झिक्यो कांग्रेसले सरकार ढाल्ने किचलो
नेपाली कांग्रेसले न आफुले कहिल्यै गतिलोसित सरकार चलाउन सक्छ । नत अरुलाई नै चलाउन दिन्छ । आफ्नै सरकार ढालेर मध्यावधि निर्वाचनमा देशलाई धकेल्ने कमपनि कांग्रेसलेनै गर्छ । संबिधान सभाको निर्वाचनमा आफु भन्दा अरु दल ठुलो हुँदापनि सरकारमा टाँस्सिएको टाँस्सियै गरेर अरुलाई सरकार बनाउन दिँदैन । सरकार अरुले बनाउनासाथ गतिलोसित चलाउनपनि दिँदैन । अनेक बखेडा झिक्दै सधैं बन्दको बन्द । सधै संसद अवरुद्द । त्यपनि जनतको सुख सुबिधा र गास बासका लागि हो र ? झिना मसिना कुरामा बबाल निकालेर । सामान्तहरुको जमिन फिर्ता दिएन भनेर । अहिले एमालेलाई उचालेर सरकारमा पुर्याएको नेपाली कांग्रेसले फेरि खिचलो झिकेको छ सरकार बाट फिर्ता आउनुपर्छ भन्दै ।
खिचडी सरकारको मन्त्रीमण्डल बिस्तार भएकै चार पटक पुग्यो । तरपनि अझै मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार बनेपछि कम्तिमा ९० दिन उसले गरेका काम हेरेर समर्थन वा बिरोध गर्ने चलन छ । तर नेपाली कांग्रेसलाई एक महिनामै पोल्न थालेछ । कहाँ बाट ९० दिन कुर्न सक्नु । अहिलेनै लौ सरकारबाट हट्नुपर्छ भन्न थालेका छन् । एमाले सरकार सहमती अनुसार चलेन रे । उसले एक्लै मनोमानी गर्यो रे । कांग्रेसका कुरा सुनेन रे ।अनि कांग्रेसलाई सोधेन रे । गतिला मन्त्रालय आफैंले राख्यो रे । सरकारमा गएका कांग्रेसका सहभागिलेपनि केहि गर्न नसक्ने अवस्था बनायो रे एमालेले ।
नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकबाटै एमालेले आफु खुशि सरकार हाँकेकाले त्यस्तो सरकारमा बस्नुको औचित्य नभएको बताएका हुन् । नेपाली कांग्रेसमा नरहरी आचार्यको हत्त पत्त कम्युनिष्टहरुले पनि आलोचना गरिहाल्दैनन् । म पनि नरहरीको अति प्रशंसक हुँ । तर एक महिनापनि सरकार चलाउन नपाउँदै यो सरकारमा बस्नुको औचित्य छैन भन्नेमा उनै नरहरी आचार्यपनि रहेछन् । कम्तिमा ९० दिनपनि नहेर्दै र त्योपनि मन्त्री परिषद पूर्णरुपमा बिस्तार नहुँदै । कांग्रेस केन्द्रिय समितिको बैठकमा सरकारबाट हट्नुपर्छ भन्नेमा महेश आचार्य, चक्रप्रसाद बस्तोला र खुमबहादुर खड्कालगायतका नेता रहेछन् ।
अरुको हाम्लत त बुझियो नै, आफु र आफ्ना निकटकालाई मन्त्री पद नपाएर हो । तर पदको पटक्कै लोभ नमान्ने नरहरीलेपनि तिनैको स्वरमा किन तल मिलाए बुझ्न सकिएन । कम्तिमा यो घटनाले के संकेत गर्यो भने अब सरकार ढाल्ने खेल भित्र भित्रै हुन थालेको छ । सरकारलाई असहयोग गर्ने क्रम शुरु भएको छ । दलहरु सरकारमा को जाने भन्नेमै हारालुछ गर्नाले संबिधान बनाउने कामलाई असर गर्ने छ ।




