आफ्नै पिडा
-प्रदिप सुबेदी
तिमीलाई भुल्न नसक्ने दर्पण छायाँ अतित पो रैछ
दुनियाँलाई नभएको पिडा हुने कुरो मसित पो रैछ
तिमीलाई त सधैं तारा सधैं जुन आँखा माथि
आफ्नो भने त मुटु पनि कोपिएछ काँडा माथि
कस्तो मोडमा गाँस्यौ माया चट्टै छिन्यो धागोपनी
खडेरी यो जिन्दगीमा लगाइ छाड्यौ आगो पनि
नेपालीमा नयाँ भन्छौ अरबिमा त जदिद पो रैछ
दुँनियालाई नभएको पिडा हुने कुरो मसित पो रैछ
के गर्दैछ्यौ कस्तो ठाउँमा पराइसँग हाँस्दै हौली
मर्यो होला प्रदिप भनी शंख फुक्दै नाँच्दै हौली
कती गाउँनु निस्ठुरिको गुणगानका गीत मैले
तिमीले पायौ न्यानो काख पाउन सकिन प्रित मैले
घरि घरि झस्काइ दिने रुँवाइदिने नि अतित पो रैछ
तिम्रो ज्यान अरुसँग तस्बिर मात्रै त मसित पो रैछ
तिमीलाई भुल्न नसक्ने दर्पण छाँया अतित पो रैछ
ज्या-६, म्याग्दी
हाल: कतार ।





