फ्रान्स, जर्मनी, बेलायतलगायत युरोपभरिनै फेरि कोरोना छाल उर्लिने चेतावनी

युरोपका बलिया, ठूला भनिएका जर्मनी, फ्रान्स, बेलायत लगायतका धेरै देशमा कोरोना भाईरसको दोस्रो छालपनि आउनसक्ने चेतावनी दिइएको छ । पछिल्लो समयमा जर्मनीका केहि नगरपालिका, फ्रान्स, पोर्चुगल, ईटाली लगायतका देशमा कोरोना भाइरस संक्रमण देखिएपछि त्यो संबहवना उच्च देखिएको हो । युरोपेली युनियनका देशहरुको पछिल्लो अवस्था हेर्दा कोरोना संक्रमणको छालको फेरि सामाना गर्नुपर्ने चेतावनी विश्व स्वास्थ संगठनलेनै दिएको हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालको युरोपको अवस्था हेर्दा चिन्तित बनाएको उल्लेख गरेको छ । “पछिल्लो समयमा कोरोना संक्रमणको घटनाको संख्यामा बृद्धि भइरहेको छ” डब्ल्यूएचओ युरोपका निर्देशक हंस क्लुगेले कोपेनहेगनबाट प्रसारण गरिएको पत्रकार सम्मेलनमा भनेका छन् “प्रत्येक दिन, करीव २० हजार नयाँ घटनाहरु सात सय भन्दा बढी नयाँ मृत्युहरू रेकर्ड गरिएका छन् ।”

जर्मनीको राइनमा अवस्था सबैभन्दा चिन्ताजनक छ । एक बधशालामा काम गर्ने पन्ध्र सयमा कोरोना भाईरस फेला परेपछि उत्तर राइन-वेस्टफालिया (पश्चिम) ले यसको दुईवटा क्यान्टोनलाई क्वारेन्टाईनमा सीमित गर्ने निर्णय गरेको छ ।  तिन लाख ६० हजार भन्दा बढि व्यक्ति गोटरस्लोहबाट र दुई लाख ८० हजार वरेन्दोर्फमा प्रभावित छन् । त्यहाँ कडा सामाजिक दूरी कायम गरिएको छ । बारहरू, सिनेमाघरहरू र संग्रहालयहरू बन्द छन् । खुला स्थानहरूमा मनोरञ्जन गतिविधिमाथि निषेध छ ।

पोर्चुगलको अवस्थापनि चिन्ताजनक छ । जुलाई १ मा देशले युरोपेली संघका यात्रुहरूको लागि आफ्नो सिमाना पुनः खोल्ने तयारी गर्ने क्रममा कोविड १९ को प्रकोपको संख्या बढेको छ मुख्य रूपमा राजधानी लिस्बन क्षेत्रमा ।

आधिकारिक तथ्यांकका अनुसार मे २१ देखि जुन २१ सम्म देशभरमा २९२१ नयाँ घटनाहरू दर्ता भएका थिए जसमा लिस्बन क्षेत्र र ट्यागस उपत्यकामा ८५ प्रतिशत थिए ।  जून महिनाको २३ देखि पोर्तुगाली सरकारले यस क्षेत्रमा १० भन्दा बढि व्यक्ति भेला हुन प्रतिबन्ध लगाउने निर्णय गरेको छ र बिहान ८ बजेदेखि क्याफे र पसल बन्द गर्ने निर्णय गरेको छ ।

फ्रान्समा महामारीको स्थिति स्थिर रहेको स्वास्थ्य सेवा बिभागका महानिर्देशकले सार्वजनिक गरेका छन् । तर भाईरस फैलिन भने रोकिएको छैन । फ्रान्समा ८२ वटा ठूला वासस्थान क्षेत्रमा अनुसन्धान भैरहेको छ । त्यसमा मुख्यतया राजधानी पेरिस समेट्ने इल द फँस प्रान्त हो । त्यसपछि ओसिटानी, नोर्मदी, रोन आल्प्स क्षेत्र हो । यहाँ अहिलेपनि प्रति छ जनामा एक जना संक्रमित भैरहेको छ ।

गर्मी बढेसँगै बेलायतमा दोस्रो छालको त्रास

जूनमा युके लगायत युरोपमा चलेको तातो लहरले बेलायतीलाई समुद्री किनारमा भिड जम्मा पार्न उत्साहित गर्यो । हजारौं मानिस समुद्रि किनारतीर भिड लागेको परिणाम स्वरूप, स्थानीय अधिकारीहरूले प्रहरीलाई सामाजिक दूरी लागू गर्न आग्रह गर्नुपर्यो । भिड कम हुने कडाईका नियमहरु बनाउन सुझाव दिए ।

बोर्नेमाउथको दक्षिणी समुद्री तट रिजोर्टको नगर परिषदले प्रहरी र उद्धार सेवाहरूको समन्वयित प्रतिक्रियालाई संकेत गर्दै ” संक्रमणको ठूलो घटना हुनसक्ने” घोषित गरेको छ । उनीहरुले “गैरजिम्मेवारपूर्ण” र “स्तब्ध पार्ने” मनोवृत्तिलाई नियन्त्रण गर्न माग गरेका छन् ।

बेलायती स्वास्थ्य अधिकारीहरुले ब्रिटिश मेडिकल जर्नललाई खुला पत्र लेख्दै कोरोना संक्रमणले दूषित पार्नसक्ने, कोरोना भाईरस पुनरुत्थान हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले कोरोना भाईरस पुन फैलिन नदिन “रचनात्मक” र “निष्पक्ष” आयोग गठन गर्न आह्वान गरेका छन् । जसले कमजोरीका क्षेत्रहरु पहिचान गरि जहाँ आवश्यक उपायहरु अपनाउन आवश्यक छ त्यहाँ मूल्यांकन गर्ने माग गरेको छ ।

इटालीमा इटालियन स्वास्थ्य अधिकारीहरूले “रातो झण्डा” को संकेत गर्दै भाइरसको ठूलो सर्कुलेट खुलासा गरेपछि “सावधानी” राख्न आग्रह गरेका छन् । यातायात र डेलिभरी कम्पनीले प्रयोग गरेको बोलोन्या शहरको एउटा डिपोमा ४४ लगायत ४६ वटा संक्रमणका घटनालाई कर्मचारीले पहिचान गरेको स्थानीय प्रेसले जनाएको छ । संक्रमण फेला पर्दा डिपो बन्द थियो । दुई हप्ता अघि रोम शहरमापनि संक्रमणका दुई स्रोतहरू देखापर्यो ।

स्पेनको काटलोनिया प्रान्तमा डिस्कोहरु बन्द भएका छन् । ‘इबिजामाको महामारी: कसरी रातको संसार पतन भयो”, जून १८ मा दैनिक एल मुन्डोको शीर्षकमा लेखिएको छ । नाईटक्लबहरु खोल्ने अनुमति दिएको एक हप्तापछि क्षेत्रिय सरकारले यस निर्णयलाई उल्ट्यायो । बार्सिलोना र वरपरको क्षेत्रको नाइटक्लबहरू गर्मीको समयमा बन्द गर्न बाध्य छन् । एक अर्कालाई पहिल्यै चिन्ने व्यक्तिहरूलाई मात्र नाच गर्न र केवल रेस्टुरेन्टहरू वा होटेलहरूमा अनुमति छ । त्यसको उद्देश्य पर्यटक आइपुग्दा संक्रमणको जोखिम कम गर्नु हो ।

“हामी नाच्न चाहन्छौं” भन्दै बार्सिलोना नाइटक्लबहरूले विरोध गरेका छन् । बार्सिलोना डिस्को डिफेन्स युनियनका महासचिव रमन मासले क्षेत्रीय संसदमा उपस्थित हुने क्रममा भने, “नाच बिनाको नाइटक्लब भनेको संगीत बिना ओपेरा वा खाना नभएको रेस्टुरेन्ट हो ।”

स्पेनले आफ्नो सिमाना पुनः खोलेको छ र यात्रुहरूको आवागमनमा सबै प्रतिबन्ध हटाएको छ । व्यक्तिहरू बिच कम्तिमा साँढे एक मिटरको दूरी कायम गर्नुपर्ने बनाइएको छ । वा यो सम्भव नहुँदा मास्क लगाउन सधैं अनिवार्य गरिएको छ ।

बाल्कन समूहपनि संक्रमित

नोभाक जोकोविचले बाल्कन क्षेत्रमा टेनिस प्रतियोगिता आयोजना गरेक थिए । त्यो शुरु गरेको हप्ताको सुरुदेखि नै मुख्य समाचारहरू बनाइरहेका छन् जसले भाइरस फैलाउन सहयोग पुर्याएको छ । विश्वको नम्बर एक टेनिस खेलाडी, उनकी श्रीमती र अन्य तीन खेलाडी (बल्गेरियाई ग्रिगोर डिमिट्रोभ, क्रोएसियाई बोर्ना कोरिक र सर्बियाई भिक्टर ट्रोइकी) माथि परिक्षण हुँदा तिनमा कोरोना भाईरस सकारात्मक देखियो ।

बाल्कन भनेको एक सामुहिक देशहरुको नाम हो । ति देशलाई आफ्नो समूहमा तान्न वा समाबेश गर्न युरोपेली परिषदले प्राथमिकतामा राखेका देश हुन् । बाल्कन देश मध्ये अल्बानिया, क्रोएसिया, उत्तरी मेसेडोनिया, मोन्टेनेग्रो, बोस्निया, हर्जगोभिना, सर्बिया र कोसोभो पर्छन् ।

हालैका दिनहरुमा बाल्कन देशहरुमध्ये उत्तरी म्यासेडोनियामा प्रति दिन करीव २०० भन्दा बढि नयाँ प्रदूषणहरुका घटनाहरु फेला परे । त्यहाँ प्रदूषण दर रेकर्ड गरिएको छ । गत हप्ता दैनिक घटनामा वृद्धि भएको क्रोएशियाले बाल्कनका यात्रीहरूको लागि मेको उत्तरार्धमा हरेक दिन ३० जना भन्दा बढिलाई क्वारेन्टाईनमा पठायो ।  क्वारेन्टाइन क्षेत्रहरु पुनर्स्थापना गर्यो । स्लोभेनियामा मास्क लगाउन पुन बाध्य पारिएको छ । र सार्वजनिक यातायातमा पुनः प्रयोग गरिएको छ । यसरि युरोपभरिनै पछिल्लो समयमा कोरोना भाईर संक्रमणका घटनाहरु बढेका छन् । युरोप फेरि कोरोना भाईरस संक्रमणको उच्च जोखिममा छ ।

तपाइँको प्रतिक्रिया