फ्रान्समा हतियारधारीद्वारा हमला

कोरोना भाईरसको आतंक भैरहेका बेला पेरिसको दक्षिणमा रहेको रोमँ सुर इजेर भन्ने ठाइँमा शनिवार विहान एक जना हतियारधारीले आक्रमणगरि दुई जनाको हत्या गर्नुको साथै पाँच जनालाई घाईते बनाएको छ । घाइते मध्ये तिन जनाको अवस्था गम्भिर रहेको रेडियो फँसले जनाएको छ ।

आक्रमणकारी ३३ वर्षिय सुडानी नागरिक हुन् । उनी फ्रान्समा राजनितिक शरण मागेका ब्यक्ति भएको आतंककारि बिरुद्दको अपरेशन गर्ने प्रहरी निकायले जनाएको छ । शहरको मध्येभागमा रहेको मासु पसलबाट चक्कु खोसेर एक चुरोट बेच्ने पसलमा प्रवेश गरेका उनले अन्धाधुन्द आक्रमण गरेका थिए । हाल आतंककारीबिरुद्दको अपरेशन गर्ने प्रहरी निकायले उनलाई नियन्त्रणमा लिएको छ ।

मासु पसलमा छिरेर आक्राणकारीले मासु काट्ने चक्कु जबर्जस्त खोसेर चुरोट पसल आएको ग्राहक र चुरोट पसलका दुई साझेदार मध्ये एक जनालाई आक्रमण गरेको फँस ब्लु पत्रिकाले जनाएको छ ।

चुरोट किन्न आएका ५५ वर्षिय थिएरि निभोन र चुरोट पसले ४४ वर्षिय जुलियाँ भिन्सोलाई उनका साझेदार र छोरोकै अगाडि घाँटी काटेर हत्या गरेको समाचारमा उल्लेख छ ।

नगरपालिका कार्यालय नजिकै रहेको चुरोट पसमा पसेर आक्रमण गरेपछि केहि मानिसहरु आत्तिएर ढलेका थिए । तिनलाई वारुणीयन्त्रले अस्पत्ताल पुर्‍याएको थियो ।

प्रहरीहरुले पक्राउ गर्न आएपछि आक्रमणकारी ‘आल्लाहु अक्बर’ भन्दै चिच्याएका थियो । उनको कोठामा अनुसन्धान गर्दा सन् २०१७ मा शरणार्थीको दर्जा पाएको कागज भेटिएको छ । केहि समयदेखि उनले मानसिक चिकित्सकलाई भेट्ने गरेको खुलेकोपनि समाचारमा उल्लेख छ ।

फ्रान्स अत्यन्त अप्ठेरो अवस्थामा रहेका बेला भएको फ्रान्सेली जनतामाथिको आक्रमणलाइ गम्भिरताकासाथ लिएर हदैसम्मको कारवाहि गर्ने भन्दै राष्ट्रपती एमानुयल माख्रोंले ट्विट गरेका छन् ।

तपाइँको प्रतिक्रिया