स्यानिटाईजर स्वास्थ्यकालागि घातक : अनुसन्धान
-निलम घिमिरे / बेल्जियम
बेल्जियमस्थित लुभेनको सरकारी कार्यालयमा आफ्नो कागजादका कामले पुगेकी सिता शर्मा भित्र पस्नासाथ उनलाइ एक कमचारीले रोकेर हात धुन वाध्य बनाए । यहाँ सधै अन्य ठाउँमा भए जस्तो सेनिटाइजर नदिएर ढोक्कैको कुनामा राखिएको ट्यांकीसहितको वेसिनमा देखाएर सावुन पानीले हात धोएरमात्र भित्र जाने अनुमनि दिन्छन् । सेनिटाईजर र जेल नदिएर किन सावुन पानी दिने गरिएको होला ?
स्थानिय महिला कर्मचारिले बताइन् ‘सावुन पानी नै स्वास्थ्यको दृष्टिले उच्चतम प्रयोग हो । कम्तिमा केहि सेकेण्ड सेकेन्ड सावुन पानीले राम्रो सँग हात धुँदा कुनै साइड इफेक्ट हुँदैन । विभिन्न व्याक्टेरीया र कोरोना भाईर लगायत सबै खाले भाइरसको किटाणु नष्ट हुने भएकाले यो निकैकै प्रभावकारी छ ।’
बेल्जियम सरकारले सरकारी सूचनामा अहिले सावुन पानीले हात धुनु भन्ने सन्देश बढि प्रयोगमा ल्याएको देखिन्छ । बेल्जियमका विभिन्न पार्कमा यस्तै सूचना पढेर सात वर्षे पल्लव घिमिरेले पनि पार्कमा खेल्न जानासाथ हात धुनुपर्ने तनाव लिने गरेको उनकी आमाले बताइन् । लकडाउन खुकुलो पारेपछि यसै महिनाको ८ तारिख देखि पार्कहरु नियम पालना गर्दै प्रयोग गर्ने भनि खुला गरिएको छ । तरपनि एक साता सम्म सबैले बाटो हेरेर भरखरै लैजान थालेका हुन् । तर वालवालिका आफैं नियमहरु पढ्ने गर्छन् । खेलेर घर फर्कदा हातहरु नधोइ मुखमा लान हुन्न भन्ने जनकारिपनि राख्छन् । तर मैले विर्सन्छुकि भन्दै ध्यान दिन थालेका छन । पहिले सेनिटायजर खोज्ने उनीहरु अहिले सावुन पानी खोज्न थालेका हुन् ।
वालवालीका खेलाउने हरेक पार्कमा खेल्न आउँदा र जाँदा हात सावुन पानीले नै धुने भनेर पोस्टरहरु टाँसिएको छ । कोरोनाको त्रासले करिव ७२ दिनको लकडाउनपछि खुकुलो पार्दैलाने क्रममा दूरी कायम गर्ने, बिरामी महसुस गरेमा घरमा बस्ने, हात सावुन पानीले घुने लगायतका नियम अनिवार्य लागू गरिएको नगारपालिकाका कर्मचारीले बताए ।
विभिन्न अध्ययनले देखाए अनुसार अत्यधिक मात्रामा स्यानिटाइजर प्रयोग गर्दा छालामा एलर्जि आउने, हात सुख्खा हुने, तथा यसमा प्रयोग गरिएको रासायनिक वस्तुलेले विभिन्न खालका चर्मरोग समेत उत्पन्न हुने र कोरोनाका लागि पनि सावुन पानीले हात धोएसरह यसको प्रभावकारिता नभएकाले हाल युरोपका विभिन्न निकायले साबुन पानीलाई प्राथमिकता दिएको हो ।
त्यसो त, स्कुल र सुपर मार्केट लगायतका ठाउँहरुमा सेनिटाइजरको प्रयोग रोकिएको भने होइन । तर सेनिटाईजर तथा जेल प्रयोगको अर्थ नै नबुझी बेल्जियमका नेपाली समूदायले वालवालिकाहरुलाई जथाभावि फेसनको रुपमा प्रयोग गर्न दिँदा वालवालिकालाई अझ बढि नकारात्मक असरपर्ने भएकाले प्रयोग पूर्व सबैले यसको स्तरियताको बारेमा जानकारी लिनु पर्ने देखिन्छ । सेनिटाइजर समाधान नभएर सावुन पानीको अभावमा विकल्प भएकोले सम्भव भएसम्म वच्चालाई सावुन पानीले नै हात धुन प्रेरित गर्नु नै दिर्घकालिन समाधान रहेको विभिन्न अध्ययनले देखाएको छ ।
मेडिकल न्युज टुडेमा राखिएको एक अध्ययनको रिपोर्टमा प्रस्ट भनिएको छ ‘सबै भन्दा प्रबल र प्रभावकारी भनेकै सावुन पानी हो । सेनिटाइजर पटक पटक प्रयोग गर्नुपर्ने र पानीको अभाव वा असम्भव अवस्थामा सहजताकालागि डाक्टर लगायत मेडिकल क्षेत्रका कर्मचारीकालागि विकल्पको रुपमा आविस्कार गरिएको हो । यो दोस्रो र सहजताको उपाय हो ।
यसको प्रभावकारीताकालागि विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार दुई प्रकारका सेनिटाइजर छन् । यसमा अल्कोहल सहितकोमा ८० प्रतिशत झोल भनिएको छ । तर युरोपका औषधी पसलले ६० प्रतिशत मात्र भएको बेचिरहेका छन् । केहिले ७५ प्रतिशतको बनाएता पनि अधिकांश ४५ प्रतिशत रहेको बजारमा उपलब्घ छ । ८० प्रतिशतमा बनाउँदा अत्याधिक महँगो पर्ने र हातको बाहिरी छालामा पनि समस्या आउने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
दोस्रो गिलिसरिनमा आधारित हो । सिडिसिले अल्कोहलमा आधारितलाई मान्यता दिएको छ । यो नै बढि प्रभावकारी मानेको छ । सिडिसिका अनुसार ८० प्रतिशत हुनुपर्ने छ । तर पनि प्रयोगमा भने ४५ देखि ६० प्रतिशतको सेनिटाइजनर उपलब्ध छन् ।
जर्मनीका एक प्रोफेसरले पनि जेल प्रयोग गर्ने हो भने पनि २० सेकेन्ड रगड्नु पर्ने अन्यथा यसको औचित्य नहने बताएका छन् । बेल्जियमका मात्र नभएर विश्वभर छरिएका अधिकांश मानिसलेनै सेनिटाइजरको प्रयोग पानीको विकल्प नबुझेर पहिलो प्रयोग बुझेको अवस्था छ । वास्तवमा यो दोस्रो विकल्प हो भनेर बुझाउन नसकिनुको एक कारण यी विभिन्न मल्टिनेसनल कम्पनीले आफ्नो व्यापारकालागि सेनिटाइजरलाई प्रचारमा ल्याएको हुन सक्ने देखिन्छ भने दोस्रो मानव चेतनाको स्तरमा कमि पनि यसको कारण हुन सक्ने देखिन्छ ।
अस्पताल लगायतका भिडभाड हुने तर पानीको सहजता नहुने ठाउँमा भने साबुन पानीको विकल्पको रुपमा नेपाली प्रख्यात उखान “नहुनुभन्दा कानोमामा जाती”भने जस्तै स्यानिटाइजरको प्रयोग गनुपर्ने सर्वसाधारणले बुझ्न जरुरी छ ।




