बेल्जियन प्रहरीले हिंसा गरेको भन्दै जर्मन सांसदद्वारा युरोपेली परिषदमा कारवाहिको माग

एक जना जर्मन संसदले आफूमाथि बेल्जियन प्रहरीद्वारा हिंसा भएको भन्दै युरोपेली युनियनमा आरोप लगाएकि छन् । प्रहरीले गरेको दमनको फोटो खिच्ने क्रममा आफूमाथि हिंसा गरिएको भन्दै अफ्रिकी मूलकी एक जर्मन सांसदले बेल्जियन प्रहरीमाथि कारवाहिको माग गरेकि छन् । तर बेल्जियन प्रहरीले भने उनको आरोप अस्विकार गरेको छ ।

अफ्रिकी मूलका एक जर्मन सांसदले युरोपेली संसदमा बुधवार ब्रसेल्सस्थित प्रहरी हिंसाको सिकार भएको भन्दै संबोधन गरेकि हुन् । उनको भनाईमा उनी प्रहरी हस्तक्षेपको फोटो खिच्दै थिइन् । त्यहि बेला ब्रसेल्समा प्रहरीले अपमानजनक ब्यवहार गरेको उनले दाबी गरेकि छन् ।

हरियाली पार्टीका तर्फबाट संसदमा निर्वाचित पिएरेत्ते हेर्जबेर्गर फोफानाले ब्रसेल्समा युरोपेली संसद सेसन शुरु हुँदा आफूलाई प्रहरीले अपमानजनक ब्यवहार गरेको भन्दै संसदमा संबोधन गरेकि हुन् ।  यो घटना मंगलबार साँझ भएको हो । समाचारका अनुसार गार दु नोर्ड ट्रेन स्टेशन नजिक प्रहरीले दुई जना नागरिकलाई जाँचबुझ गर्दा अपमानजकन ब्यवहार गरेको थियो । त्यहि क्रममा सांसदले तस्विर खिच्दै थिईन् ।

जर्मन सांसदका अनुसार नौ पुलिस अफिसरले दुई जवान कालाहरुलाई सताएका थिए । त्यसपछि उनले त्यो दृश्यको तस्विर लिनको लागि आफ्नो स्मार्टफोन बाहिर झिकिन् । उनले भनिन् “पुलिस अधिकारीहरू मतिर आए । तिनीहरूले मेरो हातबाट मेरो फोन खोसे । नौ जना सशस्त्र प्रहरी अधिकारीहरूमध्ये चार जनाले मलाई निर्दयतापूर्वक भित्तामा धकेले । उनीहरूले मेरो पर्स लगे र हिर्काए । तिनीहरूले मलाई पर्खालको तलतिर दबाए” पियरेट हर्जबर्गरले युरोपेली युनियनमा बताईन “यो अनुभव मेरो लागि पीडादायी छ ।”

‘प्रहरी क्रुरताको दूर्भाग्यपूर्ण परिणाम वरिपरिका सबैले देखेका छन् । यो अनुभव मेरालागि पीडादायी छ” उनले भनिन् । प्रमुख सभामुख (प्रेसिडेन्ट अफ द पार्लियामेन्ट) डेभिड ससोलीले उनलाई संसदका तर्फबाट समर्थन गर्ने आस्वाशन दिएका छन् । बेल्जियन अधिकारीसित स्पष्ठिकरण लिनकालागि उनले घटना अझै स्पष्ठ पार्न आग्रह गरेको फ्रान्सेली दैनिक लेएक्सप्रेस दैनिकले जनाएको छ ।

“हाम्रो सहकर्मीको छालाको रङसित पक्राउ पर्ने घटना संवन्धित हुनुहुन्न । उनी पक्राउ परेकि थिईन् । उनमाथि क्रुरतापूर्ण ब्यवहार भएको थियो ” बेर आले राजनितिक पार्टीका उपाध्यक्ष फिलिप लम्बेरले भनेका छन् । ब्रसेल्सको प्रहरीले भने हिंसात्मक ब्यवहार गरेको अस्विकार गरेको छ ।

ब्रसेल्स प्रहरीले भने आक्राणमा शंका गरिएका केहिलाई खोजिनिति गर्ने क्रममा सोधपुछ गरिएको र त्यस क्रममा गरमागरम बादबिबाद भएपनि हिंसा नगरिएको जनाएको छ । “त्यहाँ तनावपूर्ण अवस्था स्रिजना भएपछि प्रहरीले हस्तक्षेप्त गरेको थियो” प्रहरीको भनाई छ  “तर कसैमाथि हिंसात्मक ब्यवहार गरिएको थिएन ।”

तपाइँको प्रतिक्रिया