अन्तर्राष्ट्रिय मजदूर दिवश र कोरोनाले क्रान्तिकारि सत्ताकालागि निर्माण गरेको अवशर
-प्रेम पाठक / बेल्जियम
उन्नाइसौं शताब्दिको पूर्वाधमा सूर्योदयदेखि सूर्यास्तसम्म काम गर्नेलाई कामदार भनिन्थ्यो । २४ घन्टामा २० घन्टासम्म काम गरेर आफ्नो जिवन भन्न नपाउनेलाई दास भनिन्थ्यो । सन् १८३७ मा दास सरहको जिवनबाट मुक्तीको माग गर्दै १० घन्टा मात्रै काम गर्न पाउनु पर्ने माग राखेर मजदुरहरु आन्दोलनमा उत्रिए । सन् १८४८ मा कम्युनिस्ट मुखपत्रको प्रकाशनपछि सन् १८५६ मा आठ घन्टा काम, आठ घन्टा मनोरन्जन, आठ घन्टा विश्रामको माग गरे । १८६८ मा अमेरीकाले संसदबाट ८ घन्टे श्रमिक नीती पारीत भयो । सन् १८७२ को प्रथम ईन्टरनेसनल सभा पछि यसको मुख्यालय अमेरीकाबाट संयुक्त राज्य बेलायत सर्यो ।
सन् १८८६, १ मेका दिन शिकागोको हेए मार्केटबाट हडतालको आव्हानसँगै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने क्रम शुरु भयो । सन् १८८९ मा दोश्रो ईन्टरनेसनलको पहिलो सभाले शिकागोको बलिदानी घटनालाई सम्मान स्वरुप सन् १८९० मा जनप्रदर्शन गर्ने निर्णय गर्यो । १८९१ मा सम्पन्न ईन्टरनेसनलको दोश्रो सभादेखि औपचारीक रुपमा मे दिवश मनाउने निर्णय गरियो । नेपालमा भने १९६३ देखि मात्र मनाउने चलन शुरु भएको हो ।
मजदुर आन्दोलनको महत्व र गरिमालाई यो ठाउँसम्म आईपु्ग्दा थुप्रै बलिदानीपूर्ण ईतीहाँस रचिएका छन् । साथै यसमा मूल उर्जादिने मार्क्स, एंगेल्स, लेनिन ,स्टालिन, रोजा देखि ८ मार्चमा मानैइने महिला दिवस लगायतको अतुलनीय भूमिका रहेको छ ।
पूँजीवादले यस मजदूर आन्दोलनबारे पूँजी सम्पत्तीले पूँजीको लगानीबापत नाफा र श्रमिकले श्रमबापत ज्याल पाउनुपर्ने मान्यता राख्छ । भलै मे दिवशको नाममा नारा जुलुस गरेपनि त्यो भन्दा अग्रगामी भूमिका निर्वाह गरेको पाँईदैन ।
उता कार्लमार्क्सले जसरी पूँजीपतीले पूजी लगाएबापत नाफा पाउँछ उसैगरी श्रमिकले श्रम लगाएबापत केवल ज्याला होईन नाफासहितको उध्योगमा स्वामित्व पाउनु पर्दछ भन्ने माग गरेका छन् । यसको निरन्तरता समाजवादपक्षिय बिचारधाराले अगुवाइ गरिरहेको छ । आजका दिनमा उहि तलवमानमा ३८ घन्टाबाट घटाई ३० घन्टा कामगरी ज्याला मात्र नभै संबन्धित उध्योगमा लाभांससहितको साझेदारि पाउनुपर्ने माग रहेको पाइन्छ ।
प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्दबाट बिक्षिप्त विश्व मानव समाज सानातिना समस्या र उल्झनमा अल्झियो । फेरि तेश्रो विश्वयुद्दको आशंका गरेपनि त्यस्तो संभावना तत्काललाई देखिएको थिएन । अपितु अकल्पित तेश्रो विश्व युद्दको संज्ञा दिईएको कोरोना भाईरस (कोभीडव्१९)को संक्रमणले पार्ने असर र प्रभावलाईपनि कम आँकलन गर्न हुँदैन ।
कोरोनाको उद्गम मानिएको चीनले यसबाट उन्मुक्ति मात्र होईन आफूलाई त्यसको मालिक समान ठानेर समाधान सहितको उद्दार प्याकेज ल्यायो । त्यसबाहेक विविध स्वास्थ्य उपकरण आविष्कार, उत्पादन तथा आर्थिक संकलनमा केन्द्रित हुँदै गएको छ । उता आफूलाई विश्वको शक्तिसंपन्न भन्ने अमेरीका, युरोपेली मुलुकले अनपेक्षित ठूलो धनजनको क्षति ब्यहोर्नु परेको छ । शुरुका दिनमा चाईनीज भाईरस नाम दिएर मजाक उडाउने अमेरिकी राष्ट्रपती ट्रम्प आज आफ्नो देशमा कोरोनाको महामारीबाट जोगिन चीनको सहायता लिन पुग्दैछन् । यतिसम्म की चिनबाट फ्रान्सको लागि हिँडालिएको माक्स र अन्य स्वास्थ्य उपकरण तिनगुणा बढि मूल्यतिरेर अमेरिका लगेका छन् ।
युरोपको हालत पनि यस्तैछ । मानव मृत्यु र अपनाउनु पर्ने उपचार विधी एकातीर छ । राज्यले नसकेर जनतालाई विविध बहानामा अर्कोतिर ध्यान खिच्दै छ । अमेरीकाले लगभग एक महिनाको तलब बाँडेर चुनावमा मतदाताको मन जित्न खोज्दै छ भने युरोपमा फरक देशका फरक धेरै थोरै सेवा सुविधा, बेरोजगारी भत्ता आदि क्षणिक राहत दिएर अगाडि बढेको पाईन्छ ।
कोरोना कहरले विश्व आक्रान्त बन्दै गर्दा कुन देश रहने हो र नरहने हो, कुन हालतमा पुग्ने हो यसै भन्नु छिटो हुन सक्छ । तरपनि यसले विश्वका लाखौं मानिसको ज्यान लिने र अर्थतन्त्रमा उथुल पुथुल अवस्य पार्ने छ । उत्पादनदेखि सेवामुलक ठूला ठूला मै हुँ भन्ने कम्पनीहरु बन्द हुने अवस्था छ । लाखौं कामदार बेरोजगार हुँदैछन् जसबाट राज्यलाई आउने राजस्व कटौती हुने छ । बेरोजगारी संख्या तीब्र हुने र राज्यसत्ता डगमगाउने यस्तो अवस्थामा विश्वका साना ठूला राज्य सन्निकट छन् ।
यस विशम परिस्थितिमा जुनजुन राज्य सेवाको भावबाट देश र जनतालाई केन्द्रबिन्दुमा राख्दै नाफारहित सेवामा तल्लीन रहन्छन् ती देशहरु सबल या दुर्वल रहेपनि यथास्थितीमै चलाएमान रहने छन् । जुन देशको अर्थतन्त्रले सिमीत पूँजीपतीको हितमा ध्यानकेन्द्रीत गर्दै तमाम जनतामा सेवा नभै नाफा उन्मुख रहन्छ ती देशमा राजनैतीक सत्ता समिकरणमा ब्यापक फेरबदल आउन सक्छ । उदाहरण स्वरुप नेपाललाई नै लिन सकिन्छ । लकडाउनको नाममा जनता गृह नजरबन्द सरह छन भने शासकहरु सत्ताव्उन्मादमा कोहि हस्ताक्षर संकलनमा तिब्रताकासाथ लागेका छन भने कोही गूटगत बैठकमा सरिक छन् । कोहि पार्टी सुधारको नामा हुलकाहुल चलखेलमा सरिक हुनै भ्याइनभ्याई छ ।
यस चुनौतिपूर्ण अवस्थामा ठोस वस्तुको ठोस विश्लेषण गर्दै क्रान्तिकारी बर्गले प्रतिकृयावादी सत्ताको केन्द्रमै भिषण आक्रमण गर्न सक्छ । गरिखाने मजदूर, श्रमिक र गरिब वर्गकालागि यो अनुकुल अवसर पनि हुन सक्छ । भलै तरिका बैधानिक वा अवैधानीक जुनकुनै किन नहोस !
अन्तमा,
विर शहिद-लाल सलाम !
विश्वका मजदुर-एक होऔं !!
अन्तर्राष्ट्रिय मजदूर दिवश – जिन्दावाद !!!





