फ्रान्समा भ्रमण पूर्ण प्रतिबन्ध र हिँडडुलमा पूर्ण रोक, एक लाख सुरक्षाकर्मी परिचालित

फ्रान्समा आज मंगलवार मध्यान्हदेखि अत्यन्त्र जरुरि कामकालागि कारण खुलाइएको अनुमतिबिना हिँडडुलमा पूर्णरुपमा रोक लगाइएको छ । कोरोना भाईरसबिरुद्द लड्नकोलागि सकेसम्म कम सम्पर्क गर्नुपर्ने तर्क दिँदै फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले सोमबार साँझ राष्ट्रका नाममा संवोधन गर्दै यस्तो रोक लगाएको घोषणा गरेका हुन् । ‘जसले यसको अनुदार गर्छ उमाथि कडा कारवाहि गरिने छ’ उनले भने । यो ब्यवस्था हालकालागि १५ दिन तोकिएपनि अर्को १५ दिनसम्म बढाउन सकिने छ ।

मंगलवारदेखि आपतकालिन अवस्थामा उपचार गर्न निस्कने र घरमै बसेर काम गर्न नसक्नेले बाहेक अन्य नागरिकहरु एक भन्दा बढि समूहमा हिँडडुल गर्न पाउने छैनन् । राष्ट्रका नाममा २१ मिनेट लामो संवोधनका क्रममा माख्रोंले छ पटक ‘हामीहरु युद्दमा छौं’ भन्दै फ्रान्स अति संकटपूर्ण अवस्थामा रहेको उल्लेख गरे ।

राष्ट्रपतीको संवोधनका अनुसार मंगलवारदेखि कुनैपनि पार्कमा जम्मा हुन, पारिवारिक भेटघाट र भोजभतेर गर्न, सामान्य अवस्थामा आफ्नो चिकित्शककहाँ जानपनि रोक लगाइएको छ । घाँटी दुख्ने, अलिअलि ज्यान पोल्ने, रुघाखोकि लाग्ने अवस्थामा पारिवारिक चिकित्सककहाँ नजान र घरमै उपचार गर्न भनिएको छ ।

मंगलबार मध्यान्हदेखिनै लागू हुनेगरि फ्रान्सबाट बाहिर कुनैपनि देश जान र बाहिरका नागरिकलाई फ्रान्स भित्रिनपनि हाललाई ३० दिनकालागि रोक्का गरिएको छ । फ्रान्सेली नागरिकहरु भने आफ्नो देश फर्किन पाउने छन् । त्यसको निगरानी र जाँच गर्न करिब एक लाख सुरक्षाकर्मी खटाईने छ र केहि सुरक्षा पोष्टहरु तत्कालै थपिने छन् ।

“अब कुनैपनि साथीभाई भेट्न र पार्कमा जम्मा हुन पाइने छैन । यो आफ्नालागि मात्रै सोच्ने समय हो, अरुकालागि होइन” राष्ट्रपतीले भने “अत्यावस्यक दैनिक उपभोग्य वस्तु खरिद गर्नबाहेक काम गर्ने कार्यालय टाढा छ भने मात्रै सार्वजनिक यातायात चढ्न पाइन्छ” । यसको उल्लंघन गर्नेलाई तत्कालै एक सय ३५ युरो जरिवाना गरिने छ ।

मंगलबारबाट राजमार्गहरुमा कडाई गरिने, यातायातको संख्या घटाइने भएको छ । ट्राम, रेलवे, मेट्रो र सार्वजनिक बसहरुको संख्या कतै ५० प्रतिशत र कतै क्षेत्र हेरेर ६० प्रतिशतसम्म कटौति गरिने छ ।

कोरोना भाईरसको संक्रमण तिब्ररुपमा फैलिँदै जाँदा राजधानी शहर पेरिस रहेको इल द फँस क्षेत्रका अस्पत्तालहरुमा तिब्र चाप परेको छ । बढ्दो संक्रमणका रोगीहरुलाई धान्न नसक्ने देखिएपछि राष्ट्रपतीले राजधानीबाहिरका होटेलहरुलाई अस्पत्तालका रुपमा परिणत गर्ने घोषणापनि गरेका छन् । ट्याक्सीहरुलाईभने एम्बुलेन्स सेवामा परिणत गरिने छ । बिरामीहरुको उपचारकालागि पेरिसबाट करिब चार सय ७५ किमी टाढा रहेको आल्जास क्षेत्रमा तत्कालै उच्च सुविधासहितको सैनिक अस्पत्ताल निर्माण गर्नेपनि राष्ट्रपतीले उल्लेख गरे । घरबिदामा बसेका, तालिम बिदा लिएका र स्वास्थ्य क्षेत्रमा अध्ययन गरिरहेका सिकारु स्वास्थ्यकर्मीहरुलाईपनि काममा फर्काइने भएको छ ।

कोरोना भाइरसबिरुद्दको लडाईमा सम्पूर्ण राज्यशक्ति लाग्नुपर्ने भएकाले सरकारले अगाडि सारेको पेन्सन सुविधा, बेरोजगारभत्ता र सेवा निब्रित्तिभरण प्रस्तावपनि हालकालागि रद्द गरिएको छ ।

ब्यापार बिग्रिएर अप्ठेरोमा परेका उध्योगी, ब्यापारी, ब्यवशायीहरुको भाडा, बिजुली, ग्याँस र पानीको बिललगायत सामाजिक र ब्यापारिक करसमेत तिर्नुनपर्ने आस्वाशन राष्ट्रपतीले दिएका छन् । यस्ता ब्यापारी, ब्यवशायी र उध्योगीहरुले लिएको बैंकको कर्जा तिर्नकालागि सरकारले तिन खर्ब युरोको ब्यवस्था गरेकोपनि राष्ट्रपती माख्रोले उल्लेख गरे ।

राष्ट्रपती एमानुयल माख्रोंले यसलाई चलाखिपूर्वक संकटकाल नभनिकनै संवोधन गरेपनि केहि फ्रान्सेली मेडियाहरुले संकटकालको रुप भन्दै उल्लेख गरेका छन् । राष्ट्रपतीले शब्दमा संकटकाल नभनेपनि सरकारको सुरक्षा र प्रवन्धलाई हेर्दा संकटकालनै रहेको भनाई तिनको छ ।

तपाइँको प्रतिक्रिया