हल्ला नगरि हप्तैपिच्छे भोकाएकालाई राहत !

एक किलो चामल, एक लिटर तेल ५०० ग्राम दाल बाँडेको खबर आउँछ । अलिकति सहयोग गरेको, भोको पेटलाई एक छाक खान दिएकोपनि सामाजिक सन्जालमा फोटोसहित प्रचार गरिन्छ । तर ईन्दिरा रानामगर यस्ति पात्र हुन् उनले काठमाडौंका बिभिन्न ठाउँमा चुपचाप सयौंलाइ खाना बाँडिरहेकि छन् । दुखिहरुलाई बोराका बोरा चामल र अन्य खानेकुरो सहयोग दिइरहेकि छन् ।

उनले काठमाडौंका बिभिन्न ठाउँमा पुगेर राहत बाँडेकि हुन् । भोकालाई खाना बाँड्ने र घरमा खानेकुरो नहुनेलाई राहत बाँड्ने काम गरिरहेकि छन् । यो बन्दाबन्दि र एकान्तवासका बेला भोकाएका मान्सिहरुको क्षेत्र खोज्दै हिँड्ने उनको दिनचर्या जस्तै बनेको छ । मनकारिहरुले उनको यो स्वच्छ र निस्वार्थपूर्ण काम देखेर उनलाई सहयोग गरिरहेकापनि छन् ।

उनले यहि बन्दाबन्दिका बेलापनि साँखु, ठमेल, नयाँबजार, ठमेल नजिकैको गणेश मन्दिर, टुँडिखेल, विर अस्पत्ताल लैनचौर लगायत थुप्रै ठाउँमा राहत बाँडेकि छन् । उनले यसरि राहत बाँड्दा एकल महिला, घरबारबिहिन, कमाउने कोहि नभएका र एकदमै गरिव बस्ति र टोल छान्ने गरेकि छन् ।

तर यस्तो सामाजिक सेवा गर्दापनि आफ्नै देशमा सुरक्षा छैन, हाम्रो क्षेत्र असुरक्षित हुन्छ भन्दै उनको सेवामा दखल पुर्‍याउनेहरु देखेर उनले सामाजिक सन्जालमा दुख पोखेकिपनि छन् । ‘ठमेलमा खाना बाँड्न जाँदा हाम्रो क्षेत्र असुरक्षित हुन्छ भनेर हामीलाई खाना नबाँड्न भनियो । के खान नपाएकालाई हामीले बाँड्न नपाउने ? आफ्नै देशमा सुरक्षा नपाउने ? धनीकालागि मात्रै सुरक्षा ? गरिबलागि खै त सुरक्षा ?’

खासमा ईन्दिरालाई चिनाईरहनु त पर्दैन । उनले जेलमा बाउ आमा नभएका, भएरपनि जेलमा कस्टकर जिवन बिताएका वालवालिकालाई अनेक दुख र सास्ति भोगेर बाहिर ल्याउने, तिनलाई शिक्षा दिने काम गर्न लागेको झण्डै तिन दशक भयो । उनले त्यस्ता वालवालिकाकालागि स्कूल बनाएकि छन् । ति स्कूलमा पढ्ने वालवालिकाले सागसब्जि आफ्नै मेहनतमा उब्जाउँछन् । इन्दिराले स्कूलका सबै वालवालिकालाई खेतवाली लगाउन सिकाउँछिन् । आत्मनिर्भर बन्ने बाटोमा सानैदेखि तल्लिन गराउँछिन् ।

बन्दाबन्दिका बेला स्कूलहरु बन्द छन् । मानिसहरु घरभित्रै बसेका छन् । बाहिर निस्किन त्रसित छन् मानिस । तर उनी भोकाहरु कहाँ छन् खोज्दै हिँडिरहेकि छन् ।

(फोटो स्रोत- इन्दिराको फेसबूक)

तपाइँको प्रतिक्रिया