पेरिस महानगरपालिकाबाटै राष्ट्रपतीको पार्टी बढारियो

सन् २०१७ को राष्ट्रपतिय निर्वाचनमा गतिलो मत ल्याएर जितेका राष्ट्रपती एमानुएल माख्रोंको पार्टीले हाल स्थानिय निर्वाचनमा हार खाएको छ । ला रेपुब्लिक अँ मास भन्ने उनको पार्टी र अर्को दक्षिणपन्थी पार्टीलाई हराउँदै समाजवादी पार्टीकि आन हिदाल्गो भारी मतका साथ पेरिस महानगरपालिकामा बिजय भएकि छन् ।

फ्रान्सको राजधानी शहर पेरिस महानगरपालिकाको निर्वाचनमा आन हिदाल्गोले भारी मत अन्तरमा बिजय हाँसिल गरेपछि राष्ट्रपती एमानुयल माख्रोमाथि राजनितिमा खतराको घण्टी बजेको आँकलन गरिएको छ । हिदाल्गो यस अघिपनि सोसलिस्ट पार्टीकै तर्फबाट महानगरपालिका प्रमुख थिईन । दोस्रो चरणको निर्वाचनमा उनले ४९ प्रतिशत तिन र आइतवार भएको अन्तिम चरणको निर्वाचनमा ५० दशमलब २ प्रतिशत मत ल्याएको फँस २४ न्युजले जनाएको छ । उनकि प्रतिद्वन्दी रासिदा दाती जो दक्षिणपन्थी पार्टीको तर्फबाट उमेदवार थिईन उनले दोस्रो चरणमा ३१ दशमलव सात र अन्तिम चरणमा ३२ दशमलव सात प्रतिशत मत ल्याएकि छन् ।  हिदाल्गोको बिजयले राष्ट्रपती एमानुयल माख्रोंको राजनितिमा भारि धक्का लागेको बताइएको छ । सन् २०२२ मा हुने राष्ट्र्पतिय निर्वाचनमा माख्रोलाई झन बढि असर पर्ने छ ।

आन हिदाल्गोले यहाँको वामपन्थी लगायतका अन्य दलसित समर्थन लिएकि थिईन् । हरियाली, वामपन्थी दल लगायतका केहि दलका मुद्दा उठाउने, सम्बोधन गर्ने र आगामी राष्ट्रपतिय निर्वाचनमा आफूले अहिले समर्थन लिएका दललाई केहि क्षेत्रमा सहयोग गर्ने बचन दिएर तिनको समर्थन लिएकि हुन् । राष्ट्रपतिय निर्वाचनपछि आफ्नो पक्षमा बिजय भए सरकारमासमेत ति दललाई केहि सिट दिने बाचाकासाथ केहि दलको समर्थन लिएको फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् । तर यसको स्वतन्त्र पुष्टि भने हुनसकेको छैन ।

आइतवार महानगरपालिका प्रमुखमा बिजय भएपछि पेरिस महानगरपालिकाको कार्यालय ‘होटेल द ला भिल’ बाट सार्वजनिक रुपमा संवोधन गर्दै उनले भनिन् ” तपाईहरुले आसाकोलागि मतदान गर्नु भएको छ । प्रदर्शन गर्न पाउने अधिकारकोलागि मतदान गर्नुभएको छ । पेरिस शहरलाई आनन्दले सास फेर्न पाउने अवस्था बनाउन मतदान गर्नुभएको छ । आनन्दले बस्न पाउने पेरिस शहरका लागि मतदान गर्नुभएको छ।  सामूहिक एकता र प्रेमपूर्वक बाँच्न पाउने शहर रहोस भनेर मतदान गर्नु भएको छ ।”

तपाइँको प्रतिक्रिया