फ्रान्समा महिला हिंसा बढेपछी “छोरी जोगाउँ, छोरालाई सिकाउँ” अभियान

फ्रान्समा महिलाहरुमाथिको हिंसा बढेपछि अधिकारकर्मीहरुले “छोरीहरु बचाउँ, छोराहरुलाई सिकाउँ” अभियान चलाएका छन् । उनीहरुले आफ्ना छोराहरुलाई महिला हिंसा बिरुद्द सानैदेखि सिकाउनु पर्ने र छोरीहरु असुरक्षित बन्ने क्रम बढेकाले सानैदेखि सुरक्षित बनाउनुपर्ने भन्दै अभिभावकहरुलाई आग्रह गरेका हुन् । उनीहरुले यसलाई अभियानकारुपमा चलाएका छन् ।

फ्रान्सका टापूहरुमा यौन हिंसा बढेको भन्दै आन्दोलन चर्किएको छ । फ्रान्सको कोर्सिका क्षेत्रमा सामाजिक अभियन्ताहरुल् पछिला दिनमा यौन हिंसा बढेको भन्दै ‘आइ वाज’ को नाममाआन्दोलन गरिरहेका छन् । यौन हिंसाका दर्जनौं प्रमाण सामाजिक सन्जालमा प्रस्तुत गर्दै उनीहरुले यौन हिंसाबिरुद्द आन्दोलन गरेका हुन् ।

पछिल्ला दिनमा यौन हिंसा बढेको तर यौन हिंसा रोक्ने कानुन फितलो बनेको भन्दै कोर्सिकामा आन्दोलन गर्नुपरेको अधिकारकर्मीहरुको भनाई छ । उनीहरुले यसै हप्ता कोर्सिकाको आजासियो भन्ने ठाउँमा यौनहिंसा बिरुद्द प्रदर्शन गरेका थिए । यौन हिंसा हालैका दिनहरुमा महिलाहरुमाथि केन्द्रित रहेको भन्दै त्यसको बिरोध गरेका हुन् । खास गरि किशोरीहरुको संख्या बढि रहेको प्रदर्शनीमा महिला हिंसा बिरुद्दको कानुन सक्रिय नभएको आरोप लगाइएको छ ।

आन्दोलनकर्मीहरुले “हाम्रो बिरोधको सुनुवाई होस”, “त्रासले रुप बदलेको छ”, “पिडितको आवाज सुनियोस” लेखिएका प्लेकार्ड बोकेर कोर्सिकाको बस्तियास्थित प्रहरी कार्यालय अगाडि गत आइतवारपनि प्रदर्शन गरेका थिए । कोर्सिका क्षेत्रमा वालिका र कोशोरीहरु आफ्नै दाजुभाई, भतिक र आफ्ना अन्य नातेदारबाटै बलात्क्रित र यौन हिंसामा पर्ने गरेको आन्दोलनकर्मीहरुमध्येकै केहिले अभियानको सामाजिक मेडियामा उल्लेख गरेको फँस २४ न्युजले जनाएको छ । आफ्नै नातेदारबाट यौन हिंसामा परेकाले उजुरीदिनपनि कठिन भएको उल्लेख गरिएको छ ।

उनीहरुले “छोरीहरु बचाउँ, छोराहरुलाई सिकाउँ” भन्ने नारासमेत लगाएका छन् । महिलामाथिको हिंसा निर्मूल पार्न आफ्ना छोराहरुलाई हरेक अभिभावकले घरघरमै शिक्षा दिनुपर्ने खाँचोपनि औंल्याएका छन् । “यस टापुमा, शान्त र बदलाको डरले मौनता छाएको छ । उजुरी गरेमा एक जनाको बुवाले अर्को ब्यक्तिको बुवालाइ हत्या गरिदिन सक्छन् भन्ने डरले कसैले पनि आफ्ना बाबुआमालाई आफू यौन हिंसामा परेको सूचित गर्दैन,” एक प्रहरी अधिकारीले फँस २४ सित उल्लेख गरेका छन् ।

पिडितहरुले प्रहरीमा राम्रोसित उजुरी नगरिदिँदा कारवाहि गर्न कठिन भएको भनाई फ्रान्सको आमुर्ता टापूका प्रहरी अधिकारीको छ । महिला र पुरुषबिच बिभेड रहेकाले त्यसमा समानता हुनुपर्ने र महिला हिंसा रोकिनुपर्ने भन्दै आयोजित प्रदर्शनमा आजासियो नगरपालिकाका प्रमुख लोरँ मार्कँजेली, बास्तिया र बोनिफासियो नगर परिषदका काउन्सिलर र महिला पुरुष बिभेद अन्त्य गर्न बनेको परिषदका सचिव मार्लेन सियापासमेत उपथित रहेको समाचारमा उल्लेख छ ।

हिँसा ज्यदै बढेपछि आजासियोका सरकारी वकिलले आफ्नो फोन र ईमेल ठेगाना बितरण गरि हिंसाका घटना सिधै दर्ता गर्न आग्रह गरेका थिए । यस लगत्तै बास्तिया क्षेत्रबाट महिला हिंसाका १५ घटना दर्ता भएको उल्लेख छ । ओत द कोर्समा महिला हिंसाका ४८ वटा घटना पछिल्लो समयमा दर्ता भएको र ति मध्ये एउटा घटना बलत्कारको रहेको सरकारी वकिल क्यारोलिन थारोले उल्लेख गरेकि छन् । उजुरीमा हिंसा र बलात्कारमा संलग्न अन्य दर्जनौं ब्यक्तिको सूचनासमेत दर्ता गरिएको उल्लेख छ ।

महिला हिंसाका आरोपितहरुले यातना दिन, सताउन र हिंसा गर्न सामाजिक सन्जालमार्फत पठाएका दर्जनौं म्यासेजहरुसमेत पिडितहरुले दर्ता गराएका छन् । कोर्सिका, बास्तिया, ओत द कर्स लगायतका टापूमा भएका महिला हिंसा बिरोधी अभियानलाई समर्थन जनाउन पेरिसमापनि ति टापूका स्थानिय भाषामा लिखित नाराहरुसहित पेरिसमापनि प्रदर्शन भएका छन् । उनीहरुले “अब चुप लागेर बस्नुहुन्न”, “कोर्सिकाले मुख खोल्नै पर्छ”, “तपाईहरु एक्लै हुनुहुन्न” “कर्स हाम्रो टापू हो बलात्कारिको होइन” भन्ने नारा लगाएका छन् ।

तपाइँको प्रतिक्रिया