अमेरिकाको घटनाले तात्यो सिंगो अफ्रिका
जर्ज फ्लोयडको मृत्युले विश्वव्यापी विरोध आन्दोलन कतै जगाएको छ भने अफ्रिकामा सबैभन्दा बढि भैरहेको छ । केन्या, सेनेगाल, घाना र दक्षिण अफ्रिकामा हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिरहेका छन् । यि देशमा भएका प्रदर्शनीमा आफ्ना नेताहरू यस “अफ्रीकी-अमेरिकी भाइहरू” सँग एकताका साथ काम गरेर यस मुद्दालाई अझ दृढतापूर्वक सामना गरेको अफ्रिकी नागरिकहरु देख्न चाहन्छन् ।
अमेरिकाको मिनियापोलिमा मे २५ मा प्रहरीले मारेका अफ्रिकी-अमेरिकी व्यक्ति जर्ज फ्लोडको मृत्यु विश्वव्यापी प्रतीक भएको छ । प्रहरी हिंसाको त्यो घटनाले विश्वव्यापी जातीयता विरोधी प्रदर्शनको शुरुआत गर्यो र प्रदर्शनकारीहरुले “म सास फेर्न सक्दिन” भन्ने नारा लगाउँदै आएका छन् । त्यो शब्द फ्लोईडले अन्तिम रुपमा बोलेका थिए ।
अफ्रिकामा शुरु भएको प्रदर्शनमा आफ्ना अफ्रिकी नेताहरूलाई उनीहरूको पुलिस हिंसाका समस्याहरू सम्बोधन गर्न आग्रह गरेका छन् । प्रहरीले हिंसा गर्दापनि तिनलाई प्राय सजायँ नदिएको भन्दै आरोप लगाएका छन् ।
दक्षिण अफ्रिकामा आन्दोलनको अन्य प्रमुख नारा “ब्ल्याक लाइभ्स मैटर” को रंगभेदले घेरिएको छ । तीब्र जातीय असमानताले अझै विभाजित भएको मुलुकमा हामीहरु छौं भन्दै त्यसलाई संबोधन गर्न आग्रह गरिएको छ ।
जून ८ का दिन त्यहाँको कट्टरपन्थी वामपन्थी पार्टी, ईकोनोमिक फ्रीडम फाईटर (EFF) को आह्वानमा एक सय भन्दा बढि मानिस जातीयता, पुलिस हिंसा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधको लागि प्रिटोरियास्थित अमेरिकी दूतावास बाहिर भेला भएको फँस २४ टिभीले उल्लेख गरेको छ ।
ईेएफएफका समर्थकहरुले फ्लोइडलाई श्रद्दान्जली अर्पण गर्ने क्रममा भुइँमा घुँडा टेकेका थिए । उनीहरुले आठ मिनेट ४६ सेकेण्ड मौन धारण गरेर फ्लोइडलाई संझिए । त्यसको अर्थ फ्लोईडलाई प्रहरी घुँडा मुन्तिर हत्या गर्न आठ मिनेट ४६ सेकेण्डको अवधि लागेकाले उनको हत्याको प्रतिकका रुपमा त्यसो गरेका थिए । “हाम्रो शरिरमाथि प्रहरी क्रुरताको हद नाघ्यो, अब अति भो” ईेफ एफ का नेता जुलिउस मालेमाले भिडलाई भने । त्यसो भनिरहँदा उनी दक्षिण अफ्रिकामा कोरोना भाईरस लकडाउनका बेला प्रहरीले हत्या गरेका एक ब्यक्तिको पत्नी छेउ उभिएका थिए ।
केन्यामापनि प्रहरी हिंसा बिरूद्ध प्रदर्शन
केन्यामा, जर्ज फ्लोडको प्लास्टरको तस्वीर बनाएर नैरोबीको पर्खालहरूमा राखेका छन् । सोही दिन दक्षिण अफ्रिकामा जस्तै करीव दुई सय मानिसहरूले राजधानीको माथारे बस्तीमा पुलिस हिंसाको बिरूद्ध प्रदर्शन गरे । कोविड – १९ को संक्रमण रोक्न भन्दै लगाइएको कर्फू आदेश उल्लंघन गरेको आरोपमा प्रहरीद्वारा कम्तिमा १५ व्यक्ति मारिएका छन् ।
भीडमा मुख्यतया युवा, म्रितकका आमा, साथी, छिमेकी र छोराहरु संलग्न थिए । मारिने आफन्तको नाममा कार्डहरू बोकेका थिए जसलाई प्रहरी अपरेसनहरूमा हालसालै मारिएको थियो । “हत्यारा प्रहरीहरूलाई रोक्नुहोस्,” वा “हाम्रो भविष्य बचाउनुहोस्” लेखिएका नारा तिनीहरुले मुख्यरुपमा लगाएका थिए ।
केन्याली प्रहरीलाई नियमित रूपमा मानव अधिकार समूहहरूले अत्यधिक बल प्रयोग गर्ने र गैह्र न्यायिक कारबाही गर्ने गरेको आरोप लगाइएको छ । यस्तो आरोप खासगरि केन्याका गरीब छिमेकीहरुमाथि अत्याचार गरेको भन्ने छ ।
अप्रिलमा ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) समूहले प्रहरीलाई “सुरुदेखि नै अराजक र हिंस्रक ढंगले” कर्फ्यू लगाएको आरोप लगायो । कहिलेकाहिँ कारवाहिका नाममा कोर्रा लगाएर यातना दिने, कुटपिट गर्ने वा अत्यधिक अश्रु ग्यास प्रयोग गरेर मानिसहरूलाई सडकमा रोकेको आरोप लगाएको थियो ।
केन्याली प्रहरीलाई नियमित रूपमा मानव अधिकार समूहहरूले अत्यधिक बल प्रयोग गर्ने र गैह्र न्यायिक कारबाही गर्ने गरेको आरोप लगाइएको छ । यस्तो आरोप खासगरि केन्याका गरीब छिमेकीहरुमाथि अत्याचार गरेको भन्ने छ ।
अप्रिलमा ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) समूहले प्रहरीलाई “सुरुदेखि नै अराजक र हिंस्रक ढंगले” कर्फ्यू लगाएको आरोप लगायो । कहिलेकाहिँ कारवाहिका नाममा कोर्रा लगाएर यातना दिने, कुटपिट गर्ने वा अत्यधिक अश्रु ग्यास प्रयोग गरेर मानिसहरूलाई सडकमा रोकेको आरोप लगाएको थियो ।
(फोटो- बोयनस एयर्स टायम्स)




