फ्रान्समा क्वारेन्टाईनको समय लम्बिने

सरकारले तोकेको १५ दिनको क्वारेन्टाईनको समय लम्बिने भएको छ । राष्ट्रपती एमानुयल माख्रोद्वारा घोषणा गरिएको १५ दिनको समय लम्ब्याएर कम्तिमा एक महिना देखि छ हप्तासम्म पुर्‍याइने राष्ट्रपतीका बिज्ञानसंवन्धि सल्लाहकार तथा पेरिसको बिसे अस्पत्तालका संक्रामकरोग विशेषज्ञ प्राध्यापक याच्दान यच्दानपानाहले सार्वजनिक गरेका हुन् ।

उनले क्वारेन्टाईनको १५ दिने समय अत्यन्तै छोटो भएकाले भाईरस नियन्त्रणकालागि नपुग्ने भन्दै अझै एक महिना लब्याउनुपर्ने बताएका छन् । हालसम्म कोरोना भाईरसको उपचार गर्ने भ्याक्सिन र औषधी दुबै नभएकालेपनि क्वारेन्टाईनको समय लम्बिने तर्क उनले गरेका हुन् । “हामीसित न भ्याक्सिन छ । न त औषधीनै पत्ता लागेको छ । यस्तो स्थितिमा क्वारेन्टाईनको अवधि डेढ महिना पुर्‍याउनुपर्छ’ उनले भने ।

यसैबिच सरकारले क्वारेन्टाईनमा बस्न आग्रह गरेपनि नगरिकहरुले त्यसको पूर्ण पालना नगरेको भन्दै सरकारले क्वारेन्टाईनको अझै कडा नियम लागू गर्न आन्तरिक तयारि गरिरहेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।

(साभार – कान्तिपुर अनलाईन)

तपाइँको प्रतिक्रिया