गजल

-नेपोलियन मरहट्टा       

nepolian-marahatta-chitwan11

 ब्यर्थै हामी छुट्टीएछौं रात अझै बाँकी थियो,

भन्नै लाज लाग्ने एउटा, बात अझै बाँकी थियो ।

फूलको बोट् र तिमीलाई उस्तै उस्तै देखें मैले,

थुँगाहरु छोए पनि, पात अझै बाँकी थियो ।

ब्यर्थै हामी छुट्टीएछौं रात अझै बाँकी थियो,

भन्नै लाज लाग्ने एउटा, बात अझै बाँकी थियो ।

थाहै नदिइ तिम्लाई मैले सबैतिर चुम्बन गरेँ,

अन्त चुम्बन गरे पनि, हात अझै बाँकी थियो ।

ब्यर्थै हामी छुट्टीएछौं रात अझै बाँकी थियो,

भन्नै लाज लाग्ने एउटा, बात अझै बाँकी थियो ।

त्यती जाबो चुम्बनले मात्रै तिम्लाई पुगेन कि ?

दिनु पर्ने तिमीलाई, सौगात अझै बाँकी थियो ।

ब्यर्थै हामी छुट्टीएछौं रात अझै बाँकी थियो,

भन्नै लाज लाग्ने एउटा, बात अझै बाँकी थियो ।

हिजो तिम्रो मेटिएनी, मेरो तिर्खा मेटिएन, 

म भित्र त जवानीको, मात अझै बाँकी थियो ।

ब्यर्थै हामी छुट्टीएछौं रात अझै बाँकी थियो,

भन्नै लाज लाग्ने एउटा, बात अझै बाँकी थियो ।

[email protected]

तपाइँको प्रतिक्रिया