फ्रान्समा क्वारेन्टाईनको समय पाँच हप्ता थप

कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि राष्ट्रपती एमानुयल माख्रोंले फ्रान्समा क्वारेन्टाइनको समय अप्रिल २८ सम्म बढाउने घोषणा गरेका छन् ।

मंगलबार राष्ट्रपतीको वैज्ञानिक परिषदले कम्तिमा अप्रिल २८ सम्मकालागि क्वारेन्टाईनको समय लम्ब्याउन सुझाव दिएको थियो । वैज्ञानिक परिषदको सुझावपछि मंगलवार साँझ मन्त्रीपरिषदको बैठकले क्वारेन्टाईनको अवधि बढाएर अप्रिल २८ सम्म पुर्‍याउने निर्णय गरेको हो ।

‘फ्रान्समा कोरोना भाईरस संक्रमणको संभावना अझै बढ्ने देखिन्छ । त्यसैले वैज्ञानिकहरुको सुझावलाई आदर गर्दै कम्तिमापनि अप्रिलको २८ सम्म क्वारेन्टाईनको समय बढाउनुको बिकल्प छैन’ मन्त्री परिषदको बैठकले क्वारेन्टाईनको अवधि बढाउने निर्णय गरेलगत्तै राष्ट्रपती एमानुयल माख्रोंले मेडियाहरुसित भने ।  राष्ट्रपतीले सरकारको निर्णयलाई पूर्णरुपमा पालना गर्न र क्वारेन्टाईनमा बसेर यो राष्ट्रिय संकट टार्नपनि सबैलाई आग्रह गरे ।

तपाइँको प्रतिक्रिया