दाम कमाउन यूरोप आएका भारतीय पानी चोर्दै हैरान

stealing-drinking-water-in-europe-3

(गाडीको छेउमा छ ट्रली । एकजना जर्किन थाप्दै । अर्कोले बाँकि जर्किन लिएर भित्र छिर्दै)

 

अघिल्लो महिनाको एक सोमबार । आफ्नो साप्ताहिक छुट्टि थियो । घरमै झ्यालको छेउमा बसेर बाहिरको गतिबिधी नियाल्दै थिएँ । लेख्दै पनि थिएँ ।  टाउकोमा जुरो बाँधेको एक जना र अर्को एक गरेर दुई जना आए चार वटा बडेमाका खाली जर्किन राखेको एउटा ट्रली गुडाउँदै । अनुहार र टाउकोमा बाँधेको लठ्ठाले बतायो कि उनीहरु भारतीय हुन् । म बस्ने घर नजिकै अहिले नयाँ अपार्टमेन्टहरु बनाउँदै गरेकाले जमिनमुनीको सतहबाट स्वचालित मेशीनले पानी बाहिर फालिरहेको थियो । ति दुई जना भरतीयहरु टक्क अडिए । केहिबेर चोरले झैं पल्याक पुलुक गरे । म बाटो पारीको पहिलो तल्लाबाट उनीहरुले नदेख्नेगरि नियालीरहेको छु । जमिनमा कुनै बिष्फोटक पदार्थ राख्छन् कि भनेर होला त्यहाँ सुरक्षाकर्मीहरुले निगरानी गर्ने गरेका थिए । शुरुदेखिनै चौबिसै घण्टा । सुरक्षाकर्मी बस्ने अस्थायि घरतिर खुब हेरे । तर कोहि नदेखेपछि दुई जनाले ट्रलीबाट फटाफट खाली जर्किन झिके। उनीहरु आएका रहेछन् पानी चोर्न । अनि गेट खुत्रुक्क खोलेर चारितिर डराई डराई हेर्दै पाईप झिकेर धमाधम पानी थापे जर्किनमा । एक जनाले धमाधम पानी भर्ने र अर्कोले यताउति हेर्दै ओसारेर ट्रलीमा हाल्ने ।

 

stealing-drinking-water-in-europe-2

 

कताबाट देखेछन् सुरक्षाकर्मीहरु । फटाफट तिनले पानी थापेको ठाउँमा । घरको तल्लाबाट एक जनाले सिधै सोध्यो-केस्क भु प्लँते (तपाईहरुले के राख्न, गाड्न आएको ?) । तिनले राम्ररि बुझेनन् । असाध्यै डराए भारतीयहरु । सुरक्षाकर्मी नजिकै आएर भने-तिमीहरु पाकिस्तानी हो ? ‘होइन, भारतियउत्तर दिए । तिमीहरु बसेको घरमा के भयो ? फेरि सोधे सुरक्षाकर्मीले । भारतीयहरुले पानी छैनमात्रै भनिरहे । उनीहरुले त्यसरि नसोधी ढोका खोलेर किना आएको भनेर ख्यामख्याम पारे । तर भरतीयहरु बोल्न सकेनन् बिचरा ।
म यसो झ्यालमा क्यामरा सोझ्याएर लुकेर हेरिरहेको छु ।
उनीहरुले नदेख्नेगरि खिचिपनि रहेको छु । झ्याल बाहिर क्यामरा निकालौं उनीहरुले देख्ने । ननिकाली टाढैबाट खिच्दा फोटो नआउने । बडो मुस्किलले केहि क्लिक मारे तर धेरै प्रष्ट खिच्ने मेसो मिलेन ।

 

stealing-drinking-water-in-europe-6

 

अनि सुरक्षाकर्मी खुब हाँसे । तिनले आफैंले पाईप समातेर पानी भरिदिए । भारतीयहरुले फटाफट जर्किन ल्याएर राखे ट्रलीमा । अनि लागे बाटोतिर । उनीहरु सरकारले भत्काउन भनेर सूचना टासेका थोत्रा घरमा बस्ने रहेछन् । मिती पुगेका त्यस्ता घरका धारो, बिजुली सबै काटेर नगरपालीकाले खाली गराएको हुने रहेछ । अनि फ्रान्समा बस्ने अनुमती नभएका, काम नपाएका र बस्ने ठेगान नभएकाहरु त्यस्तै घरमा गएर बस्ने रहेछन् ।

 

त्यो घर भत्काएपछि फेरि अर्को कतै त्यस्तै घर खोज्यो बस्यो । त्यस्ता घरमा बत्ती, पानी, ताला चाबी, सुरक्षा केहि नभएपछि इनसल्लाभन्दै बसेपछि भाडा तिर्नुपरेन । यूरोपमा निकै दाम कमाइन्छ भन्दै आउनेहरुको हेर्नुस् त पानी चोर्दै हिँड्नुपर्ने बाध्यता !!! तपाईपनि यूरोप आउन खुट्टा जुरुक्क जुरुक्क पार्नु भएको छ भने कम्तिमा यस्ता कुरा सबै बुझेर आउने हो कि ?

तपाइँको प्रतिक्रिया