विश्वकै सर्बाधिक ठूलो विमान मास्क लिएर फ्रान्स ओर्लियो

विश्वकै सर्बाधिक ठूलो कार्गो विमान आन्तोनोभ ए एन २२५ म्रिया पेरिस नजिकैको विमानस्थलमा ओर्लिएको छ । करिब ८० लाख मास्क बोकेर चिनबाट आएको सो विमान पेरिस नजिकैको मार्न क्षेत्रस्थित पेरिस भिट्री तारमाक विमानस्थलमा अवतरण भएको हो ।

विमानमा आठवटा गोदाम घरकालागि ३५० वटा काठका पटिया, ११ हजार वटा कागजको कार्टुनका पाकेट र १५० टन स्वास्थ्य उपकरण थिए । ति सबै चिनबाट मगाइएको फ्रान्स ३ टिभीले जनाएको छ ।

(यो विमानका यस्तै ६ वटा इन्जिन हुन्छन्)

आइतवार मध्यान्हमा ओर्लिएको यो विमान हेर्न लकडाउनले गर्दा मानिसहरु बाहिर निस्किन पाएनन् । युक्रेनी यो विमानमा छ वटा इन्जिन (टर्बोजेट) हुन्छन् । विश्वमा यस्तो विमानको एउटै मात्र नमूना छ । यो विमान प्रतिघण्टा ८५० किमीको गतीले उड्छ ।

‘यस्तो विमान हाम्रो विमानस्थलमा ओराल्न पाउनु गौरवको कुरा हो’ पारि भिथ्री विमानस्थलका निर्देशक क्रिस्टोफ पारोइ भन्छन् ।

यो उडान धेरै उत्सुकताले भरिएको थियो । भिथ्री विमानस्थलले विमानको आगमनको प्रत्यक्ष प्रसारण गर्‍यो । मानिसहरुको भिड लाग्ला भनेर प्रहरीहरु तैनाथ गरिए । यस “सुपर प्लेन” को पखेटा रनवेको चौडाई भन्दा लामो भएकोले रनवे बाहिर निस्किएको थियो ।

यो एयरक्राफ्ट विशेष खालको हो । किनकि यसको पखेटा एकदम फराकिलो छ । बाह्य रियक्टर (पखेँटाक बाहिरी भागहरु) हरू रनवेबाट अलि बाहिर जान्छ । अवतरण भएपछि यसलाई उनीहरुले विशेष पार्किङ क्षेत्रमा राखेका थिए ।

कोरोना भाइरसको संक्रमणपछि यो विमानस्थलमा १५ करोड मास्कहरु आइसकेका छन् । यि उपकरण र मास्क निजि, सरकारि र स्थानिय निकायबाट झिकाइएका हुन् ।

यो विमानस्थलमा हरेक दिन एक वा दुई वटा कार्गो विमामनहरु विभिन्न सामान लिएर अवतरण गर्छन्। आइतवारनै आन्तोनोभ १२४ नामको अर्को कार्गो विमानपनि एक करोड ४० लाख मास्क लिएर अवतरण गरेको थियो । हिजो सोमबार ७५७ नंबरको कार्गो विमान एक करोड मास्क लिएर ओर्लिएको हो ।

तपाइँको प्रतिक्रिया