चार वर्षदेखि नदिएको पिडितको रकम नेपालप्लसको लेखपछि एन आर एन ए फ्रान्सलाई दिएको घोषणा
काममा लगाउनेले काम गरेबापतको पारिश्रमिक लगभग चार वर्षसम्म दिएनन् । घर बनाउने काममा मजदूरी गरेका ब्यक्तिले आफूले पाउनुपर्ने रकम अस्पतालको बिस्ताराबाटपनि याचना गरे । तरपनि पाएनन् । सामाजिक सन्जालमा यसका बारेमा टिकाटिप्पणी भयो । तैपनि रकम हस्तान्तरण भएन । अस्पत्तालमै उनको म्रित्यु भयो । तैपनि चार वर्षसम्म त्यो रकम पिडितका आफन्तले पाएनन् । तर नेपालप्लसमा यसका बारेमा सप्रमाण र दह्रो लेख प्रकाशित भएपछि म्रितकले पाउनुपर्ने रकम आफ्नो खातामा हस्तान्तरण गरिएको भन्दै एन आर एन ए फ्रान्सले सार्वजनिक गरेको छ ।
प्रदिप राना मगरले भवन निर्माणमा काम गरेको पारिश्रमिक लिनु थियो, डेण्डुप फिन्जो पिटलरसित । काम गर्दा गर्दै रानामगर विरामी परे । अस्पताल भर्ना भए । अस्पततालमा भेट्न जानेसितै याचना गरे, ‘मैले काम गरेको पैसा दिए हुने, उठाइदिए हुन्थ्यो ।’ तरपनि डेन्डुपले दिएनन् । उपचारकै क्रममा रानामगरको म्रित्यु भयो । उनका परिवारलाई रकम उठाएर आर्थिक सहयोग गरे नेपालीले । तैपनि उनले काम गरेको रकम पाएनन् । तर सामाजिक सन्जालमा यसका बारेमा निकै टिप्पणी भए । त्यति हुँदापनि त्यो रकम दिनुपर्ने दिएन ।
तर कोरोना भाईरसको संकटले राहत बितरण गर्ने अभियान चलेपछि तिनै डुण्डुप ठूलो समाजसेवीझैं देखा पर्दै निस्किए । मोहोरा एन आर एन ए फ्रान्सलाई बनाउन खोजे । प्रदिप राना मगरले पाउनुपर्ने श्रमको मूल्य लगभग एक हजार पाँच सय युरोको राहत किनिदिए । राहत एन आर एन ए फ्रान्सबाट बाँडिदिने तयारि भयो । पन्ध सयको रात बाँड्न पाएपछि एन आर एन ए फ्रान्सलेपनि ठूलो समाजसेवीका रुपमा प्रस्तुत गर्ने भो । आफैंले दिनुपर्ने रकम राहतका नाममा दिएपछि डुण्डुपपनि ठूलो समाजसेवी देखिने भए । एन आर एन फ्रान्सलेपनि ठूलो विश्वास जितेझैं राहत बाँड्ने कुरा सामाजिक सन्जालमा राख्यो । तर यसका बिरुद्द केहिले मुख खोले । केहिले भने ‘पहिले श्रम गरेको पैसा दिनुपर्छ, एन् आर एन एलेपनि श्रमको पैसा उठाउन लाग्नुपर्छ । काम गरेको पैसो नदिने, राहत बाँडेर समाजसेवी देखिने र समाजमा चोखिने र चोख्याउने गर्नु गलत हो । श्रमको मूल्य नदिनेले राहत बाँडेर समाजसेवी बन्न खोजेको कुकर्मको बिरोध गर्नुपर्छ ।’
तर डुण्डुप फिन्चोबाट पाँच सय युरो दान पाएको एन आर एन ए फ्रान्सको नेत्रित्वले श्रमको पैसा उठाउनुपर्छ भनेर उठेको आवाजको शुरुमा बिरोध गर्यो । तप्त भण्डारीले यसको जमेर बिरोध गरे । उनले नेपालप्लसमा आफूसित प्रमाणहरु रहेको दाबि सहित लेखनै लेखे । बिरोध यति चर्कियो कि त्यो धान्न सक्ने देखिएन । यो लेख निस्किएपछि डुण्डुपले प्रदिप रारना मगरले पाउनुपर्ने एक हजार पाँच सय युरो अन्तत एन आर एन ए फ्रान्सको खातामा पठाएको तथ्य एन आर एन फ्रान्सलेनै सार्वजनिक गरेको छ ।
स्वर्गिय प्रदिप राना मगरको नाममा आएको रकम के कसरि कसलाई उपलब्ध गराउने हो त्यसबारे छलफल गर्न भन्दै एन आर न ए फ्रान्सले पेरिसस्थित अन्य संस्थाका अध्यक्ष र प्रतिनिधीहरुलाई यहि आइतवार छलफलका लागि सूचना सार्वजनिक गरेको छ ।




