अफ्रिकाका नेपालीको नौलो परोपकारी कार्य !         

अफ्रिका महादेशको युगान्डा स्थित नेपालीहरुले नौलो खालको परोपकारी कार्य थालेका छन् । युगान्डामापनि बन्दाबन्दिको कारणले खानाको अभाव स्रिजना भएपछि इन्टेबे स्थित चिडियाखानामा खान नपाएका भोका जिवजन्तुलाई आहारा खुवाउने परोपकारि सेवा गरेका हुन् ।

त्यहाँको चिडियाखानाका पदाधिकारिहरुले त्यहाँका चिम्पान्जी लगायत जनावरहरुलाई कोरोनाको लकडाउनले खानाको अभाव भएको सूचना जारि गरेका थिए ।  जिवजन्तुलाई खानाको अभाव हुँदा ति भोकै पर्नसक्ने भन्दै आहाराको ब्यवस्था गर्न मनकारिहरुसित आव्हान गरेको थियो । त्यस्तो सूचना जारी गरेपछि त्यहाँ स्थित गैरआवासिय नेपालीहरुको मन पग्लियो र केहि खाना लगेर ति जिवजन्तुलाई दिने निर्णय गरेका हुन् ।

जीवनाथ पङ्गेनी, रमेश कँडेल र रन्जीता पङ्गेनीले सोमबार जनवारहरुलाई राहतका लागि  तरकारी र फलफुल लिएर चिडियाखानालाई सहयोग हस्तान्तरण गरेका छन । उनिहरुले यो कार्य एनआरएनए युगान्डाका नामबाट गरेपनि आफ्नै पैसा खर्च गरेर बाँडेका हुन् ।

यो परोपकारि कार्यमा संलग्न इन्टेवेबाट जीवनाथ पङ्गेनीले भने “यो कार्य एनआरएनएलगायत अन्य संघ सस्था र ब्यापारिक समूहसँग मिलेर निरन्तर गर्ने योजनामा छौं । लोपोन्मुख चिमपान्जी लगायत अन्य जनवारहरु भोकै नमरुन भन्ने हाम्रो उद्देश्य हो ।”

तपाइँको प्रतिक्रिया