लिचेस्टाईनले हातको ब्रासलेटबाट कोरोना संक्रमित पहिचान गर्ने
जम्मा १६० वर्गकिमी क्षेत्रफल भएको युरोपको चौथो सानो मुलुक लिचेस्टाईनले हातमा लगाउने बायोमेट्रिक ब्रासलेटका माध्यमबाट कोरोना संक्रमित आफ्ना नागरिकहरुको पहिचान गर्ने भएको छ ।
विशेष खाले ड्राईभ जडित यो ब्रासलेटले कोरोना भाइरसका संभावित रोगीको ट्र्याकिङ गर्ने छ । विहिवार हरेक २० नागरिक मध्ये एक जनालाई छानेर यस्तो ब्रासलेट बितरण गरिएको छ । त्यसले छालाको तापक्रम, श्वास प्रश्वासको दर र मुटुको धड्कन नापेर त्यसको तथ्यांक अनुसन्धानकालागि स्विजरल्याण्डको प्रयोगशालामा पठाउने छ ।
दोस्रो चरणमा शरदयाम लागेपछि लेचिस्टाईनका सबै नागरिकलाई ब्रासलेट बितरण गरिने कार्यक्रम रहेको लेचिस्टाईनका समाज कल्याणमन्त्री मौरो पेद्राजिनिले बताएको द फाइनान्सियल टाईम्सलाई उद्रित गर्दै स्विस इन्फोले जनाएको छ ।
लिचेस्टाईन नागरिकको संख्या लगभग ३८ हजार पाँच सय भएकाले ३८ हजार ब्रासलेट बितरण गर्न लागिएको हो । कोरोना भाईरसका संक्रमितहरु पत्ता लगाउनकालागि यो अहिलेको महत्वपूर्ण माध्यम हुने लेचिस्टाईन सरकारको दाबी छ ।
यसले सार्वजनिक स्वास्थ्य र व्यक्तिगत डाटा बीचको नैतिक सीमालाई लिएर पश्चिममा बढ्दो विवादलाई पनि जोड्न सक्छ, किनकि सरकारले आफ्नो जनस्वास्थ्यको अवस्था बुझ्ने एउटा गतिलो माध्यम तयार पार्न सक्छ ।
“यो बिज्ञान हो र यसको कुनै निस्चितता हुन्न कि यसले ग्यारेन्टिकासाथ काम गर्ने छ । तर यसले काम गर्ला भन्ने संभावना चाहिँ छ” मन्त्री पेद्राजिनीले भने “हामी र अरु सरकारलाई यस संकटको प्रारम्भिक संकेत दिने प्रणाली चाहिएको हो ।”
यहाँ हालसम्म कोरोना भाईरसबाट ८० जना मात्रै संक्रमित छन् । म्रितकको संख्या शुन्य छ ।
लिचन्स्टेनका सबै फ्रन्टलाइन कामदारहरू जो कमजोर र उच्च जोखिममा रहेका छन् तिनको सम्पर्कमा आएकाहरूले साप्ताहिक कोरोनाभाइरस टेष्ट लिनुपर्ने ब्यवस्था छ । यो हप्ता देशको सिमा क्षेत्र, प्रशोधन केन्द्र र फोहोरमैला ब्यवस्थापन गर्ने सबै क्षेत्रमा कोरोना भाइरस लागेको संकेत दिने उपकरण जडान गरेका छन् । त्यसले देशको सिमाना भित्र संक्रमित ब्यक्ति छिरेमा तत्कालै संकेत गर्ने छ ।
लेचिस्टाईन युरोपको चौथो सानो देश हो । यहाँ राजकुमार राष्ट्राध्यक्ष हुने ब्यवस्था छ । स्विजरल्याण्ड र अष्ट्रियासित जोडिएको यो देशको मुद्रा स्विस फ्र्यांक हो ।
(Source- kantipur online, प्रकाशित : वैशाख ७, २०७७ ०८:५५)




