक्छन् ।  वा रिपोर्ट गरिहालेमा विलफ्रिडले  उनीहरुको नग्न फोटो सामाजिक सन्जालमा प्रकाशित गरेर बेइज्जति गर्ने छ । किनभने उनीहरूले के महसुस गरे भने आफैंलाई दुर्व्यवहार गर्न र युवतीहरु हेरफेर गर्न अनुमतिको लागि प्रहरीले हामीलाईनै जिम्मेवार ठान्ने छ ।”

महिलाहरुको प्रेम र सदासयतालाई दूरुपयोग गर्दै विलफ्रिडले कम्तिमा एक दशकदेखि महिलामाथि उन्मादि यौन हिंसा मच्चाएको र यौनहिंसाको शिकार बनाएको उल्लेख वकिलले गरेका छन् ।

नेओं पत्रिकामा लेख प्रकाशित भए लगत्तै अनुसन्धानकर्मीहरुले फाईलको अनुसन्धान थालेको नेओं पत्रिकाले जनाएको छ । ‘नेओं पत्रिकामा अनुसन्धान होइन की प्रहरी सुरक्षाभित्र यसका बारेमा अनुसन्धान भैरहेको छ ” कानुनबिद जोसेफ कोहेन सामानले ए एफ पीलाई भनेका छन् ।  उनका अनुसार पिडितहरुले आफ्नो पीडाका बारेमा सबिस्तार बताउन खोजिरहेका छन् र नेओं पत्रिकामा लेख छापिएपछि ति सडक कलाकारलाई अनेकौं धम्की आउने गरेको छ ।

यो घटना यसै साता राष्ट्रपती एमानुल माख्रोंले महिला बलात्क्रितको आरोप खेपेका ब्यक्तिलाई ग्रिह मन्त्रीका रुपमा नियुक्त गरेपछि बाहिर आएको हो । ग्रिह मन्त्रीले महिलामाथि बलात्कार गरेको आरोपको कानुनी अनुसन्धान ब्यहोरिरहेको न्युज २४ मा उल्लेख छ । राष्ट्रपतीमाथि न्यायिक आन्दोलनलाई धज्जी उडाउने ब्यक्तिलाई कानुन मन्त्रीमा नियुक्त गरेको आरोपपनि लागेको छ ।

तर राष्ट्रपतीले आफ्नो मन्त्रीपरिषदका सदस्यको बचाउ गरेका छन् । शुक्रबार यसका बिरुद्द प्रदर्शन घोषणा गरिएको छ ।

(नेपालप्लसको रिपोर्ट, न्युज २४, ए एफ पी र एपीको साथमा)

तपाइँको प्रतिक्रिया