प्रेस स्वतन्त्रता हनन गर्नेमा बेलायत, जर्मनी र ईटालीसहित दजनौं मुलुक
चीन, रुस, भारत र संयुक्त राज्य जस्ता महाशक्ति देश होउन कि जर्मनी, बेलायत र इटली जस्ता प्रमुख युरोपेली प्रजातान्त्रिक मुलुकपनि कोरोना भाइरस संकटको बेला स्वतन्त्र प्रेसलाई उल्लंघन गर्नेमा परेका छन् । विश्वभरिको प्रेस स्वतन्त्रता अनुगमन र रक्षा गर्ने रिपोर्टर्स विदआउट बोडर्सले ति देशले प्रेस स्वतन्त्रता उल्लंघन गरेका घटना दस्ताबेजिकरण गरेको हो ।
बोरडर्सका अनुसार संयुक्त राष्ट्र संघको सदस्य रहेका ४७ प्रतिशत देशहरुलेनै स्वतन्त्र प्रेसमाथि हस्तक्षेप गरेका छन् ।
कोरोना भाईरस संक्रमणबारे खोजि गर्दा, रिपोर्टिङमा जाँदा प्रेस स्वतन्त्रता उल्लंघन नभएको विश्वको कुनैपनि ठाउँ अछुतो नरहेकोपनि रिपोर्टमा उल्लेख छ । ३२ वटा देशहरु उल्लंघनमा अति प्रभावशिल देखिएका छन् जसमध्ये अफ्रिकामा सबैभन्दा बढि उल्लंघन भएको छ । कोरोना भाईरस संक्रमण शुरु भएलगत्तै एशिया महादेशमापनि प्रेस स्वतन्त्रता चर्कोसित उल्लंघन भएको उक्त संस्थाले जनाएको छ ।
युरोपका १४ देशमा कोरोना भाईरस बढि संक्रमित भएको र यि सबै देशमा प्रेस उल्लंघन भएको रिपोर्टमा उलेख छ । त्यसैगरि दक्षिण र मध्य अमेरिकाका १० मध्ये नौ देशमा प्रेस स्वतन्त्रता उल्लंघ भएको पाइएको छ ।
मध्यपूर्वका देशहरुमध्ये पाँच देशमामात्रै प्रेस स्वतन्त्रता उल्लंघन भएको छ र ईरान त्यसमा प्रमुख छ । कोरोना भाईरस फैलिएसँगै ईरानमा स्वतन्त्र पत्रकारितामाथि हस्तक्षेप भएको छ । त्यहाँ कोरोना भाईरस फैलिएलगत्तै २८ जना पत्रकारहरुमाथि सोधपुछ, अनुसन्धान वा पक्राउ गरिएको छ ।
प्रेस स्वतन्त्रताको आदर गरिने भनेर चिनिएका युरोपेली देशहरुमापनि हाल प्रेस स्वतन्त्रता हनन भएको छ । युरोपेली एपरिषदका छ वटा देशमा त्यस्तो स्थिति देखिएको हो । जर्मनी र बेलायतमा सबैभन्दा बढि प्रेस स्वतन्त्रता हनन भएको रिपोटर्स विद आउट बोडर्सले जनाएको छ । प्रेस स्वतन्त्रता हनन गर्नेमा १८० देश मध्ये जर्मनी ११ औं र बेलायत ३५ औं स्थानमा परेका छन् ।




