ईटालीमा फेला पर्यो गुलाबी हिउँ
ईटालीको अल्पाईन हिम क्षेत्रमा गुलाबी रङको हिउँ फेला परेपछि बैज्ञानिकहरु चकित परेका छन् । अल्पाईन क्षेत्रको हिमनदी गुलाबी रङले ढाकिएको पाएपछि बैज्ञानिकहरुले अनुसन्धान गर्न थालेका हुन् । ईटालीको आल्प्स क्षेत्रको प्रेसेना हिमनदी खण्डमा यस्तो गुलावी हिउँ अवलोकन गरिएको हो ।
ए एफ पी र फ्रान्सको द एक्स्प्रेस पत्रिकाका अनुसार जलवायु परिवर्तनको प्रभावले गर्दा हिम क्षेत्रको लेउको रङ बदलिएर गुलाबी रङको हिउँ बनेको हुन सक्ने बैज्ञानिकहरुको प्रारम्भिक विश्वास छ ।
लेउको रङ बदलिएर यस्तो भएको हुनसक्ने विश्वास गरिएपनि बैज्ञानिकहरुले यस्तो लेउ उत्पत्ती हुनुलाई बिवादास्पद मानेका छन् । केहि समय अघि ग्रिनल्याण्डमा यस्तै गुलावी रङको वनस्पती फेला परेको थियो । र यो लेउपनि त्यहि खालको वनस्पती हुनसक्ने ईटालीको नेसनल रिसर्च सेन्टरका बियागो डि मउरोको भनाई छ ।
“लेउ खतरनाक छैन । यो प्राक्रितिक घटना हो जुन वसन्त र गर्मीयामबिचमा मध्य अक्षांश र त्यसको ध्रुवमापनि हुन्छ” यो घटनाको अध्ययन गर्ने बैज्ञानिक बियागो डि मउरोले भनेका छन् । ग्रिनल्याण्डको बरफ पग्लिने क्षेत्रमा आन्क्लोनिमा नोर्डेन्स्किओल्दी भनिने लेउ पाइएको उनले द एक्सप्रेस दैनिकलाई बताए ।




