फ्रान्समा दुई जनामन्त्रीको पत्रकार सम्मेलनमा एक जना पत्रकार !

नेपालमा बेला बेला सुनिन्छ, मन्त्री, नेता दर्जनौं भए तर पत्रकार आएनन् । पत्रकार सम्मेलन आयोजना गर्नेको संख्या भन्दा पत्रकारको संख्या कम । फ्रान्समा आज केहिबेर अघि एउटा अनौठो पत्रकार सम्मेलन भएको छ । त्यस्तो सम्मेलनमा दुई जना मन्त्री आए । पत्रकार भने एक जना मात्रै । यसको पाटो चाखलाग्दो मात्रै होइन महत्वपूर्णपनि छ ।

(टिभीको प्रत्यक्ष पत्रकार सम्मेलनमा ब्रुनो ल मेयर, अर्थ तथा लगानी मन्त्री)

सरकारले पत्रकार सम्मेलन यहाँको राष्ट्रिय टेलीभिजनबाट गर्ने निधो गर्‍यो । यो पत्रकार समेलनमा अर्थ तथा लगानी मन्त्री ब्रुनो ल मेयर र क्रिषी तथा बितरण मन्त्री डिडिए गियोम उपस्थित भए । पत्रकार सम्मेलनको क्यामरा दुई मन्त्रीहरुतिर सोझ्याईयो ।

(टिभीको प्रत्यक्ष पत्रकार सम्मेलनमा डिडिए गियोम, क्रिषी तथा बितरण मन्त्री)

पत्रकारले एकपछि अर्को गरेर प्रश्न सोधे । मन्त्रीहरुले जवाफ दिँदै गए । उनले जम्मा ३० प्रश्न सोधे । तिनमा फ्रान्सको सबै राष्ट्रिय मेडियाका प्रश्नहरु समेटिएका थिए । ति पत्रकारलाई सबै मेडियाले आफ्नो आफ्नो प्रश्न दिएर पठाएका थिए । उनले जुन प्रश्न जुन मेडियाले पठाएको थियो प्रश्न सोध्दा ‘फलानो पत्रिका, मेडियाको तर्फबाट हो’ भन्दै मन्त्रीलाई जानकारि दिए । जुन प्रश्न जुन मन्त्रीसित संवन्धित थियो त्यो प्रश्नको जवाफ संवन्धित मन्त्रीले दिए । पत्रकार सम्मेलन सकिनास्थ पत्रकार र मन्त्रीहरु दुबै बाटो लागे ।

कोरोना भाईरसको संक्रमणले गर्दा नागरिकहरु क्वारेन्टाईनमा बसेको र भिडभाड गर्न नहुने नियमलाई पालना गर्न यस्तो पत्रकार सम्मेलन गरिएको हो । एकै जना पत्रकारले सबैका प्रश्नको जवाफ ल्याउन सक्छ भने किन भिड लाग्ने, किन बढि खर्च गर्ने र दुख पाउने ? के नेपाला यस्तै पत्रकार सम्मेलन गर्ने हो भने एक जना पत्रकारलाई सबैले यसैगरि विश्वास गर्दाहुन् ?

तपाइँको प्रतिक्रिया