स्विजरल्याण्डले अप्रिल २७ बाट लकडाउन खुकुलो पार्ने

स्विजरल्याण्डले यहि अप्रिल २७ बाट लकडाउन खुकुलो पार्ने भएको छ । लकडाउन खुकुलो पार्न तिन तहको रणनिति सार्वजनिक गरिएको छ । शुरुमा हजाम, वगैंचा र बनस्पतीका पसल, अस्पत्ताल तथा क्लिनिकका सबै सेवा, मसाज केन्द्र, फूल पसल, कस्मेटिक,  खोलेर शुरुवात गरिने छ ।

दोस्रो चरणमा मे ११ बाट प्राथमिक तहको स्कूल खुल्ने छन् ।

स्विस सरकारले सार्वजनिक गरेको तिन तहको लकडाउन खुलाउने योजना अन्तर्गत तेस्रो चरणमा जुन ८ बाट सबै शैक्षिक संस्था, चिडियाखाना, पुस्तकालय, ग्रोसरीमा सबै सामान बेच्ने छुट, स्टेशनरीहरु खुला गरिने छन् । तेस्रो चरणबाट स्विजरल्याण्ड भरिको जनजिवन सामान्य अवस्थामै फर्काउने योजना सार्वजनिक गरिएको छ ।

“यसले हामीलाई सबै तयारि पुरा गर्न समय दिने छ । सामाजिक दूरी र सरसफाईका न्युनतम शर्त र सावधानीहरु पुरा गर्दै सबैब्यापारिक संघसंस्था खोल्न हामीलाई सहज हुने छ” स्विस राष्ट्रपती सिमोनेट्टा सामारुगाले प्रेस सम्मेलनमा भनिन् ।

स्विस ग्रिहमन्त्री आलेन बेरसेटले सरकारले कोरोना भाईरस लकडाउनबाट बाहिर निस्किने रणनिति तय गरेको बताउँदै भने “हामीले स्टप एन्ड गो निति त्याग्नै पर्छ । त्यसैले हामी जति सक्दो छिटो अगाडि बढ्न चाहन्छौं र जति ढिलो गर्नुपर्ने बाध्यता पर्छ उतिनै ढिलो गर्न चाहन्छौं ।”

तिन तहको लकडाउन रणनिति अनुसार अस्पत्तालमा बिरामीको चाप, निको हुनेहरुको संख्या, कोरोना भाइरसको संक्रमणको अवस्था, म्रितक संख्या र अस्पत्तालमा बेडहरुको उपलब्धताको स्थिति हेरेर रणनिति फेरबदल गर्न सकिनेपनि उनले प्रेस सम्मेलनमा सार्वजनिक गरे ।

राजनितिक भेला, संगित पर्व, सांस्क्रितिक महोत्सव, मेला आदि सामुहिक भेलाकालागि भने सरकारले अप्रिल महिनाको अन्तिमसम्म अवस्था हेरेर सार्वजनिक गर्ने बताइएको छ ।

तपाइँको प्रतिक्रिया