टिकट नकाटी बस चढ्न नदिएपछि फ्रान्समा बस चालकको हत्या

             (आफ्नी पत्नीसित हत्या गरिएका बस चालक देब्रेतिर)

मास्क नलगाउने र बिना टिकट बस चढ्न अस्विकार गरिदिएपछि फ्रान्समा बसका चालकको हत्या गरिएको छ । मास्क नलगाएका, बसको टिकटपनि नकाटिकनै यात्रा गर्न खोज्दा अस्विकार गरेपछि फ्रान्सको बायोन क्षेत्रमामा केहि ब्यक्तिले बस चालकको कुटेर हत्या गरिदिएको घटनाले फ्रान्सका मेडियाहरु छाएका छन् ।

चालकको हत्याको बिरोधमा आज बायोनमा शान्ति पद यात्रा गरिएको छ । शहरका हजारौं नागरिकले पदयात्रामा भाग लिए । उनीहरुले अपराधीलाई कडा कारवाहिको माग गरेका छन् ।

फ्रान्समा सार्वजनिक यातायातमा मास्क लगाउनुपर्ने बाध्यकारि नियम छ । मास्क नलगाइकन आएका यात्रुलाई चालकले मास्क लगाउन भने । बसको टिकटपनि नकाटि बस चढ्न खोजेपछि उनले अस्विकार गरिदिए । त्यसपछि चलकमाथि कुटपिट गरियो ।

फ्रान्सको बायोन क्षेत्रमा आइतवार साँझ सात बजेतिर भएको घटना हो यो ।  आइतवार ट्राम बस (रेल जस्तो लामो बस) बालिस्चोन क्षेत्रमा चलाएका थिए  । कसैले आदुर नदी किनारबाट ढुंगा प्रहार गर्‍यो । त्यहि बेलमा कुकुर डोर्‍याउँदै आएका एक ब्यक्ति बसमा चढ्न खोजे । करिब ५० वर्षका उनलाई बसमा चढ्न चालकले दिएनन् । बस रोकिएको बेला बसमा यात्रा गरिरहेका अन्य यात्रुलाई चालकले मास्क लगाउन र बसको टिकट काट्न वा टिकट देखाउन आग्रह गरे । त्यसपछि केहि ब्यक्ति चिच्याए । चालकलाई अपमान र गालि गरियो । उनलाई आफ्नो सिटबाट थुनेर बाहिर हुत्याइदिए । तिनले कुटपिट गर्न थाले । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । त्यहाँ चर्को हल्लाखल्ल भयो । बसमा यात्रा गरिरहेका एक अग्निनियन्त्रकले घाईते चालकलाई आकस्मिक उपचार गर्न खोजे । चालकलाई बेहोस हुनेगरि कुटेपछि आकस्मिक सेवाको गाडीले बास्क कोस्टको अस्पत्ताल पुर्‍यायो । सोमबार चालकको दिमाख म्रित भएको घोषणा गरियो ।

आपतकालिन सेवाले हस्तक्षेप गर्नु अघिनै आक्रमणकारिहरु फरार भए।  प्रहरीले कुकुर डोर्‍याउने ब्यक्तिलाई पक्राउ गर्‍यो । उनलाई प्रहरी हिरसतमा राखियो । तर उनले आक्रमण गरे नगरेको वा आक्रमणकारिसित संवन्ध रहे नरहेको निस्चित भएको छैन । घटनामा संलग्न भएको अनुमानमा अहिलेसम्म प्रहरीले पाँच जना लाई पक्राउ गरेको छ । प्रहरीले तिनको खोजि गर्दै निवासबाट पक्रेको छ ।  बायोनका प्रहरी प्रमुखले हालसम्म पाँच अभियुक्त पक्राउ परेको पुष्टि छन् ।

प्रहरीले आक्रमणकारिहरुको जानकारि भएको उल्लेख गरेको छ । ‘ति समाजका सिमान्तक्रित, आवासबिहिन मानिस हुन् जो निरन्तर रक्सी पिउने र लागू पदार्धका अम्मलीपनि हुन् । हामीले यस्ता मानिससित बिगत दुई दशकदेखि ब्यवहार गर्दै आएका छौं ।” प्रहरीले स्रोतलाई उल्लेख गर्दै न्युज २४ ले जनाएको छ ।

कोरोना भाईरस पछि यो क्षेत्रमा ‘कोरोनोप्लस’ विशेष बस सेवा सन्चालनमा थियो । यो घटनापछि कर्मचारीहरुले आफूहरु असुरक्षित रहेको भन्दै यातायात सेवा बन्द गरेका छन् । कम्तिमा नौ दिशातिर जाने बस सेवा रोकेका छन् । धेरै बसहरु पार्किङमा थन्काएर राखिएको छ ।  तिनले आफ्नो सुरक्षा र अपराधीमाथि गम्भिर कारवाहिको माग गरेका छन् ।

“हामीले असाध्यै निर्मम, जघन्य घटना ब्यहोरेका छौं” नगरपालिका प्रमुख जँ रँने एसेगरीले न्युज २४ सित भनेका छन् ” हत्याराहरुलाई कुनै हालतमा कानुनको कठघरामा उभ्याएर गम्भिर कारवाहि गर्ने छौं । यो सन्देश हामी सम्पूर्ण नागरिकसमक्ष पुर्‍याउने छौं ।”

तपाइँको प्रतिक्रिया