कोरोना भाईरस पत्ता लगाउन घोडाको सहयोग

श्वसन (श्वास प्रश्वास) रोगहरू घोडाहरूमा सामान्य हुन्छन् । सामान्यतया ति हावाका कणहरू मार्फत वा तिनको रौं कोर्न प्रयोग गरिने बुरुसका सतहहरूमा फैलिन्छन् ।)
जब कोरोना भाईरस (कोभिड -१९) ले घोडामा स्वाश प्रश्वास संवन्धि रोग निदानका लागि प्रयोग गर्न खोजिएको स्विस स्टाट अप (रोगका मोलिक्युलर, कोषहरुमा भएका रोगका किटाणु पत्ता लगाउने एक बिकसित प्रविधी) को योजनालाई अवरोध खडा गरिदियो त्यसपछि स्विस अधिकारीहरुले त्यसलाई मानव शरिरको कोरोना भाईरस परिक्षण गर्ने निर्णय गरे ।
यस वर्षको शुरूमा स्विस स्टार्ट-अप लिभेटले कोरोना भाइरसले सबै बन्द हुँदा घोडाहरूमा भएको सबैभन्दा सामान्य चार खाले श्वास प्रश्वास रोगहरूको निदान गर्न एउटा प्रविधी डिजाइन गरेको थियो । शुरुमा परीक्षण गर्न त्यो प्रविधी (र्याम्प) ल्याउन लागेको थियो ।
तर कोरोना भाइरसका कारण यात्रामाथि रोक लाग्यो । यो मेशिन लिएर ब्यापारिकरण गर्न कतै जान पाएनन् । घोडालाई परिक्षण गरिने भनेको लिभेट मेशिन कोरोना भाईरस परिक्षण गर्न मानिसकालागि आवश्यक देखियो । यो श्वास प्रश्वास परिक्षण गर्न मेशिन ल्याएको लिभेटका प्रमुख टिम पिफेस्टेरले मानिसमा परिक्षण गर्न उपयोगि भए झन राम्रो भन्ने सोचेर मानव परिक्षणकालागि अनुमति दिए ।
“लकडाउन कति समयसम्म जाला भनेर हामीलाई थाह थिएन । हामीले आफैंलाई प्रश्न गर्न थाल्यौं कि हामीले घोडाको श्वासप्रश्वासमा देखिने रोग परिक्षणको जुन ज्ञान छ त्यो अन्यत्र प्रयोग गर्न पाए हुन्थ्यो” पिफिटेरले स्विफ इन्फरमेशन डट कासित भने । उनको टोलीले घोडाको श्वासप्रश्वास बारेका रोग परिक्षण गर्ने मेशिनलाई दोब्बर आकारमा बदल्यो । यो मेशिनका लगानीकर्ता र निजि क्षेत्रको केहि लगानीकर्तालाईसमेत मिसाएर ईन्डर डाईगोस्टिक भन्ने कम्पनी खोले । उनीहरुले मानव शरिरलाई हुने खाले मेशिनमा ढालिदिए । यो मेशिनको नाम इन्डर ल्याब राखियो ।
गत हप्ताको शुरुमा सुरक्षा र परिक्षणमा स्तरिय भन्दै यिनले युरोपेली परिषदबाट प्रमाणपत्र पाए । युरोपेली प्रमाणपत्र पाएपछि यो मेशिन स्विजरल्याण्ड र युरोपेली मुलुकका बिक्रि गर्न पाइन्छ ।
जुलाई महिनामा यो कम्पनीले द्रुत परिक्षण गर्ने योजना बनाएको छ । उनीहरुले ‘मोबाइल इन्डर टेस्ट’ बनाउनपनि लागिरहेका छन् । यो हातमा राख्न सकिने सानो आकारको, जतापनि लिएर हिँड्न मिल्ने, अस्पताल र प्रयोगशालामा झैं ठूला मेशिन नभएर विमानस्थल देखि जतापनि लगेर परिक्षण गर्न मिल्ने बनाउन लागेका छन् । मोबाईल जत्रो यो मेशिनले आठ देखि १६ वटा नमूनाहरु लिन सक्छ ।
उनीहरुले घोडाको श्वास प्रश्वासको रोग पत्ता लगाउन घोडाको नाकमा कम्तिमा १५ सेमी भित्रसम्मको अवस्था थाह पाउने सुइरो (मेशिन) घुसार्थे । घोडाको भएपनि नाकमै परिक्षण गरेकाले त्यो ज्ञानलाई मानव नाकतिर परिक्षण गर्न सहज बनाएको पिफिटेरले बताएका छन् । त्यहि ज्ञानले गर्दा कोभिड १९ बिरुद्दको परिक्षण र मानवलाई मिल्ने मेशिन बनाउन सजिलो भएको भनाई उनको छ ।
जर्मनीको आनिकोन कम्पनीलेपनि लिभिटकै यहि प्रविधी प्रयोग गरेको स्विस इन्फोमा उल्लेख छ ।
घोडाहरुको श्वास प्रश्वास संवन्धि रोगको पहिचान गर्न बनाईएको यो मेशिन अन्य जिवजन्तुको श्वास प्रश्वासकालागिपनि प्रयोग गर्ने लिभिटले जनाएको छ । उनीहरुको भनाईमा जनावरकोलागि बनिसकेको छ, परिक्षणबिधी मानवकालागि जस्तो धेरै जटिल, धेरै नियम पालन गर्नुपर्ने छैन । र नाफामुलकपनि छ ।




