कर्फु लगाउने फ्रान्सेली तरिका : ‘कर्फु होइन तर घरभित्रै बस्नुस्’

फ्रान्समा आज मंगलवार १२ बजेबाट लगभग कर्फु लागेको छ । कर्फु लगाएपनि हिजो साँझ कर्फुको घोषणा गर्दा राष्ट्रपती एमानुयल माख्रोले कर्फ्युको उच्चारण गरेनन् । कूटनितिक भाषाको प्रयोग गर्दै कर्फ्युको घोषणा गरे ‘अब साथीभाई, छरछिमेक र परिवार होइन आफ्नालागि मात्रै सोच्ने बेला हो यो, घरबाहिर ननिस्किनुहोला । बाहिर निस्किए इजाजत लिएरमात्रै निस्किनुहोला । यसको उल्लंघन गरे कडा कारवाहि हुन्छ ।”

कर्फ्यू लागेका बेला जस्ता बिधि र नियमहरु लगाइन्छ, आदेश दिईन्छ राष्ट्रपतीको घोषणामा त्यस्तै आदेश र भनाई थिए । उनले घरभित्रै बस्न आदेश दिए । बाहिर निस्किँदै ननिस्किनु भने । आपतकालिन स्वास्थ्य उपचार, अत्यावस्यक सेवा, सुरक्षा र स्वास्थ्य क्षेत्रका मानिस मात्रै परिचय पत्र देखएर बाहिर निस्किन पाउने । सर्वसाधारणले दैनिक उपभोग्य सामान खरिद गर्न पाइने तर एक एक मिटरको फरक पारेर एक्लाएक्लै जानुपर्ने खुलाए । गौंडागौंडामा सुरक्षाकर्मीले जाँच गर्ने र त्यसकालागि थप एक लाख सुरक्षाकर्मी खटाईनेपनि बताए ।

राष्ट्रपतीले कर्फ्यु लगाउनुपर्ने भयो । तर किन घुमाउरो भाषा प्रयोग गरे ? किन भन्न सकेनन् नागरिकलाई कर्फ्यु लगाउनुपर्ने भयो ? कर्फ्युको औचित्य किन साबित गर्न किन सकेनन् राष्ट्रपतीले ? सरकार निरंकुश नदेखियोस भन्ने हो । त्यसको कारण जनताले बिद्रोह नगरुन् । सरकारको आदेश तोडेर सडकमा नउत्रिउन् भन्ने हो । किनभने प्रजातान्त्रिक मुलुकमा जब सरकारले हरेक सरकारले नागरिकका सबै अधिकार खोस्यो भन्ने महसुस हुन्छ तब जनता स्वाट्टै सडकमा उत्रिन बेर लाग्दैन । सरकारलाई हर तरहले असहयोग गर्न सक्छन् । प्रजातान्त्रिक हक खोसेको भनेर चर्को बिरोध हुन सक्छ । सरकार अप्ठेरोमा पर्न सक्छ ।

कडाइपनि कतिसम्म गरिएको छ भने ग्रिह मन्त्रालयले एउटा नमूना फारम बनाएको छ । घरबाहिर निस्किँदा उक्त फारम भर्नुपर्छ । कहाँ के कारणले जान लागेको हो खुलाउनुपर्छ । सरकारले बाहिर निस्किन पाउने भनेर तोकेका क्षेत्र जस्तै अस्पत्ताल, सुरक्षा, ढल र निकास, आकस्मिक सेवाका कर्मचारि वा स्वास्थ्य उपचारकालागि भए सोपनि खुलाएर, हस्ताक्षर सहित जानुपर्छ । यस्तो नियाम पालना नगरे शुरुमै सुरक्षा निकायले एक सय ३५ युरो जरिवाना गर्नसक्छ ।

तर सरकारले कहिँ कतैपनि कर्फ्यु भन्ने शब्द प्रयोग गरेको छैन । किनभने कर्फ्यु भन्ने शब्द आफैंमा अप्रजातान्त्रिक लाग्छ । यो शब्दले जिवन कठिन बनाउँछ, नागरिकका अधिकार खोस्छ । त्यसैले नागरिकको प्रजातान्त्रिक अधिकार नखोसिएको छनक दिनेगरि कर्फ्यु लगाइएको हो । आज मध्यान्ह बाट कर्फ्यु शुरु हुनासाथ पेरिस वरिपरि ब्यापकरुपमा सुरक्षाकर्मी परिचालित गरिएको छ । त्यसमा फ्रान्सेली सेनापनि संलग्न छन् । तिनले चोक चोक र गौंडा गौंडामा बसेर नागरिकहरुको परिचय पत्र माग्ने, जाँच गर्ने गरिरहेका छन् ।

तपाइँको प्रतिक्रिया