कुम्लो र कुटुरो बोकेर

गिता थापा, ईजरायल

 

p3110015111

 

कुम्लो र कुटुरो बोकेर

 

जब अघि बढ्छु आफ्नै हाँस्छन् मलाई देखेर

 

अनी धिकार्दै आफ्नै भाग्यलाई रुँन्छु पुर्पुरो ठोकेर

 

हार गुहार माग्न जाउँ बोल्दैन सरकार

 

बसेको छ मुखमा ताल्चा ठोकेर

 

आफ्नै जन्मभुमिमा छैन मलाई टेक्ने मेरो नाउँमा माटो

 

आज मेरो तमासा हेर्दैछ सधैं आफु हिंडेको बाटो

 

चुप-चाप कसरी सहुँ लाला-बाला रुन्छन् भोको-पेट मिचेर

 

कहिल्यै दुख्दैन किन कुर्सिमा बस्नेको मन हाम्रो दुर्दशा देखेर ?

 

कहाँ गएर मागुँ न्याय आफ्नैले अन्याय गरेपछि  

 

सतिले सरापेको देश मेरो रावणको राज भएपछि  

 

धिक्कार्छ तिमीलाई नेपालीभै नेपालीकै दुर्दशा हेर्छौ 

 

आफ्नै आँगनमा अरुले नाङ्गो नाच नाच्दापनि ?

 

कसरी भन्छौ नेपाली भनी बोल्दैनौ आफ्नै चेलीमाथी 

 

गिद्दहरु आँखै अगाडि झुमिदा पनि ?

 

आफ्नो पेटको मात्र चिन्ता तिमीलाई हो भने

 

तिमी नेता बन्नुमा त्यो सुख र सुबिधालाई

 

मात्र हेर्छौ भने

 

के नै अर्थ भयो र मान्छेभै जन्म लिनुमा

तपाइँको प्रतिक्रिया