फ्रान्सेली पार्कमा एभरेष्टको जमघट

everest-programme-056
नेपाल ए भु (नेपाल र तपाई) भन्ने नेपाली एसोसिएसनका जँ पियर् हुन् यि नेपाली ढाका टोपी ढल्काउने । नेपाली जमघटमा यि यसरिनै ढाका टोपी सिउरिन्छन्)

फ्रान्समा हिउँद लाग्न अब एक हप्ता बाँकि छ । हिउँद लागेपछि बाहिर चौर, खोलानाला, जंगल वरिपरि अनि उद्दानहरुमा बसेर खाना खाने, टहलाउने, साथीभाई भेट्ने क्रम बढ्छ । मानिसहरु सबै बाहिर देखिन्छन् । ठ्याक्क हिउँद लाग्नु अघि अस्ति त्यस्तै घाम लागेको मेसो पारेर फ्रान्सको एभरेष्ट नेपाल एशोसिएसनले जमघटको आयोजना गर्‍यो । पेरिस शहरसँग जोडिएको लाकुर्नभ पार्कमा पिकनिकसहित जमघट आयोजना गरेका थिए । लामो समयपछि घाम चर्केको । ओहो हो कति कति जम्मा भए नेपालीहरु त । निकै समयदेखि भेट नभएका साथीपनि भेट भए । नेपाली खाना पकाएर लगेका रहेछन् पार्कमा पकाउन नपाइने भएकोले । पिकनिक व्यवस्थित थियो । त्यहाँ वालवालिकाको फूटबल अनि पाकाहरुको लागि क्यारेमबोर्ड प्रतिस्पर्धा गराइएको थियो । वाल वालिकाहरुलाई नेपाली वर्णमालाको क देखि ज्ञ सम्मका अक्षर लेखिएको टिसर्ट पुरस्कार दिइएको थियो । क्यारेमबोर्ड प्रतिस्पर्धामा देवराज शर्मा र सागर श्रेष्ठको समूह प्रथम अनि फूर्वा शेर्पा र ईकेन्द्र मल्लको समूह दोस्रो भएर पुरस्कार जिते । यस्ता भेटघाट, नेपाली साँझ र पिकनिक आयोजना गरेर जम्मा भएको आर्थिक सहयोगबाट यो संस्थाले नेपालका अनाथ र असहाय वालवालिकाहरु पढाउने गर्छ । बाँकि फोटो हेर्न भित्र आउनुहोस

 

everest-programme-013(बिदेशमा हरेक कार्यक्रममा नेपाली झण्डा टाँग्ने गरिन्छ। नेपाली झण्डाको आकारलेनै धेरैलाई आकर्षणपनि गर्छ)

everest-programme-037

 

कार्यक्रम स्थल ध्वजा पताकाले सजाईएको थियो ।

everest-programme-070

 

लौ है खाने बेला भो ! थाल ठटाएर खान बोलाउँदै एभरेष्ट नेपालका काजी शेर्पा

 

everest-programme-080

 

 everest-programme-083

 

              थाल ठटाएपछिको भिड

everest-programme-023

 

भित्तामा गणेशजी शिवजी । शिवजी र एशोसिएसनको गतिबिधि झल्काउने केहि तस्बिर भित्ताभरि थिए ।

everest-programme-211

एकापट्टी नाचगान चलिरहेको थियो अनि अर्कोतिर यि फुच्ची त्यहि मादलको तालमा थपडी मारेर रमाईलो गर्दै थिईन ।

 

 

 

everest-programme-1531

           खानापछिको आराम ।

नाचगान, खेलकुद र पुरस्कार लिए दिएका तस्बिर थिए। तर प्राविधिक कारणले अन्त्यमा ति फोटा राख्नै सकिन । माफ पाउँ ।
शैलेन्द्र महर्जन दाईलाई धेरै धन्यावाद

 

तपाइँको प्रतिक्रिया