तिमीमा हराएँ

-विश्वराज न्यौपाने

 

सपना वा बिपना खै के मा हराएँ, 

 

मायालु ति तिम्रा गुनगुन मा हराएँ,

 

 

न्यानो त्यो स्पर्श काखको शिरानी, 

 

माया पोखिएको बिस्कुन मा हराएँ,

 

 

तिम्रै लागी कोरिएका प्रेम का गीत

 

संगीत को मधुर धुन मा हराएँ,

 

 

झिस्मिसे साँझ त्यो धिप्धिपे दियालो,

 

तिमी संगै रूझेको मनसुन मा हराएँ,

 

 

तिम्रै यादमा सुदुरको जीवन, 

 

तिमी जस्तै कोमल जुन मा हराएँ,

 

प्रती-बिम्ब हेर्दै जुन मा हराएँ ।।।

 

 

हेटौंडा-०३,देवीपथ

 

हाल-दमाम (साउदी आरेबिया)

 

[email protected]

तपाइँको प्रतिक्रिया