बिदेशी नागरिकता लिएका नेपालीलाई भोट हाल्न नदिने कांग्रेस अध्यक्ष देउवाको भनाई
नेपाली कांग्रेसको प्रवाश कमिटि नेपाली जनसंपर्क समितिको सोमबार बसेको अनलाईन बैठकमा कांग्रेस सभापती शेर बहादुर देउवाले बिदेशी नागरिकता लिएका नेपालीलाई कांग्रेस महाधिवेशनमा मतदान गर्न नदिने बताएका छन् । यो बैठकमा ३० देशका १५० कांग्रेस कार्यकर्ताको सहभागिता थियो । यो बैठक केहि साता अघि पौडेल पक्षले राखेको बैठकलाई टक्कर दिन राखिएकोले रामचन्द्र पौडेलपक्ष बैठकमा उपस्थित रहेपनि मौन रहे । तर यो बैठकमा एन आर एन ए का केहि अभियन्ता र पत्रकारसमेत उपस्थित थिए ।
आइतबार भिडियो कन्फरेन्समार्फत नेपाली कांग्रेसका जनसम्पर्क समितिका वर्तमान तथा पूर्व सभापतिहरुसँग कोरोना भाइरसको संकट, देशको अहिलेको अवस्था र नेपाली कांग्रेसको आगामी रणनीति बारेमा नेपाली कांग्रेसले छलफल गरेको हो ।
पार्टी सभापति शेर बहादुर देउवाले भिडियो (जुम) कन्फरेन्समा बोल्दै कांग्रेस पार्टी बाहिर भएका नेपालीहरुलाई अप्ठ्यारोमा भए नेपाल सरकारले सहयोग गर्नुपर्ने र आवस्यक परे स्वदेश फिर्ता ल्याउन सरकारसँग पहल गर्नुपर्ने बताएका थिए ।
गैर आवासीय नेपाली संघको तर्फबाट कोषाध्यक्ष महेश श्रेष्ठ, एनआरएनका पूर्व उपाध्यक्ष कुल आचार्य, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष केशब पौडेल, एनआरएनए केन्द्रिय सल्लाहकार बिश्व आदर्श पन्डित लगायतले आआफ्नो धारणा राखे ।
अनलाईन बैठकमा शेर बहादुर देउवाले पार्टीको आशन्न महाधिवेशनतर्क औंल्याउँदै बिदेशी नागरिकता लिएका पार्टीका सदस्यहरुलाई महाधिवेशनमा मतदान गर्न नदिने तर सहभागि हुन दिने बताएका हुन् । उनले भने “बिदेशी नागरिकता लिएकाहरुलाई मतदान गर्न दिँदा भविष्यमा त्यस्ता नेपालीको संख्या धेरै बढ्यो भने समस्या पर्न सक्छ । त्यसैले मतदान गर्न दिन गाह्रो छ । महाधिबेशनमा सहभागि हुन दिने र मतदान गर्नकोलागि चाहिँ हामी आन्तरिक छलफलमा छौं ।” नेपाली कांग्रेसको बिधानमा महाधिवेशनमा मतदान गर्न नेपाली नागरिक हुनुपर्ने भन्ने स्पष्ठ उल्लेख गरिएको हुनालेपनि देउवाले यसरि मतदान गर्न दिन नहुने तर्क गरेका हुन् ।
तर बैठकमा उपस्थित नेपाली जनसंपर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले भने पार्टी अध्यक्ष देउवाले भोट हाल्न नदिने भनेर स्पष्ठ नभनेको बरु देशको दूरगामी प्रभावलाई मूल्यांकन गरेर के उपयुक्त हुन सक्छ त्यसकालागि पार्टीमा आन्तरिक छलफल भैरहेको उल्लेख गएको नेपालप्लससितको सम्पर्कमा बताए ।
नेपालको संविधानमा गैह्र आवाशिय नेपालीहरुलाई दोहोरो नागरिकता दिने भन्ने उल्लेख गरिएको छैन । बरु प्रवाशी नेपालीहरुलाई एन आर एन कार्डको ब्यवस्था छ । तिनले नेपालको राजनितिक निर्वाचनमा मतदान गर्न नपाउने र राज्यबाट निर्वाचित वा मनोनित लाभ लिन नपाउने उल्लेख छ । । गैह्र आवाशिय नेपालीहरुले यसलाई लामो समयदेखि मुद्दा बनाउँदै आएकापनि छन् । नेपालका लगभग सबैजसो पार्टीहरुलेपनि गैह्र आवाशिय नेपालीका मुद्दालाई सन्वोधन गर्ने पटक पटक आस्वाशन दिँदै आएका छन् ।
कोको थिए बैठकमा सहभागि ?
नेपाली जनसम्पर्क समिती अमेरिकाका सभापति एवं केन्द्रिय आमन्त्रित सदस्य आनन्द बिष्ट, जनसंपर्क समिती भारतका सभापति एवं आमन्त्रित केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, जनसंपर्क समन्वय समिति यूरोपका अध्यक्ष दिल बहादुर गुरुङ, जनसंपर्क समन्वय समिति युरोपका बरिस्ठ उपाध्यक्ष पुर्ण हमाल, जनसंपर्क समिती बेलायतका सभापति युबराज गुरुंग, मध्यपुर्ब बाट जनसंपर्क समिति कतारका पुर्ब सभापति बिमल सुबेदी, जनसंपर्क समिति जापानका पुर्ब सभापति नारायण सुवेदी, जनसंपर्क समिति साइप्रसका सभापति सीता अर्याल, जनसंपर्क समिती अष्टेलियाका सभापति कृष्ण गिरी, जनसंपर्क समिति जर्मनीका सभापति शिखर खड्का, जनसंपर्क समिती बहराइनका सभापति पदमसुन्दर गुरुंग, जनसंपर्क समिती पोर्चुगलका सभापति बिनोद घिमिरे, जनसंपर्क समिती नर्वेका सभापति जितेन्द्र शाही, जनसंपर्क समिति स्पेनका सभापति इन्द्र शर्मा, एनआरएन ए युरोप संयोजक नारायण आचार्य, जनसंपर्क समिति यूएईका सभापति भवानी प्रसाद तिमिल्सिना, नेपाली कांग्रेस महासमिति सदस्य बेलायतबाट बिज्ञान प्रसाई, जनसंपर्क समिती न्यूजिल्यान्डका सभापति बुद्दी सागर घिमिरे, संपर्क समिती कोरियाका सभापति आस्था बिन्दू मल्ल थिए ।
त्यस्तै, जनसंपर्क समिती इजरायलका सभापति खगेस्वर अधिकारी, जनसंपर्क समिति क्यानाडाका सभापति बुद्दी प्रकाश ओली, जनसंपर्क समिती बेल्जियमका सह संयोजक सुभास गुरुङ, जनसंपर्क समिति फ्रान्सका सभापति सुधिर राना, जनसंपर्क समिति जापानका बर्तमान सभापति रोशन के सी, पूर्ब सभापति बलराम श्रेष्ठ, जनसंपर्क समिती बेल्जियमका पुर्ब सभापति सुभास जोशी, पुर्ब महाधिबेशन प्रतिनीधि उल्का घिमिरे, अधिबेशन तयारी समिति सम्योजक सीता सापकोटा, अमेरिकाबाट महासमिति सदस्य तथा प्रतिनीधि बिष्णु सुबेदी, बेद प्रसाद खरेल, हरिबोल भन्डारी, प्रमोद सिटौला, हेमराज भट्ट, खगेन्द्र जी सी, गौतम दाहाल, सी पि पौडेल, एनआरएनए केन्द्रिय महिला उपाध्यक्ष रबिना के सी, एनआरएनए अध्यक्ष सुनिल शाह, जनसंपर्क समिती डेनमार्कका सभापति बिरेन्द्र सिङ कार्की, जनसंपर्क समिती मकाऊका सभापति लेख बहादुर गुरुङ, पूर्व सभापति सुदर्शन थापा, जनसंपर्क समिती स्विडेनका सभापति नबिन थपलिया, जनसंपर्क समिती एबं एनआरएनए पुर्ब अध्यक्ष स्पेन चिन्तामणी सापकोटा, जनसंपर्क समिति कुबेतका सभापति राजेन्द्र बिरही, जनसंपर्क समिति पोल्याण्डका सभापति एलिनी सुबेदी, एनआरएनए जनसंपर्क समिती फ्रान्सका पूर्व सभापति निर्मल अर्याल, एनआरएनए अफ्रीकाका महिला नेत्री तथा एनआरएनए अभियान्ता मन थापा, जनसंपर्क समिती इटालीका कार्यबाहक सभापति राजन चापागाईं, जनसंपर्क समिती इटालीका संस्थापक सम्योजक रामजीबि पन्त, जनसंपर्क समिती एबं एनआरएनए जर्मनीका निबर्तमान अध्यक्ष बिजय मोक्तान, पुर्ब अध्यक्ष शरण केसी, अस्ट्रलिया जनसंपर्क समिति सस्थापक सदस्य दिनेश जोसी, जनसंपर्क समिती पोर्तुगलका पुर्व सभापति लक्ष्मी प्रसाद सापकोटा, एनआरएनए अध्यक्ष तिलक गैरे, जनसंपर्क समिती नेदरल्याण्डबाट सभापति प्रेम जङ्ग गुरुङ, महाधीबेशन प्रतिनीधि सालिक गौतम, पुर्ब अध्यक्ष एनआरएन हरि पौडेल, नेपाल पत्रकार महा संघ युरोपका सदस्य भोला लामिछानेलगायत अन्य ब्यक्तिहरुको उपस्थिति थियो ।
जनसंपर्क समिती समन्वय बिभागको आयोजनामा गरिएको यस कन्फरेन्स बैठकमा प्राबिधीक एबं सहयोगीका रुपमा बेलायतबाट पत्रकार चिरन शर्मा, नेपालबाट पत्रकार रामजी दाहाल, स्पेनबाट एकराज गिरि, बेलायतबाट योगेन्द्र क्षेत्री, माल्टा बाट सोम सापकोटा, नेदरल्याण्डबाट शशी पौडेल, अफ्रीका बाट हिक्मत थापा, बेलायतबाट इन्द्र हाङ लिन्ग्देल लगायतले सहयोगी भुमिका निर्वाह गरेका थिए ।
नेपाली कांगेस जनसंपर्क समन्यव बिभाग प्रमुख गोबिन्द भट्टराईले स्वागत मन्तब्य राखेका थिए । जनसंपर्क समिति विभागका प्रमुख गोबिन्द भट्टराईले कार्यक्रम सन्चालन गर्ने भनिएपनि अन्तमा जनसंपर्क समिति बेल्जियमका पूर्व अध्यक्ष गंगाधर गौतमले सन्चालन गरेका थिए ।
(नेपाली जनसंपर्क अन्तर्राष्ट्रिय समन्वय विश्व समिति (विश्व सन्जाल) लेखिएको फोटो भुलबस पर्न गएकाले क्षमासहित हटाइ एको छ- नेपालप्लस डट कम)






