फ्रान्सेलीका हातबाट नेपाली शब्दकोश: खुशि बनौं कि बेखुशिपनि ?
कहिलेकाहिँ गलत ठाउँमा फोन गर्दापनि फाईदा हुने रहेछ । गतसाल त्यस्तै भयो । एक जना मानवशास्त्रीको खोजिमा रहेको मलाई एक जना फ्रान्सेलीले यो हो भन्दै फोन दिए। त्यसमा नंबर घुमाउँदा त पेरिसको दोफिन विश्वविद्दालयमा परेछ । फोन एक जना कोकिल स्वरकि नारीले उठाईन । गफ गरें । नेपाली हुँ भन्नासाथ उनले बडो चाखका साथ गफ गरिन् । सोधिन किन खोजेको त्यो मान्छे भन्दै । पुस्तक लेख्दैछु फ्रान्सेलीबारे भनें । ए ए त्यसो भए त जिवनभरि नेपाली भाषामा काम गरेकि एक ब्रिद्दा छन् यो विश्व बिद्दालयमा भनिन् । ओहो ल गजब भयो । कसरि सम्पर्क गर्ने होला ? उनले फोन र ईमेल दि ईन । उनी रहिछन् मारी क्रिष्चिन काबो । दोफिन बिश्व बिद्दालयकि नेपाली भाषा शाखा निर्देशिका । ईमेल पठाएको तुरुन्तै जवाफ लेखिन् । आफुले भेट्न चाहेको कारण खुलाएँ । फेरि फोनमा कुरा भयो । भेटघाट मिलाईयो विश्वबिद्दालयमा उनैको कक्षमा । गत सालनै थाह थियो मलाई कि उनले नेपाली भाषाको शब्दकोष लेख्दैछिन् । प्रकाशित हुने बेला भएको छ । एक वर्ष बिते । एकाध पटक ईमेल आदानप्रदान भए हाम्रोबिचमा । अल्लि अस्ति अलि लामै समयपछि एक्कासि फोन गरिन् ‘लौ मेरो शब्दकोश बिमोचनको निमन्त्रणा‘ भन्दै । वाह, फ्रान्सेलीको हातबाट नेपाली भाषाको शब्दकोष !
गत मंगलबार सार्वजनिक भयो उनको नेपाली भाषाको फ्रान्सेलीमा शब्दकोष । उनले ईनाल्को विश्वबिद्दालयको एक कक्षमा आयोजना गरेकि रहिछिन् । जाँदाजाँदै आफ्नो पारा पनि यसपटक सुद्द नेपाली पाराको भैदियो । ढिलो पुगेछु म ४० मेनिटनै । भित्र पस्नासाथ बोल्दै गरेकि काबोले देखिन् र अगाडि आएर बस्न आग्रह गरिन् ।
उनले शब्दकोश लेखनका अनुभव सुनाउँदै रहिछिन् । मेरोपनि अलिकति प्रचार गरिदि इन उनले ‘सापकोटाले नेपालमा चासो राख्ने फ्रान्सेलीबारे पुस्तक लेखिरहेका छन्‘ भन्दै । उनले अनुभव झण्डै अन्त्य हुन लागेको रहेछ । मैले खासै सुन्न पा ईन । अन्तिमको चाख लाग्दो कुरा उनले के भनिन् भने नेपाली भाषामा अति धेरै आगन्तुक शब्द छन् । अनेक भाषामा आएका छन् । ति थापा पाउन निक्कै मुस्किल छ । अनि नेपालीहरुले एकदम धेरै शब्द प्रयोग गरेर बोल्छन् । अर्थात नेपालीहरुको दैनिक जिवनको बोलिचालीको शब्द भण्डार फ्रान्सेलीको भन्दा बढि छ । नेपालीले फ्रान्सेलीले सामान्य बोलचाल गर्दा भन्दा बढि शब्द प्रयोग गर्छन् । गत साल उनीसित मैले अन्तर्वार्ता लिँदानै उनले शब्दकोष लेखनका क्रममा पाएका दुख र अनुभवको फेहरिस्त सुनिसकेको थिएँ । हामीले झण्डै पाँच घण्टा छलफल गरेकालेपनि मलाई त्यहाँ अलि ढिलै पुगेपनि उति थक्कथक्क लागेन ।
एक से एक रहेछन् बिमोचनमा आउनेहरु । प्राध्यापक, अनुसन्धानकर्मी, केहि अन्य भाषाका शब्दकोश लेखेका । कोहि चिनतिर अनुसन्धान गरेका । कोहि अन्य विश्वबिद्दालयमा नेपाली पढाउने । कोहि नेपालकै बारेमा पुस्तक लेखेका । कोहि लेख्दै गरेका । आआफ्नो अनुभव सुनाउँदै थिए । कोहि नेपालमा ३० वर्ष बसेका नेपाली खरर बोल्ने । एक जना महिला भेटिईन जो मलाई च्यांग्राको सुकुटी र काठमाडौंको स्थानिय चिउरा खान नपाएर आत्तिएँ भन्दै थिईन ।
तर मलाई नरमाईलो लागेको कुरा । नेपाली बहषाको शब्द कोष बिमोचन भैरहेको छ । त्यहाँ उपस्थित नेपाली चाहिँ जम्मा तिन जना । ति तिन जनामध्येपनि एक जना त त्यहि विश्वबिद्दालयमा पढाउने । यसबाट थाह भयो हामी नेपालीहरु बौद्दिक काम, अध्ययन, खोज र अनुसन्धान अनि त्यस्ता प्राज्ञिक काममा कत्तिको चासो राख्छौं, ध्यान दिन्छौं भनेर । के नेपाली भाषाको शब्दकोष लेख्न सक्ने भाषा भएका नेपाली छैनन् ? अवश्यै छन् । नेपाली भेला र भेटघाटमा सब कवी, सबै बौद्दिक, सबै शिक्षित, सबै एक से एक जानेका निस्कन्छन् । २५ सौं वर्षदेखि यहाँ बस्ने छन् । प्राज्ञिक काममै आएर यतै अस्ताएका पनि छन् । तर अहँ नेपालीबाट त्यस्तो काम हुँदैन । हाम्रो भाषापनि बिदेशीले लेखिदिनुपर्छ ।
कति जाती हुँदो हो है नेपालका लागि काम लाग्ने बिभिन्न क्षेत्रका यस्तै काम अलग अलग नेपालीले गर्न पाए ? मेरो त असाध्यै मन नै भ्रंग भयो । एउटा बिदेशीले नेपाली भाषाको शब्दकोष लेखिन त्यसमा असाध्यै रमाईलो लाग्ने नै भयो । आखिर हाम्रै भाषाको बिकास गर्ने त हो त्यसले । तर त्यस्ता पुस्तक, अध्ययन र अनुसन्धान बिदेशीलेमात्रै गरेको, नेपालीलाई खासै चासो नै नलागेको देख्दा साँच्चै नरमाईलो लाग्ने रहेछ । हुन त बौद्दिक काम गर्ने नेपाली औंलैमा गन्न सकिनेनै किन नहोस, नभएकै भने होइन नै ।
१९६६ मा पेरिसको एउटा गल्लीमा बरालिँदै गर्दा ‘यहाँ नेपाली भाषा पढाइन्छ‘ भन्ने साईनबोर्ड देखेर भित्र छिरेकि उनी त्यसपपछि नेपाली भाषाबाट कहिल्यै बाहिर निस्किईनन् । नेपाली भाषा पढिन् । त्यहिँ पढाईन । नेपाली भाषाका उखान र टुक्का अनि पौराणिक कथाका पुस्तक लेखिन् । त्यसैको निरन्तरता मात्रै हो यो शब्दकोष त । उनको शब्दकोषमा १५ हजार शब्द रहेछन् । फ्रान्सको प्रसिद्द प्रकाशन संस्था हेर्माथँ भन्नेले प्रकाशित गरेको हो । र यो केहि दिन भित्रै बजारमा आ उँदै छ ।
नेपाली भाषा एकदम जटिल छ भन्छिन् उनी । गईएला, गईने, गैसक्नु, गइदिनु, गइएको जस्ता शब्दका भिन्नता के हो भनेर आफैंले जान्नुपर्थ्यो । यो सबै कहिले सिक्ने ? उनलाई कहिल्यै आउने छैन जस्तो लाग्ने रहेछ । जस्तै म पाउँछु । म पाउँदैछु । मैले पाइरहेको छु । तर मैले पाएँ, म पाउँथें, म पाउने छु । किन यस्तो हुन्छ ? अझ एक जना नेपालीले त उनलाई के सुनाएछन् भने- ‘मैले पाउँला पनि भन्न सकिन्छ । त्यो सबै बुझ्न उनलाई असाध्यै कठिन भएछ । किनभने त्यो फ्रान्सेली भाषाको तरिकासँग पटक्कै मेल नखाने भएकोले । अनि र, अँ र न, द र ध, ट र ठ, ञ र ङ, ड र ढ, ण आदिको उच्चारण ठीक ढंगले गर्न असाध्यै गाह्रो भएछ ।




