भारतीय प्रधानमन्त्रीलाई प्रभाव पार्न समोसा र आँपको चटनी देखाउँदै अष्ट्रेलियाइ प्रधानमन्त्री

जुन ४ का दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित अष्ट्रेलियाइ प्रधानमन्त्री स्कट मोरिसनको वार्ता हुँदै छ । त्यस अघि मोदीलाई प्रभावित बनाउन अष्ट्रेलियाइ प्रधानमन्त्री मोरिसनले प्रधानमन्त्री निवासमा समोसा र आँपको चटनी बनाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाएका छन् । बिहिबार भिडियो कल मार्फत वार्ता हुन लागेकाले आफूले बनाएको समोसा र चटनी मोदीसितै बसेर खान नपाउँदा खल्लो लागेको अष्ट्रेलियाइ प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो सामाजिक सन्जाल ट्विटरमा उल्लेख गरेका छन् ।

एउटा ट्रेमा आफैंले बोकेको समोसाको फोटो ट्विटरमा राखेर उनले मोदीलाई ट्याग गर्दै त्यसरि सँगै बसेर खान नपाउँदा खल्लो लागेको उल्लेख गरेका हुन् ।

कुनैपनि गहन विषयमा छलफल हुनु अघि संक्रिति, सभ्यता र कलाका विषयमा चासो दिएर निकट भएको देखाउने पस्चिमाहरुको संस्क्रिति हो । चिया र समोसाको नास्ताबाट आफ्नो दैनिकी शुरु गरेका भारतीय प्रधानमन्त्री मोदीलाई आफूसित आकर्षित गर्न अष्ट्रेलियाई प्रधानमन्त्री स्कट मोरिसनलेपनि यहि चलाखि अपनाएका हुन् । भारतमा आँपको अचार खाने संस्क्रिति रहेकाले आँपको चटनी बनाएर भारतीय आम संस्क्रितिमा आफ्नो आकर्षण र सम्मान रहेको देखाउन खोजेका हुन् । त्यसैले उनले भारतीय प्रधानमन्त्रीको समोसा मोहलाई सांक्रितिक रुपमा मोह, सम्मान र निकट रहेको देखाउन आफैंले समोसा र आँपको चटनी बनाएर मोदीलाई देखाएका हुन् । त्यसो त, चलाख अष्ट्रेलियाई प्रधानमन्त्री मोरिसनलाई चीनसित ब्यापारिक संवन्ध बिग्रिँदै गएपछि अर्को बिकल्पपनि चाहिएको छ ।

माई नेसन डट कमका अनुसार जुन ४ का दिन भारतीय र अष्ट्रेलियाइ प्रधानमन्त्रीका बिच द्विपक्षिय हितका बारेमा भिडियो कलमार्फत वार्ता हुँदै छ । सैन्य रसद, प्रविधी र विज्ञानका बारेमा केहि बुँदामा हस्ताक्षर हुने छ ।

सन् २०२० को जनवरीमा अष्ट्रेलियाइ प्रधानमन्त्री मोरिसन र भारतीय प्रधानमन्त्रीका बिच भेटघाट हुने कार्यक्रम थियो । अष्ट्रेलियामा भएको विशाल आगलागीको कारण मोरिसन त्यसैमा अल्झिए र भेटघाट रोकियो । त्यसपछि उक्त भेटघाटलाई फेरि मे महिनाकालागि सरिएको थियो । कोरोना भाईरसको महामारीले त्यो भेटघाटपनि हुन सकेन ।

प्रधानमन्त्री मोदीले आफ्नो अष्ट्रेलियाई समकक्षसितको भेटका अवसरमा उनले भारतको प्रशान्त क्षेत्रमा चीनको आक्रामकतालाई ध्यानमा राख्दै रणनीतिक साझेदारी विस्तार गर्ने माइ नेसन डटकमले जनाएको छ ।

याद गर्नु पर्ने कुरा के छ भने अष्ट्रेलिया धेरैवटा देशहरू मध्ये एक हो जसले कोरोना भाइरसको उत्पत्ति कहाँबाट भएको थियो भनेर अनुसन्धान गर्न पाउनुपर्ने पक्षमा आफ्नो मत जाहेर गरेको छ । अमेरिकाले राख्दै आएको यो मागमा अष्ट्रेलियालेपनि समर्थन जनाएपछि चीनसित अष्ट्रेलियाको संवन्ध चिसिएको छ । चीनले आफ्ना थुप्रै वस्तुमा अष्ट्रेलियालाई भारि कर बढोत्तरी गरिदिएको छ । यसबाट अष्ट्रेलिया क्रुद्द छ ।

चीनले यसरि कर बढाइदिने र चीन र अष्ट्रेलियाबिच ब्यापारिक संवन्ध धमिलो बनेपछि अष्ट्रेलियालाई अर्को पाटनरको खाँचो परेको छ । चीनपछिको बिकल्पकारुपमा अष्ट्रेलियाले भारतलाई फकाएर आफ्नो ब्यापारिक लेनदेन भारतसित बढाउने रणनिति अँगालेको छ ।

(फोटो स्रोत – अष्ट्रेलियाई प्रधानमन्त्री स्कट मोरिसनको ट्विटर)

तपाइँको प्रतिक्रिया