विरामी ओसार्न फ्रान्सले शुरु गर्‍यो रेल एम्बुलेन्स

आपत परेपछि त्यसको खोजि गर्दै जाँदा मानिसले तत्कालै नयाँ उपाय र प्रविधीपनि भेट्टाउने रहेछ । नयाँ अक्किलहरु छिटो सिक्दा रहेछन् । कोरोना भाईरसको प्रकोपले विरामीको संख्या बढेर धानिसाध्य नभएपछि फ्रान्सले दुई वटा रेलहरुलाई एम्बुलेन्स सवारीका रुपमा प्रयोग गर्न थालेको छ ।

राजधानी पेरिसबाट पाँच सय सात किमी पर रहेको आल्जास र मुलहाउस भन्ने ठाउँमा कोरोना भाईरसको संकट ज्यादै ठूलो देखियो । त्यहाँका विरामीहरुलाई त्यस ठाउँका अस्पत्तालको क्षमताले धान्नै सकेन । कसो गर्ने त ?

साना दुई तिन जना विरामी बोक्ने एम्बुलेन्समा ओसारेर सयौं विरामी समयमै अन्यत्र पुर्‍याउन सकिन्न । कोरोना भाईरसका बिरामीहरुलाई तत्कालै फ्रान्सका अन्य अस्पत्ताल नपुर्‍याइभएकोपनि छैन । यसको बिकल्पकारुपमा फ्रान्सले टिजिभी (तिब्र गतिका रेल) दुइ वटालाई स्वास्थ्य उपकरण र सेवाहरुले युक्त पारेर तत्कालै एम्बुलेन्समा परिणत गरिदियो । फ्रान्सेली स्वास्थ्य मन्त्री ओलिभिय भेरँले आल्जासमा तत्कालै सैनिक अस्पत्ताल बनाउने र दुई वटा टिजिभी रेललाई एम्बुलेन्स बनाएर एकै पटक सयौं विरामी बोक्ने जुक्ति निकाले । ति रेललाई पूर्णरुपमा मेडिकल साधनहरुले युक्त पारेर एम्बुलेन्स बनाउने उनको प्रस्तावले ब्यवहारिकता पायो ।

गत बुधवारबाट आल्जास र मुलहाउसबाट टिजीभीभी रेलले विरामीहरु ओसारेर फ्रान्सका अन्य अस्पत्ताल पुर्‍याए । पहिलो पटक यस्तो रेलले आल्जास, उलहाउस र स्ट्रास्बुर्गबाट ३० जना बिरामी बोकेर अन्य अस्पत्ताल पुर्‍याएको थियो । एम्बुलेन्स रेलको यो सुविधा युरोपमा पहिलो भएको दाबी फ्रान्सेली अधिकारीहरुले गरेका छन् ।

तपाइँको प्रतिक्रिया