वामदेव प्रम र नेपाललाई अध्यक्ष, फुटाएर राज गर्ने ओली रणनिति

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र पार्टीको तेस्रो अध्यक्ष माधव कुमार नेपाललाई बनाउने प्रस्ताव किन गरे ? धेरैलाइ लाग्न सक्छ, ओली ईमान्दार देखिए । दुबै पद छोड्न खोजे । त्यसो होइन । उनले एकातिर पार्टीका नेताहरु बिच फाटो ल्याउने तुरुप फाल्न खोजेका छन् भने अर्कोतिर पार्टीलाई झन कमजोर बनाउने र आफ्नो सत्ता लम्ब्याउन खोजेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा ओलीको प्रस्ताव देख्दा नेताहरु अचम्मित भए । प्रधानमन्त्रीको राजीनामाको कुरा उठ्यो । त्यसपछि कोरोना संक्रमण सकिएलगत्तै आफूले राजीनामा दिएर उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे । अर्को एक अध्यक्ष पद थपेर आधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने मनशायपनि बताए ।

मधेशवादी दल फुटाएर आफ्नोतिर तान्ने बताएपनि ओलीले ल्याएको दल बिभाजन अध्यादेश आफ्नो सत्ता धरापमा पर्दा आफ्नै पार्टी फुटाएर आफू बलियो बन्ने स्वार्थसम्मको थियो । यदि आफ्नो पार्टीतिर लक्षित नभएको भए आफ्नै पार्टी र आफ्ना शिर्ष नेताहरुसित अध्यादेश राष्ट्रपतीसमक्ष लग्नुअघि उनले पक्कै छलफल गराउने थिए । यस्तो बिधेयक ल्याउन हतारिनेपनि थिएनन् । यसैको बिवादले कमजोर बनेका ओलीलाई यतिखेर जसरि हुन्छ माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दहाललाई फुटाएर आफू बलियो बन्नु परेको छ ।

दहाल, नेपाल र खनालको यो त्रिकोणिय गूटमा सबैभन्दा बलियो प्रचण्डलाई फुटाउन सके बाँकि नेतासित सहजै खेल्न सकिन्छ भन्ने बुझाईपनि ओलीको देखिन्छ । ओलीले बुझेको अर्को के हो भने वामदेव गौतम पदलोलुप हुन् । उनलाई प्रधानमन्त्री पदको लली सुँघाइदिएमात्रैपनि नेपाल-दहाल गूटबाट तत्कालकालागि फुटाउन सकिन्छ की ? केहि समय गौतमलाई मथ्थर पार्न सके त्यो समयमा फेरि बाँकि नेताहरुकाबिचमा खेल्न सकिन्छ । सकेसम्म तिनगूटका बिच फेरि अर्को खेल रच्न सकिन्छ भनेर प्रधानमन्त्रीमा गौतम र तेस्रो अध्यक्षमा आधव नेपालको नाम अगाडि सारेका हुन् ।

ओलीले कुनैहालतमा प्रधानमन्त्री पद वामदेव गौतमलाई दिँदैनन् भन्ने छर्लङ्ग छ । किनभने ओलीलाई बलियो बनाउने काम गौतमले होइन कि प्रचण्डले गरेका हुन् । नेकपा माओवादी र एमाले पार्टी एकतापनि प्रचण्ड र ओलीकै सक्रियतामा भएको हो । ओलीलाई प्रधानमन्त्री बनाउने मुख्य पात्रपनि प्रचण्डनै हुन् । पार्टी एकतादेखि प्रधानमन्त्री बनाउनेसम्मको यात्रामा ओलीलाई हर ठाउँमा साथ दिएर बलियो बनाएका प्रचण्डलाईनै पार्टी एकता गर्दा प्रधानमन्त्री आधा आधा समय मिलेर चलाउने भनेर गरेको सहमति अनुसार प्रचण्डलाई नदिने ओलीले प्रतिनिधीसभाका सदस्यसम्म नरहेका गौतमलाई प्रधानमन्त्री बनाउन आफ्नो पद छोड्छन् भनेर पत्याउनु सपना मात्रै हो । उनको भित्रि रणनिति फेरिपनि बाँकि नेताहरुकाबिचमा खेलेर, कमजोर पारेर कुनै हालतमा आफ्नो कुर्सी जोगाउने रणनिति हो ।

सचिवालय बैठकमा प्रधानमन्त्री पदबाट ओलीको राजिनामा मागिनु र पार्टीको विवाद उत्कर्षमा पुगेको बेला अकस्मात ओलीबाट यस्तो प्रस्ताव आउनु तत्कालकालागि माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल र पुष्पकमल दहालबिचको गठबन्धन भाँड्ने कसरतबाहेक केहि होइन ।

तपाइँको प्रतिक्रिया