दक्षिण एसियालीहरू गोरा नागरिकभन्दा कोरोनाले मर्ने सम्भावना बढि

दक्षिण एसियालीहरू पस्चिमेली गोरा नागरिकभन्दा कोरोना भाइरसको कारण मर्ने सम्भावना २० प्रतिशत बढि हुन्छ । अस्पत्तालमा भर्ना गरिएका कोरोना पिडितहरुको अध्ययन गर्दा बेलायतमा यस्तो तथ्य भेटिएको हो ।

मे महिनाको मध्यतिर बेलायतका दुई सय ६० अस्पत्तालमा भर्ना भएका ३५ हजार विरामीको अध्ययन गर्दा एशियाली देशका गहुँ वर्णका नागरिकहरु कोरोना भाईरस लागेपछि २० प्रतिशत बढिको म्रित्यु भएको पत्ता लाग्यो ।

अन्वेषकहरूले यो निष्कर्षका आधारमा काम गर्ने व्यक्तिको सुरक्षाका लागि सरकारी नीतिलाई सूचित गर्नुपर्ने बताएका छन् । यदि खोप फेला पारेमा कस्ता ब्यक्तिलाइ प्राथमिकता दिनुपर्छ भनेर अनुसन्धानकर्ताहरूले सुझाव दिएका छन् ।

यो बेलायतको सार्वजनिक स्वास्थ्य बिभागले कोरोनाभाइरसले कसरी दक्षिण एशियाली समुदायहरूलाई असर पारेको छ भनेर निकालेको दोस्रो रिपोर्ट हो । लामो समयदेखि बेलायतमा यो रिपोर्टको प्रतिक्षा गरिएको थियो ।

सबैभन्दा पछिल्लो रिपोर्टका अनुसार यो अध्ययनमा बेलायतका कम्तिमा २७ वटा संस्थाहरु आबद्द थिए ।

एडिनबर्ग विश्वबिध्यालयका प्राध्यापक इवेन ह्यारिसनले भनेका थिए “दक्षिण एशियालीहरू कोभिड १९ बाट अस्पतालमा मर्ने सम्भावना बढि छ । तर हामी कालो समूहमा त्यति धेरै संभावना देख्दैनौं ।’

अध्ययनले यो पनि पत्ता लगायो कि कोविड – १९ को रोग लागेर उपचारकालागि अस्पताल भर्ना भएका एक हजार गोरा मानिसमध्ये दुई सय ९० जनाको म्रित्यु हुन्छ । तर दक्षिण एशियाका नागरिकहरुमा भने प्रत्येक एक हजारमा तिन सय जनाको म्रित्यु हुन्छ । प्राध्यापक ह्यारिसनले थपे ‘अस्पतालमा दक्षिण एसियाली जनसंख्या गोरा जनसंख्या भन्दा बिलकुलै फरक देखिन्छ ।’

उनका अनुसार दक्षिण एशियालीहरु गोरा नागरिकभन्दा औसतमा १२ बर्ष कम उमेरका हुन्छन् । यो ठूलो भिन्नता हो । उनीहरूमा डिमेन्शिया, मोटोपन वा फोक्सोको रोग हुँदैन । तर मधुमेहको स्तर उच्च हुन्छ ।

मधुमेहले संक्रमणको जोखिम बढाउँदछ । यो रोग भएका मानिसहरूलाई जोखिममा रहेका समूहको रूपमा लिइन्छ ।

यो अध्ययनले के देखायो भने दक्षिण एशियालीहरुमा पहिलो वा दोस्रो स्तरको मधुमेह हुनेको संख्या ४० प्रतिशत हुन्छ भने गोरा नागरिकहरुमा चाहिँ २५ प्रतिशत मात्रै हुन्छ । यो कारणले गर्दापनि दक्षिण एशियालीहरुमा कोरोना संक्रमण भेपछि म्रित्यु हुनसक्ने अवस्थालाई बढाउँछ ।

तपाइँको प्रतिक्रिया