कहाँबाट ल्यायो माओवादीले यत्रो भवन किन्ने पैसा ?

maoist-head-quarter

सर्वहारा वर्गको पार्टी रे माओवादी । भ्रष्टाचार त दश कोश परै रे माओवादीको । पहिले बल्खु दरबार भनेर खुब बिरोध गरे एमालेलाई । अहिले माओवादीले ति आरोपलाई लत्याएर माओवादी आफैंले विशाल भवन किनेको छ पार्टी कार्यालयकालागि । भवनपनि चानचुने ठाउँमा हो र ? कोटेश्वरको पेरिस डाँडामा । नेपाललाई स्विजरल्याण्ड बनाउँछौ भन्ने पार्टीको मुख्यालय कम्तिमा पेरिस डाँडामा त हुनै पर्‍यो । नयाँ पत्रिकाको रिपोर्ट अनुसार उनीहरुले यो भवन तिन करोड रुपियाँमा किन्न लागेका रहेछन् । तिन करोड भनेको थोरै रकम हो र ? तिन सय लाख पो त गाँठे ! त्यसै आ उँछ त्यत्रो रकम ? तिन करोड रुपियाँ सजिलैसित जम्मा हुन्छ ?
जिज्ञासाको कुरो के भने अहिलेसम्म कहिँ कतै उल्लेख नगरेका माओवादीले त्यत्रो भवन किन्ने त्यो मोटो रकम कहाँबाट ल्यायो
?

 

चाख लाग्दो कुरो के भने माओवादीले त्यो भवन चार महिना पहिलेनै खरिद गरिसकेको रहेछ । त्यतिबेला माओवादीले संयुक्त सरकारको नेत्रित्व गरेको थियो । प्रधानमन्त्री, सञ्चारमन्त्री, रक्षा र अर्थ मन्त्री गरेर मुख्य मन्त्रालय माओवादीले लिएको थियो । सरकारमा हुँदा माओवादीले भ्रष्टाचार मुक्त सरकार को खुबै नारा दियो । तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराई यो सरकारले पहिलेका सरकारले झैं भ्रष्टाचार नगरे मात्रैपनि आर्थिक बिकास गर्न सकिने भनेर धेरै पटक बोले । पारदर्शी प्रशासनको नार निकै दिए । तर माओवादी आफैंले त्यो भवन किन्न तिन करोड कहाँबाट ल्यायो भन्ने सार्वजनिक गरेको छैन । अब धेरै टिका टिप्पणी गरियो भने बिगतमाझैं पार्टी सदस्यबाट उठाइएको लेबीको पैसाले किनेको भनेर पन्छिने छन् माओवादी पक्कैपनि ।

 

माओवादी शान्ति वार्ता गरेर आएकोपनि निकै भयो । तर पार्टीका लागि मुख्यालय उसले आफैं सरकारमा भएका बेला नै किन किन्यो ? के त्यो रकम उसले सरकारमा बसेर निकालेन ? नत्र उसले किन सार्वजनिक गरेन ईमान्दारिपूर्वक हामीले यसरि यो स्रोतबाट भवन किन्दै छौं भनेर ?  कि पहिले बैंक लुटेर जम्मा पारेको रकमले खरिद गरिएको हो ? कि कुनै तस्कर वा कालो ब्यापारेलाई थर्काएर किन्न लगाइएको हो ? कि पहिले बैंक लुटेर जम्मा पारेको रकमले खरिद गरिएको हो ? कि कुनै तस्कर वा कालो ब्यापारीलाई थर्काएर किन्न लगाइएको हो ? दालमा कुछ् कालो छैन भने स्पष्ठ किन पारिएन ? (फोटो-नयाँ पत्रीका दैनिक)

 

-संबन्धित रिपोर्ट हेर्नुस-

 

माओवादी मुख्यालय तीन करोडको नयाँ घरमा सर्दै

 

तपाइँको प्रतिक्रिया