कोरोना भाईरसका कारण फ्रान्स भोकै पर्ला ?
कोरोना भाइरसको कारणले विश्वभरिकै क्रिषी क्षेत्र संकटमा पर्ने आँकलन गरिएको छ । क्रिषी क्षेत्रलाई अहिलेनै ब्यवस्थापन गर्न नसके सम्पन्न भनिएका देशमासमेत भोकमरि लाग्ने चेतावनी क्रिषीबिद, विशेषज्ञहरुले दिएका छन् । यस्तो स्थितिमा फ्रान्सको अवस्था के होला ? के फ्रान्सपनि भोकै पर्ला ?
धेरै देशका सयौं लाखौं मानिसहरु बाँच्नका लागि फ्रान्स सहित विश्वका १५ देशबाट हुने अन्न निर्यातमा निर्भर छन् । अखबारहरूमा फ्रान्सेली वितरकहरूले विभिन्न ब्रान्डको पास्ता, चाउचाउ, जैविक दुध र विभिन्न स्वादहरू उनीहरूको र्याकमा देख्न पाइन्छ कि पाइन्न भनेर प्रश्न उठाइरहेका छन् । धेरैलाई चिन्ताको विषय छ, के फ्रान्सका सात करोड जनसंख्यालाई सरकारले खानेकुरा पुर्याउन सक्ला ?
हालका दिनहरूमा, संयुक्त राष्ट्र संघ र विश्व खाध्य संगठनले खतराको घण्टि बजाईरहेका छन् । तर सुन्ने कोहि देखिएको छैन । कोरोना भाइरससँग सम्बन्धित गडबडीले विश्वको खाध्यान्न अभावले जिवनमा जोखिम निम्त्याउँदै छ । यो संकटले अत्यन्त गरिब देशहरूमा बढि प्रभाव पार्नेछ । राम्रोसँग कृषि जग्गाको उपयोग गर्न सकिएन, क्रिषी उब्जनीमा ध्यान दिएर बढाउन सकिएन भने संकट भयावह हुने निस्चित छ । विश्वमा ८२ करोड २० लाख मानिसहरू पहिले नै कुपोषणबाट ग्रस्त छन् ।
बहसलाई ध्यान दिएर हेर्ने हो भने विरोधाभासपूर्ण लाग्छ । किनभने यहाँ कृषिलाई अगाडि बढाउन वसन्त मलको प्रसारमा केन्द्रित गरिएको छ । जुन देशहरूले अन्य धेरै देशहरूमा खाध्य सुरक्षाको प्रतिनिधित्व गर्छन् तिनै देशले वसन्त मलको बितरण र प्रयोगमै सिमित राख्न खोज्छन् । किनभने यो स्पष्ठ बुझियो कि फ्रान्स भोकाउने छैन । फ्रान्सले प्रत्येक वर्ष ७० करोड अनाज संकलन गर्छ ।
फ्रान्सेली आटा मिल (एएनएमएफ) र अक्सोरल सहकारीले यसको पुष्टि गरेका छन् । फ्रान्समा गत वर्षको बाली उत्कृष्ट थियो । यस गर्मीयामकालागि पनि यथेस्ठ मात्रामा क्रिषी बिरुवा रोपिएको छ । त्यसकोलागि विरुवाहरु बढेको छ । मौसम प्रतिकूल तरिकाले परिवर्तनशील नभए उत्पादन हुने ग्यारेन्टी छ ।
फ्रान्सको क्रिषी अवस्था, तयारि र निति हेर्दा फ्रान्स भोकाउने छैन । फ्रान्सलाइ अनाज, दुग्धजन्य उत्पादन, बंगुरको मासुमा प्रशस्त पुग्ने र भण्डार गर्न सक्ने क्षमता छ । फ्रान्सको समस्या बरु प्राविधिक वस्तुको ब्यवस्थापन राम्रोसित गर्न नसक्नु हो । तर फ्रान्समा के राम्रो छ भने साना स्थानीय उत्पादकहरूको नेटवर्कमा आधारित मोडेल छ । स्थानिय उत्पादनलाई स्थानिय टोल, नगरपालिका, शहर, गाउँमै लैजाने, खपत गराउने ब्यवस्थित सन्जाल छ । यस्तो कुरामा फ्रान्सको लचिलोपन ठूलो छ । जुन धेरै देशहरूमा यस्तो संयन्त्र छैन ।
यदि श्रमशक्तिको अभावले वसन्तयामका फल र तरकारीहरू कटनी गर्न नसके खेति कुहिएर, मासिएर जान सक्छ । श्रमको अभाव भएमा फलफूल, तरकारि सागसब्जी नोक्सान र बर्बादी हुनसक्ने ठूलो जोखिम देखिन्छ ।
तर समाधानहरू छन् । सरकारले यसको बारेमा सोच्नुपर्दछ । खेति र फलफूल खेर नजाँदै भित्र्याउनकालागि खेतिको नजिक बसेका केही खास क्षेत्रबाट कामदारहरू सार्न सकिन्छ । श्रमशक्तिको माग गर्न सकिन्छ । स्कूल, क्याम्पसका विद्यार्थीहरूलाई परिचालन गर्न सकिन्छ । त्यसकालागि बाहिरबाटपनि बिध्यार्थीहरु, अन्य कामदारहरु ल्याउन सकिन्छ ।
यदि कोरोना भाईरसको बन्दाबन्दिको समय क्रिषी बितरणको समयमा लम्बियो भने भण्डार गर्न नसकेर आपत पर्न सक्छ । त्यस्तो अवस्था स्रिजना भएमा खरिद गर्नेहरुलाई समस्या हुन्छ । यस्तै बेला खाध्यान्नको संकट परेको अफवाह, हल्ला फैलिन सक्छ । यस्तो अवस्थामा समस्या समाधान गर्न सरकारकारले तत्कालै अर्को बिकल्प खोज्नुपर्ने हुन्छ ।
यस मामिलामा फ्रान्सभन्दा अन्य युरोपेली मुलुकहरुको अवस्था गम्भिर छ । बेलायतले आफ्नो मुलुकलाई चाहिने आधा भन्दा बढि सागसब्जी, तरकारि अरु देशबाट ल्याउँछ । आफूले उपभोग गर्ने मध्ये ८७ प्रतिशत फलफूल त बाहिरबाटै आउँछ । नेदरल्याण्डक्को बाली विशिष्ठिकरण गरिएको छ । उसले आफूलाई चाहिने सेरेयाल (गहुँ, अकै, जौ आदिको चिउरा, पिठो आदि) को ८० प्रतिशत अरु देशबाट ल्याउँछ । जर्मनीको अवस्थापनि उस्तै छ । उसको ब्यापार सन्तुलन (ट्रेड ब्यालेन्स) घाटामा छ ।
युरोपले खाध्य वस्तु वारपार गर्न अर्थात् सिमापारको निति कसरि लागू गराउँछ भन्नेमा भर पर्छ । किनभने सिमापारको तालिका मिलाउन, लागू गराउन नसके धेरै युरोपेली मुलुकलाई गाह्रो पर्नसक्छ । विश्वमा खाध्य सुरक्षा १५ देशमा निर्भर छ । त्यसमा फ्रान्सपनि पर्छ ।
अन्तर्राष्ट्रिय अधिकारीहरूलाई चिन्ताको विषय के हो भने जब विश्वका १५ देशहरू मात्र निर्यात गर्न पर्याप्त अन्न उत्पादन गर्ने क्षमता राख्छन् । गहुँका लागि रसिया, फ्रान्स, क्यानडा, युक्रेन, अर्जेन्टिना, कजाकिस्तान र अष्ट्रेलिया हुन् । चामलका लागि थाइल्याण्ड, भियतनाम, पाकिस्तान, भारत, कम्बोडिया । मकैको लागि ब्राजील र अर्जेन्टिना । केवल संयुक्त राज्य अमेरिकाले मात्रै ती सबै खाध्य चिज निर्यात गर्दछ । यी देशहरूका लागि निर्यात गर्न रोक्नु राजनीतिक तवरले गाह्रो हुन सक्छ । तर उनीहरूका धेरै ग्राहकहरू तेलको कटौतीमा निर्भर छन् । अरूहरूले कोरोना भाइरसबाट आर्थिक कष्ट भोग्ने छन् । यदि अन्न बन्दरगाहमा आइपुगेनन् भने के होला ? यदि तिनीहरूलाई प्रशोधन गर्न सकिएन वा शहरहरूमा सारियो भने के हुन्छ ? र के हुन्छ यदि केहि देशहरूले अब ति खाध्यान्न किन्न सकेनन् भने ?




