बनायो स्विजरल्याण्डले किटाणु रोक्ने पारदर्शी मास्क

स्विजरल्याण्डका बैज्ञानिकहरुले एक पूर्ण पारदर्शी शल्य चिकित्सा मास्क बनाएका छन् जसले कीटाणुहरू फिल्टर गर्दछ । यसले अनुहारको भाव छ्वाङ्गै देख्न सकिन्छ ।  उत्पादकहरुले यसलाई २०२१ को गर्मीया देखि बजारमा ल्याउने भएका छन् ।

‘जनसंख्याको केही अंश जस्तै बच्चा, बुढा र श्रवण शक्ति नहुनेहरुकालागि अहिलेको मास्क संचारमा प्रमुख अवरोध हो, ‘स्विस फेडरल लेबोरटेरिज फर मेटेरियलस एन्ड टेक्नोलोजी (ईएमपीए) ले मंगलबार विज्ञप्तिमा भनेको छ ।

स्विस इन्फो डट सिएचको रिपोर्टका अनुसार स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजी लोसान (ईपिएल) का अन्वेषकहरूसँग ईेमपिएले दुई वर्षदेखि पूर्ण पारदर्शी शल्य चिकित्सा मास्कमा काम गर्दै आएको जनाएकोछ ।

उनीहरूले अब बायोमासमा आधारित सामग्रीलाई हेलोमास्क नाम दिएका मास्कहरू निर्माण गर्न अन्तिम रूप दिएका छन् । यसलाई बजारमा लैजान उनीहरूले जिनेभामा बायोटेक क्याम्पसमा आधारित एचएमकेयर नामको कार्यक्रम सिर्जना गरेका छन् ।

एक करोड स्विस फ्र्यांकको कोषबाट शुरु गरिएको यो योजना बनाउने एच एम केयरले अब औद्योगिक प्रक्रिया विकास गर्न तयार भएको जनाएको । २०२१ को सुरूमा योजनाबद्ध बजार प्रक्षेपणको लागि उनीहरुको छलफलहरू भइरहेको छ ।

यस अघि यो मास्क बनाउने योजना ल्याउँदा लगानीकर्ताहरुले खासै चासो नदेखाएको तर कोरोना भाईरसको संक्रमणपछि यो मास्क उत्पादन गर्न चासो राख्नेहरुको संख्या यति आयो कि त्यसलाई धान्नै नसकेको मास्कको डिजाईन गरेको ईपि एफ एल हेलो मास्क प्रोजेक्ट प्रमुख थियरी पेलेटले उल्लेख गरेका छन् ।

हेल्लोमास्कहरु स्वास्थ्यकर्मीहरुकालागि ट्राईफोल्डमा हुन्छ र यो हरियो वा सेतो रङलाई बदल्नकालागि हो । यो सुरक्षाकालागि सबैले लगाउन सक्छन् । स्वास्थ्यकर्मी, हेरचाहकर्ता र बिरामीकोबिचमा सम्पर्क बनाउनकालागि भिन्नाभिन्नै खालको डिजाईनपनि तयार गरिएको छ ।

प्रोटोटाइपहरू भएका मास्क जुन आंशिक पारदर्शी हुन्छन् र तिनीहरू केवल सामान्य मास्कहरू हुन् जसमा स्पष्ट तरिकाले देखाउन केही कपडाले बदल्छ । किनभने त्यो प्लास्टिक झरझराउँदैन तथापि यसले पहिरनेलाई सास फेर्न गाह्रो बनाउँदछ र सास फेर्दा उठेको बाफ सजिलै माथि जान्छ ।

नयाँ मास्कहरू उच्च प्रभावकारिताका लागि डिस्पोजेबल हुनेछन् । अहिले भएका सर्जिकल मास्कहरू जस्ता । अनुसन्धानकर्ताहरूले रिसाइक्लेबल वा बायोडिग्रेडेबल मास्क बनाउन शुरुदेखिनै अनुसन्धान गरेका छन् । “हाम्रो मास्क ९९ प्रतिशत बायोमास व्युत्पन्नबाट बनेको छ । हामी त्यसरि उत्पादन गर्न हाम्रो काम जारी राख्दछौं जब सम्म तिनीहरू पूर्ण रूपमा पर्यावरण अनुकूल हुँदैनन्,” पेलेट भन्छन् ।

तपाइँको प्रतिक्रिया