एकै वर्षमा ९० हजार किमीको यात्रा
जिवजन्तुको विश्वकै इतिहासमा एकै वर्षमा एउटा चराले ९० हजार किमीको यात्रा गरेर नयाँ विश्व ईतिहास कायम गरेको छ । बेलायतको अर्थौमबरल्याण्डस्थित फार्न टापूमा प्रजनन् गर्ने यो फ्यालफ्याले चराले (जाँदा र फर्किँदागरि) ९६ हजार किमीको यात्रा गर्छ । यो चराको तौल जम्मा ११३ ग्राम हुन्छ ।
यो अध्ययन गर्न वेलायतका बैज्ञानिकहरुले २८ वटा फ्यालफ्याले चराहरुको खुट्टामा दूरी र तापक्रमको रेकर्ड लिपिबद्द गर्ने चार ग्रामको डिभाईस (मेशिन) तिनका खुट्टामा जडान गरिदिएका थिए । अन्टार्कटिका पुगेर फर्किएका मध्ये १५ वटा चरा मात्रै एशिन जडित अवस्थाका फेला परे ।
ति चरा बेलायतको फार्न टापूबाट उडेर दक्षिणतर्फ लागे । ति अफ्रिका महादेशको पस्चिमी समुद्री तट पुगे । ति फेरि पूर्वतिर मोडिएर हिन्द महासागरको तट पुगे । त्यसपछि दक्षिणको अन्टार्कटिकातर्फ लागे ।
सिधा नउडेर यि चराले किन बांगोटिंगो लामो बाटो छाने होलान् ? चराहरु निकै चलाख हुन्छन् । तिनलाई यात्राका क्रममा हावापानी, मौसम, हावाहुरी, पहाडपर्वत र शत्रु कहाँकहाँ हुन्छन् भन्ने ज्ञानसमेत हुन्छ । यि चरा आफू जाने हो उतैतिर (आफ्नो दिशातिर) बहेको हावातिर उड्छन् । किनभने आफू उड्ने दिशातिरको हावातिर उड्दा हावामा पखेंटा लमतन्न पारेर छोडिदिए मात्रै पुग्छ । हावाको बेगले आफैं धकेलिदिन्छ र आफ्नो शक्ति खर्च गरेर पखेंटा मार्नै पर्दैन । त्यसैले यि चराले यो लामो बाटो रोजेका हुन् ।
यि चराको जिवनकाल २५ देखि ३० वर्षको हुन्छ । एक सय १३ ग्राम मात्रै तौल हुने सानो फ्यालफ्याले चराले आफ्नो जिवनकालमा प्रिथ्वीबाट चन्द्रमाको लगभग तिन पटक यात्रा गरेजतिनै दूरी उड्छ । यसरि यात्रा गर्दा यो चराले अरुलेभन्दा बढि प्रिथ्वीको प्रकाशपनि देख्न पाउँछ ।
(फोटो स्रोत – बर्ड ब्रिटानिका)




