दुबाईमा ‘भिल्ला’को मूल्य २४ प्रतिशतसम्म घट्यो, निर्माण कंपनीहरु चर्को मारमा

ब्यापारिक केन्द्र, समुद्री किनारको मज्जा, बिलाशी घरहरुको आकर्षण आदिका लागि प्रसिद्द दुबईका भिल्ला (निजि घर) हरुको मूल्य स्वाट्टै घटेको छ । एक दशकमा हाल सबभन्दा कम मूल्यमा घरको मूल्य झरेको छ । कतिपय निर्माण कम्पनी डुब्न सक्ने अनुमान गरिएको छ ।

संयुक्त राज्य अमेरिकामा रहेको सम्पत्ति अध्ययन गर्ने क्याभेन्डिस म्याक्सवेलको नयाँ तथ्यांकका अनुसार गत तिन महिनामा दुबईका घरको मूल्य एक दशकमा सबैभन्दा तल्लो स्तरमा झरेको हो ।

गत वर्षको तुलनामा औसत एकल परिवारको घर मूल्य २४ प्रतिशतले घटेको छ । प्रोपर्टी मोनिटरको अनलाईन तथ्यांक अनुसार यस्तो घरलाई चार लाख ९५ हजार पाँच सय अमेरिकी डलर (एक दशमलव ८२ मिलियन दिराम) पर्छ । गत ११ वर्षमा यति धेरै मूल्य यस अघि कहिल्यै घटेको थिएन ।

अधिकमात्रामा रसेल्स द्वारा नेतृत्व गरेको दुबईको रियल इस्टेट मार्केट रमजानको पवित्र महिनाको दौरानमा स्थिर रहेको थियो ।

फ्रान्स २४ न्युजका अनुसार औसत घर, जसलाई चलनचल्तीको भाषामा पस्चिमा मुलुकतित भिला भनेर चिनिन्छ, सन् २००८ को विश्वव्यापी वित्तीय संकट र त्यसपछिको ऋण संकटको सबैभन्दा अन्धकारमय दिनहरूमा भन्दा कम मूल्यमा दुबाइका घरहरुको किनबेच  रियल स्टेटहरुले गरिरहेका छन् । सन् २०१०-११ मा बित्तिय संकटले दुबईलाई सबैभन्दा कठिन अवस्थामा पुर्याएको थियो । त्योबेला भन्दापनि अहिले त्यहाँ घरको मूल्य घटेको छ ।

प्रोपर्टी मोनिटरका क्याभेन्डिस म्याक्सवेल अनुसार २०१५ मा तेलको मूल्य गिरेदेखि घरको मूल्य सबैभन्दा कम अहिले भएको छ । ‘जून महिनामा मात्र, एकल परिवारका घर र अपार्टमेन्टलगायतका औसत घरको मूल्य एक वर्ष अघिको तुलनामा १५ प्रतिशत भन्दा बढिले खस्कियो’ क्याभेन्डिस म्याक्सवेलले बिहीबार रिपोर्टमा भनेका छन् ।

उनका अनुसार २०१५ मा तेलको मूल्य गिरेदेखि घरको मूल्य सबैभन्दा कम अहिले भएको छ । ‘जूनमा मात्र, एकल परिवारका घर र अपार्टमेन्टलगायतका औसत घरको मूल्य एक वर्ष अघिको तुलनामा १५ प्रतिशत भन्दा बढिले खस्कियो’ क्याभेन्डिस म्याक्सवेलले बिहीबार रिपोर्टमा भनेका छन् ।

दुबईको अर्थव्यवस्था तुलनात्मक रूपमा सुदृढ छ । शहरमा बसोबास गर्ने र काम गर्ने करिब ८० लाख विदेशी छन् । कतिपय रियलस्टेट तिनै बिदेशी मध्येले सन्चालन गरेका छन् । बिदेशी धेरै भएकाले भवन निर्माण ब्यापक छ । एक दशकमा त्यहाँ घर तथा अन्य भवन र आवाशको मूल्य आकाशिएको छ । तर अहिले अकस्मात घरहरुको मूल्य नाटकियरुपमा घटेको हो ।

मास्टर योजना बनाएर ठूलो लगानीमा भवन निर्माण गर्नेहरुलाई सबैभन्दा बढि घाटा परेको रिपोर्टमा उल्लेख छ ।

भवन निर्माण कंपनी पेन्टा (जो विश्वकै धनीमा पर्छ) ले उल्लेख गरे अनुसार आईएमपीजेड, अरेबियाली रेन्चेस, ईमिरेट लिभिङ, डिस्कोभरी गार्डेन र दुबई सिलिकन ओएसिस जस्ता निर्माण कम्पनीमा घरको मूल्यमा वार्षिक गिरावट बढिरहेको देखिएको छ । यि निर्माण कम्पनीको घरको मूल्य औसतमा १६ प्रतिशतले घटेको छ ।

पाम जुमेराह भनेर चिनिने विशेष मानव निर्मित टापुमा, गत बर्षको तुलनामा मूल्य १४ प्रतिशतले घटेको छ । दुबाईको मरिना भन्ने बिलासी क्षेत्रको मूल्यमापनि सन् २०१८ को जुन महिनादेखि साँढे १३ प्रतिशतका दरले घटेको रिपोर्टमा उल्लेख छ । कोरोना भाईरको महामारीपछि दुबाईमा झनै मूल्य घट्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया