मानव क्रुरताको पराकाष्टा : छट्पटाउँदै नदीमा सुँड गाडेर गर्भवती हात्तीको म्रित्यु
जंगली हात्तीले खानाको खोजीमा घुम्दैघुम्दै केरालास्थित पलकक्कड जिल्लाको साइलेन्ट उपत्यकाको जंगल छोडेका थिए । वन अधिकारीका अनुसार भोकले तड्पिएका केहि हात्तीले स्थानीयले बम राखेको भुइँकटहर खाएका थिए । मर्नेहरु मध्ये एउटी गर्भिडी हात्ती थिई । बम भित्र पड्किएपछि त्यसको छटपटाहटमा ऊ चिसो खोज्दै भेलियार नदीमा गई । त्यहाँ चिसो लिन खोज्दाखोज्दै उसको सुँड डुब्यो र त्यहि नदीको पानीमा ऊसको ज्यान ढल्यो । उसले म्रित्युवरण गरी ।
यो भयावह म्रित्युको घटनाबारे एक वन अधिकारीले सोशल मीडियामा सुनाएपछि अहिले यो विश्वभरि चर्चाको विषय बनेको छ ।
जंगली बँदेलहरु मार्न र लखेटेर आफ्नो बाली जोगाउन स्थानियले भुइँकटरभित्र स्थानिय स्तरमा बनाएको बम राखेर छोडिदिन्छन् । स्थानिय बाली खान आएका बँदेल त्यो बम पड्केको सुनेर कि भाग्छन् कि त त्यो कटहर खाएर मर्छन् । खानाको खोजिमा खेत वरिपरि डुलेका हात्तीहरुले कटहर फेला पारेपछि खाएका हुन् ।
“उनी सबैलाई विश्वास गर्छिन् । जब उनले भुइकटहर खाईन् त्यसबेला उनले आफ्नो स्वास्थ्यका बारेमा नसोचेको हुनुपर्छ । तर १८ देखि २० महिनामा उनले बच्चा जन्माउने थिईन् ।” वन अधिकारी मोहनकृष्णनले आफ्नो फेसबूकमा भनेका छन् । मोहन हात्ती संरक्षणमा खटिएका वन अधिकारी हुन् ।
भुइँकटहरभित्रको बम पड्किएपछि उनको मुख र जिब्रोमा घाउनै घाउ भएको थियो । त्यसले गर्दा उनी कुनै खानेकुरा खानसक्ने अवस्थामा थिईनन् ।
” मुखमा बम पड्किएकि ति पोथी हात्तीले गाउँका सडकहरूमा पीडामा दगुर्दा पनि एउटै मानिसलाई हानी गरिनन् । उनले एउटै घर भत्काईनन् । कुनै ब्यक्तिमाथि हमला गरिनन् । कुनै पाल्तु जनावरलाई चोट पुर्याइनन् । त्यसैले म भन्छु उनी अर्काको भलाइ गर्ने सोचले भरिएकि थि ईन्,” कृष्णनले बम पड्किएर मरेकि हात्तीको फोटो हाल्दै भावनात्मक नोट लेखेका छन् ।
पीडाले सहन नसक्ने भएपछि हात्ती अन्ततः भेलियार नदी सम्म पैदल गईन् । पानमा उभिईन् । सुँड पानीमा डुबेको थियो । हुनसक्छ असह्य पीडाबाट केही राहत पाउनको लागि उनले सुँड पानीमा डुबाएकि हुन् । झिँगा र किरा धेरै लागेकालेपनि सुँड पानीमा डुबाएको हुन सक्ने वन अधिकारीले उल्लेख गरेका छन् ।
वन अधिकारीहरूले सुरेन्द्रन र नीलकण्ठान भनिने दुइ घरपालुवा हात्तीहरुलाई ल्याएर ति गर्भिणी हात्तीलाई अनेक प्रयास गरेर नदीबाट बाहिर निकालेका थिए । तर आफू मर्छु भन्ने हेकक भएर हुन सक्छ ति हात्तीले उनीहरुलाई केहि गर्न दिईनन् । हात्तीलाई बचाउन अधिकारीहरूले घण्टौं प्रयास गरेपनि मे २७ साँझ ४ बजे पानीमा उभिएर म्रित्युवरण गरेको क्रिष्णनले उल्लेख गरेका छन् ।
म्रित हातीलाई ट्रकमा हालेर वनभित्र लगियो । त्यहिँ वन अधिकारीहरुले तिनको दाहसंस्कार गरे । “उनलाई अन्तिम बिदाई गर्नै पर्छ । त्यसैले हामीले उनलाई जंगलभित्र (आफ्नै वासस्थन वा घर) मा लग्यौ । उनी त्यहाँको दाउरामाथि सुतिन् जहाँ उनले वर्षौं खेलेकि थिईन् । जहाँ उनी हुर्किएकि थिईन् । पोस्टमार्टम गर्ने डाक्टरले उनी एक्लि नभएको बताए । मैले उनको दुख र बेदनाको भाव अनुभव गरें । उनको अनुहारमा देखिएको भावले त्यो ब्याख्या गर्थ्यो । उनलाई हामीले चितामा राखेर दाहसंस्कार गर्यौं । हामी उनको चिता अगाडि उभिएर झुक्यौं । उनीप्रतिको हाम्रो अन्तिम आदर र सम्मान दर्शायौं” वन अधिकारीले उल्लेख गरेका छन् ।
(समाचार र फोटो स्रोत- एन डि टिभी न्युज)




