गजल

-मान बहादुर के सि (मुस्कान)

 

man-bahadur-kc11

 

अब म पनि प्रबास छोडि आफ्नै देशमा जाउँ कि त ?

 

नयाँ पार्टी बनाउछु, अनुमति पाउँ कि त ?

 

 

देश छोडेर भागेका पनि पार्टी खोली देश हाँक्ने रे

 

चुनाबि मैदानमा उत्री मैले, पन्जा लडाऊँ कि त ?

 

 

हातमा हात मिलाई सबैले दुश्मन सँग लड्नु पर्छ

 

देशको सेवा गर्न लाई हजुरको साथ पाउँ कि त ?

 

 

हत्या, हिंसा, बन्द, चक्काजामको राजनीति गर्न हैन

 

अहिंसाको पाठ पढाउन गाउँ बस्ती धाउँ कि त ?

 

 

छुवा छुत र दाईजो प्रथा अब अन्त्य हुनै पर्छ

 

गरीबले हक चलाऊने संबिधान बनाउँ कि त ?

 

 

धेरै अत्याचार गरी सके शोषकहरुले हामी माथि

 

स्वरमा स्वर मिलाएर अब तिनलाई ढलाउँ कि त ?

 

 

धेरै बगे रगतका खोला हाम्रो देश नेपालमा

 

सुन्दर, स्वच्छ, हिंसा मुक्त नयाँ नेपाल बनाउँ कि त ?

 

 

अझै पनि तानाशाहीहरुको अन्त्य भएकै छैन

 

तिनको जरा उखाल्नलाई आफ्नै देशमा जाउँ कि त ?

 

टिकापुर 7 कैलाली

हाल- शान्ति शस्कृतिक नेपाली समाज वापी भारत

मोबाईल ९९०४०१५७२२ – ९७२५९४२२४२

ईमेल- [email protected]

 

(फोटो संयोजनकालागि बेल्जियमका मित्र एस बी छन्त्यालजीलाई धेरै धेरै धन्याबाद,नेपालप्लस)

तपाइँको प्रतिक्रिया