राहत पाएपछि स्पेनका ८७ जना पिडितहरुको अनुहार प्रफुल्ल

-भोला लामिछाने / बार्सिलोना, स्पेन

गएको चार दिनमा स्पेनमा ८७ जनाले खाध्यान्न राहत पाएसँगै यहाँका पिडामा परेका नेपाली समुदायको मुहारमा खुसी छाएको छ । कोरोना महामारीबाट विश्व आक्रान्त बन्दै गर्दा स्पेनपनि अछुतो रहेन । स्पेन लकडाउनसँगै यहाँका नेपालीहरूपनि घरभित्रै बस्न बाध्य बने । तर केहि मनकारीहरूका कारण आफ्नो पिडा भुल्न बाध्यपनि भए स्पेनवासी पिडीत नेपालीहरू । महिना दिन  भैसक्दापनि घरभित्रै छन् । घर बाहीर निस्के प्रहरीले जरिवाना लगाउँछ । तर मनकारी समाजसेवीहरूका कारण राहत घरमै आउँदा भने सबैको मुहार प्रफुल्ल बनेको छ ।

एन आर एन ए (वान एनसीसी वान) प्रोजेक्टद्वारा स्पेनका कोरोना पिडितलाई ५०० यूरो बराबरको खाद्यान्न चामल सहयोग, जर्मनीबाट दिल गुरूडको ६०० यूरो खाद्दन्न [चामल] सहयोग, बेलायतबाट कुल आचार्य द्वारा ५०० यूरो बराबरको खाद्यान्न राहत सहयोग, बेल्जियमको लुभेनमा बसोबास गर्दै आएका लोक बहादुर राना मगरको १५५ यूरो वराबरको खाद्यान्न सहयोग, स्पेनबाट सुबु शाही द्वारा ५० यूरो बराबरको खाद्यान्न सहयोगसँगै सबै पिडितहरू खुसी भएका हुन् ।

उक्त राहतमा बितरणमा एकरूपता ल्याईएको छ । ८७ जनाले १५ किलो चामल का दरले सुपर वास्मती चामल राहत पाएका हुन् । सबै सहयोगी दाताहरूको सहयोग बार्सिलोनामा आफैं खटिएर वितरण समेत गरिसकीएको संयोजक सन्त बहादुर क्षेत्रीले बताए । लक डाउनको अवस्थामा राहत वितरणमा निकै कठीनाई आएपनि हामीले संयमीत भएर स्पेन प्रहरीको अनुमतीमा पिडितको हातैमा राहत बितरण गर्न पाउनु खुसीको कुरा रहेको बताए ।

दानविरहरुले पिडीतहरूले राहत विवरण लिएको अवस्थाको फोटो र भिडियो लिएपनि धेरैजसो पिडितहरूले आफ्नो नाम भिडियो फोटो मिडियामा सार्वजनिक गर्ने भए राहत नलिने बताएपछि सार्वजनिक नगरिएको हो ।

वास्तविक पिडित हो की होईन भनेर बारम्बार बिभिन्न ब्यक्ती मार्फ़त फ़ोनद्वारा बुझ्दै पिडीतका साथी, घरबेटीलगायत समाजका अगुवाहरूहरूको सहयोग सम्पर्कको  सुचनाको आधारमा वास्तविक पिडितलाई नै राहत दिएका म्याड्डीड निवासी एन सी सी को [वान एन सी सी वान ] प्रोजेक्ट की सदस्य सुन्दरी लामाले बताईन् ।

बिल्बाउमा हालसम्म कोरोना पिडित नभएको त्यहाँबाट गंगाराम सापकोटाले जानकरि दिए । कोही पिडीतले सम्पर्क गरेको खन्डमा जानकारी गराउने सापकोटाले बताए । आगामी दिनहरूमा यूरोपका अन्य देशहरूमापनि सहयोग गर्ने सोच बनाईएको वितरण संयोजक सन्त बहादुर क्षेत्रीले बताए ।

तपाइँको प्रतिक्रिया