पेरिसमा नस्लवाद र प्रहरी बर्बरताका बिरुद्ध हजारौंको प्रदर्शनी, टियर ग्याँस हानियो
फ्रान्समा बढ्दो अन्याय, जातीय विभेदको उन्मूलन, प्रहरी क्रूरता र रंगभेदको अन्त्य गर्न आह्वान गर्दै आज शनिबार अपरान्ह हजारौं अल्पसंख्यक प्रदर्शनकारीले नाराजुलुस गरेका छन् । उत्तेजित नारा लगाएका प्रदर्शनकारीहरुमाथि प्रहरीले केहि पटक अश्रु ग्याँस प्रहार गरेको छ ।

चर्को नाराबाजी गरिरहेका प्रदर्शनकारिहरु मध्येको एक समूह पेरिसको एक बिशाल भवनमा चढेर जुलुसहरुतर्फ ‘श्वेत जातिबाद बिरुद्द’ लेखेको ठूलो ब्यानर फहराएपछि जुलुस आक्रामक देखिएको थियो । त्यसपछि प्रदर्शनकारीहरुले जातिवाद र रंगभेद बिरुद्द झन झन चर्का नारा लगाउन थालेका थिए ।
प्रहरीबिरुद्द नाराबाजी गरिरहेका प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेन । तर प्रदर्शनकारीहरु उत्तेजित देखिएपछि प्रहरीले भिडलाई तितरबितर पार्न केहि पटक अश्रु ग्याँस हानेको थियो । प्रदर्शनकारीहरुले यसकोपनि चर्को बिरोध गरेका थिए ।
भवनका बासिन्दाहरूले ब्यानरको केही अंश च्यातिदिएपछि भवनका वासिन्दा र ब्यानर देखाउनेबिच द्वन्द भएको थियो । ब्यानरको केहि भाग च्यातिदिएपछि प्रदर्शनकारी मध्ये एक जनाले आफ्नो मुट्ठी उठाइरहेको थियो । प्रदर्शनमा दायाँबायाँबाट जुलुसमा मिसिन खोजेका सहभागि र अन्य समर्थकहरुलाई मिसिनबाट प्रहरीले रोकेको थियो ।
फ्रान्सका बिभिन्न शहरमा भएका प्रदर्शनमा केहि मुठभेड भएपछि सम्भावित हिंसा रोक्न प्रहरीले ‘ब्ल्याक मार्च मार्ग’ लाई घेरा हालेर नियन्त्रणमा राख्न खोजेको छ । ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलन र संयुक्त राज्य अमेरिकामा जर्ज फ्लोईडको मृत्युबाट प्रेरित यस्ता आन्दोलनहरु फ्रान्सका बिभिन्न शहरमा हप्तै पिच्छे भैरहेका छन् ।
“हाम्रो आवाजको सुनुवाईहोस भन्ने म चाहन्छु” प्रदर्शनीमा सहभागि फ्रान्सको क्यारेबियन टापू मार्टिनिकमा जन्मेकी ३१ वर्षिया मारियम बियोकोलिनले फ्रान्स २४ टिभीसित भनिन् “हामीहरु सरकारका सामू देखिनुपर्ने अवस्थामा पुगेका छौं । एक कालो वर्णकी महिला हुनुको पीइडा धेरै भोगेकी छु । हामीले गोरा भनाउँदासित संझौता गर्नुपर्छ । तिसित मिल्न हामीलेनै प्रयत्न गर्नुपर्छ । हामीलेनै सम्झौता गर्नुपर्छ । हामीले गोराहरुसित मिलेर बस्न तरंग स्रिजना गर्नुपर्छ ।”
‘हामीलाई मानिसहरुले पहिलो पटक देख्न पाएका छन्, पहिलो पटक हाम्रो माग सुन्न पाएका छन्’ उनले थपिन् ‘हामीलेपनि अब निर्धक्कले स्वास फेर्न पाउनुपर्छ ।’
पेरिसमा शनिबारको मार्चको नेतृत्व अदामा ट्राओरेका समर्थकहरूले गरेका थिए जो फ्रान्सेली काला व्यक्ति सन् २०१६ मा प्रहरी हिरासतमा मरेका थिए । उनको म्रित्युका बारेमा अनेक अडकलबाजी र शंकाहरु रहेका छन् । उनको म्रित्युको घटनामा कसैलाईपनि हालसम्म किटान नगरिएकाले दोषी किटान हुनुपर्ने माग अहिलेसम्म उठिरहेको छ ।
(फोटो स्रोत -बोस्टन २५ न्युज)




