मास्क लगाउन थालेपछि जर्मनीको शहरमा कोरोना शुन्य

जर्मनीको जेन शहरमा मास्क अनिवार्य गरेको दिनदेखि कोरोना भाइरसबाट संक्रमित भेटिएका छैनन् ।

बर्लिन शहरबाट २५८ किमीमा रहेको जेना एक मात्रै यस्तो शहर हो जसले यहाँका सबै नागरिकलाई मास्क लगाउन अनिवार्य गरेको छ । मास्क लगाउनाले संक्रमितहरुको भाइरस मास्कले छेक्ने हुँदा जर्मनीका अन्य शहरहरुमापनि मास्क अनिवार्य गराउन यसले प्रेरित गर्ने बताइएको छ ।

सबैले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने हो भने त्यसले भाईरस सर्नबाट रोक्न उल्लेख्य भूमिका खेल्नसक्ने जर्मनीको बर्लिनस्थित एक अस्पत्तालमा कार्यरत डा सरोज चुडाल बताउँछन् । “सबैले मास्क लगाइदिने हो भने जसलाई संक्रमितको भाइरस आफ्नै मास्कले रोक्ने र सामाजिक दूरीपनि कायम राख्ने हो भने अर्को ब्यक्तिसम्म भाईरस नपुग्न सक्छ । त्यससैले सकिन्छ भने भाईर रोकथामकालागि मास्क अनिवार्य गराउनु राम्रो हो” डा चुडाल भन्छन् ।

अस्ट्रिया, चेक गणतन्त्र र स्लोभाकियाले सबैलाई मास्क अनिवार्य गराएको छ । जर्मनीले मास्क लगाउन सिफारिस गरेपनि अनिवार्य गराएको छैन । जर्मनीको पूर्वी कम्युनिस्ट जेन शहरमा मास्कहरू किनमेल गर्न जाँदा र सार्वजनिक यातायात चढ्दा करिब दुई सातादेखि अनिवार्य गरिएको छ । यो शहरमा कोरोना भाईरस संक्रमित १५५ जना छन् । ‘मास्क अनिवार्य गराएपछि आठ दिनसम्म एक जना संक्रमित पनि फेला परेका छैनन् । मास्ककै कारणले त्यस्तो प्रभाव परेको हो भन्न सकिने ठाउँ छ” डा चुडालले कान्तिपुरसित भने ।

लगभग एक लाख १० हजार जनसंख्या रहेको यो शहरका सबै नागरिकलाई मास्क बितरण गर्न संभव नदेखिएपछि मेयर थोमस निट्जेले नागरिकहरुसमक्ष मास्क बनाउन आव्हान गरेकि थिईन । नगरपालिकाले मास्क बनाउन चाहिने सामाग्रि उपलब्ध गराउने सार्वजनिक गरेपछि स्वयंसेवकहरुले मास्क बनाएर नगरपालिकालाई सहयोग गरेकालेनै यो अभियान सफल भएको जेन नगरपालिका प्रमुख निट्जेले जर्मनीको एन टि भी डइच लाई बताएकि छन् ।

लकडाउनका नियमहरु पालना गर्न दिएका निर्देशनहरुलाई यो नगरपालिकाका नागरिकले पूर्ण रुपमा पालना गरेकालेनै हालसम्म एक जनापनि नियम उल्लंघनको गरेर जरिवाना नतिरेको दाबीपनि उनको छ ।

डा सरोज चुडाल यो नगरपालिकाको अभियान देखेर हाल जर्मनीमा अन्य ठाउँमापनि मास्क प्रयोग लागू गर्नुपर्छ भन्ने बहस चलेको बताउँछन् । ‘अहिलेनै जर्मनीका सबै जनतालाई मास्क पुर्‍याउन संभव त नहोला । संभव भएका ठाउँमा मास्क अनिवार्य गर्नुपर्छ कि भन्ने यो नगरपालिकाको सफलताले संकेत गरेको छ’ चुडाल भन्छन् ।

तपाइँको प्रतिक्रिया