को बन्ला त युरोपको पहिलो ‘होम स्टार ?’

कोरोना भाईरसले सम्पूर्ण युरोप लकडाउन भएका बेला फ्रान्सबाट युरोप होम स्टार छान्ने प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धाकालागि आफैंले तयार पारेको एकल नृत्य, क्यारिकेचर, संगित, गायन, अभिनय, चित्रकला, कविता, कार्टून कुनैपनि बिधाको साँढे तिन मिनेटसम्मको भिडियो बनाएर आयोजक आभास आचार्य प्रोडक्सनलाई पठाउनुपर्ने नियम बनाइएको थियो । प्राप्त भिडियोहरुलाई फेसबुकमा राखिएको छ ।

फेसबूकमा दर्शकहरुले दिएको लाईक र शेयरका आधारमा युरोप होम स्टार छानिने आयोजक आभास आचार्य प्रोडक्शनका संस्थापक निर्देशक आभास आचार्यले बताए । यो कार्यक्रमको सह आयोजक पेरिस नेपाल डटक रहेको छ ।

एक हप्तासम्म अनलाईनमा राखिएका प्रत्येक भिडियो दर्शकले हेरेको एक नंबर र लाईकको दुई नंबर दिईने छ । सहभागिले ईन्टरनेटमार्फत दर्शकहरुसित आफ्नो भिडियो हेर्न र लाईककालागि दर्शकहरु समक्ष अपिल गरिरहेका छन् ।

भिडियो पठाउने म्याद सोमबार पेरिसको समय अनुसार मध्यरातबाट सकिएको छ । तर सोमबार मध्यरातसम्म प्राप्त भिडियोहरु दर्शकहरुले लाईक र कमेन्ट गर्न पाउने म्याद अझै एक साता बाँकि छ ।

सबैभन्दा धेरै हेरिएका र लाइक पाएका भिडियोहरु मध्ये उत्क्रिष्ठ पाँच प्रतियोगीले दोस्रो एकल प्रस्तुतिको भिडियो पठाउनुपर्ने नियम राखिएको थियो । त्यस मध्ये दर्शले धेरै हेरेका र सर्वाधिक लाइक पाउनेले होम स्टारको उपाधि जित्ने छ । त्यस्तो बिजेता जुनसुकै बिधाको भएपनि पुरस्क्रित गरि आभास आचार्य प्रोडक्सनको म्युजिक भिडियोकालागि पारिश्रमिकसहित अनुबन्धनपत्र दिईने आचार्यले  बताए ।

हालसम्म बेल्जियम, फिनल्याण्ड, जर्मनी, डेनमार्क, रोमानिया, स्कटल्याण्ड, बेल्जियम, फ्रान्स लगायत युरोपका धेरै देशबाट यो प्रतिस्पर्धामा भाग लिएका छन् । यसमा करिब २५ भिडियोहरु आउने आशा गरिएको तर अप्रत्याशित रुपमा ६० भन्दा बढि भिडियो आएको आचार्यले जानकारि दिए । उनका अनुसार सहभागिहरुमा दुई वर्षकी वालिकालेपनि भाग लिएकि छन् ।

बेल्जियमकि दुई वर्षिया स्वच्छ महर्जन कार्कीले नेपाली राष्ट्रिय गान, कुखुरि काँ बासिभात खाँ, म्याउम्याउ बिरालो यतातिर आउ, ताराबाजी लै लै गित गाएको भिडियो पठाएर धेरैलाई छक्क पारेकि छन् ।

हालसम्म होम स्टारकालागि प्रतिस्पर्धीहरुको भिडियो हेर्नेको संख्या एक लाख नाघिसकेको छ ।

आभास आचार्य प्रोडक्सनले यस अघि पेरिसमा बनाएका द काउ सङ म्युजिक भिडियोको दर्शक संख्या ७० लाख नाघिसकेको छ भने पेरिस गर्ल म्युजिक भिडियो २८ लाख भन्दा बढि दर्शकले हेरिसकेका छन् ।

तपाइँको प्रतिक्रिया