नगरप्रमुख बन्न फ्रान्सका प्रधानमन्त्रीले दिए राजिनामा
फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डले आफ्नो प्रधानमन्त्रीको पदबाट राजिनामा दिएर नगरप्रमुखको पद रोजेका छन् । स्थानिय निर्वाचनमा आब्र क्षेत्रबाट नगरपालिका प्रमुखमा उमेदवारी दिएका उनी प्रधानमन्त्रीका हिसाबले कार्यब्यस्तताका कारण निर्वाचनका बेला एक पटक पनि आफ्नो नगरपालिकामा आफ्नो प्रचारप्रसार गर्न फर्किएका थिएनन् । आफ्ना ईमान्दार कार्यकर्ता र उनको ईमान्दारिताका कारण निर्वाचनमा उपस्थितनै नहुँदापनि उनलाई जिताएपछि उनले प्रधानमन्त्रीको पदबाट राजिनामा दिएर नगरप्रमुखमै बस्ने निर्णय गरेका हुन् ।
कम बोल्ने, देश र समाजकालागि चौबिसै घण्टा काममा खटिने र निस्कलंकित उनको छबीका कारण राष्ट्रपती एमानुयल माखोंले उनलाई १५ मे २०१७ मा प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । विवादमा पर्नै नचाहने, कम बोल्ने, धेरै खट्ने र कानुनका ज्ञातासमेत भएकाले उनी राष्ट्रपतीका निकट सहयोगिसमेत थिए ।
आफूले नगरबासीसित चुनाबको प्रचार त के हात मिलाउन समेत नपाउँदापनि आफ्नो उपस्थिति बिना जिताएकोमा भाबुक बनेका उनले सुक्रबार प्रधानमन्त्रीको पदबाट राजिनामा दिएका थिए । आज शनीबार उनको राजिनामा स्विक्रित भएको छ । र उनी फ्रान्सका प्रधानमन्त्रीबाट स्वईच्क्षाले आब्र क्षेत्रको नगरप्रमुख मात्र बनेका छन् ।
राष्ट्रपती एमानुयल माख्रोंले फिलिपको राजीनमापछि राष्ट्रपतिले जँ कासेकलाई प्रधानमन्त्री नियुक्त गरेका छन् ।
सन् २०२२ मा पुन राष्ट्रपतिय निर्वाचन हुँदै छ । त्यसमा धेरैले उनलाई राष्ट्रपतिय पदको प्रत्यासीका रुपमा हेरेका छन् । यो निर्वाचनमा राष्ट्रपती एमानुयल माख्रो पुन राष्ट्रपती पदमा उमेदवार बन्ने चर्चा छ । उनीसित फिलिप एडुवार्ड राष्ट्रपतीका प्रतिस्पर्धी बन्नसक्ने अड्कलपनि काटिएको छ । एडुवार्डले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनको लोकप्रियता फ्रान्सभरि झनै बढेको छ ।
(समाचार स्रोत कान्तिपुर डटकमसहित)




